सेयरधनीलाई कृषि विकास बैंकको २१ प्रतिशत लाभांश

सेयरधनीलाई कृषि विकास बैंकको २१ प्रतिशत लाभांश


कृषि विकास बैंकले आफ्ना सेयरधनीलाई २१ दशमलव पाँच प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७४–७५ को वितरणयोग्य नाफाबाट १५ दशमलव ०५३ प्रतिशत नगद लाभांश र ६ प्रतिशत सेयर लाभांश दिने प्रस्ताव गरेको हो ।

यस्तै सरकारको हाल कायम रहेको फिर्ता नहुने अग्राधिकार सेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकमसमेत प्रदान गर्ने निर्णय गरेको कम्पनी सचिव निर्मलप्रसाद उपाध्यायले जानकारी दिए । बैंकले आव ०७४–७५ मा रु. तीन अर्ब ६७ करोड ३२ लाख वितरणयोग्य मुनाफा गरेको थियो ।

बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीलाई वितरण गरिनेछ । बैंकको हाल चुक्ता पुँजी रु. १३ अर्ब ९३ करोड २५ लाख छ ।