साताको राशिफल (२८ पुस-४ माघ २०७५, सन् २०१९ जनवरी १२-१८)

साताको राशिफल (२८ पुस-४ माघ २०७५, सन् २०१९ जनवरी १२-१८)


  • जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य

साताको चाडपर्व :

आइतबार– रविसप्तमीव्रत । सोमबार – अष्टमीव्रत, गोरखकालीपूजा । मंगलबार –माघसंक्रान्ति, उत्तरायणारम्भ, घ्यौस्चाकूस्सँन्हुः, माघिपर्व, देवघाटमा मकरस्नानारम्भ, शंखमूल–हेटौडा–बराहक्षेत्र–झापाको कन्काइ लगायत सर्वत्र त्रिवेणीको संगममा मकर स्नानको मेला, थारु–मगर–छन्त्यालादिको राष्ट्रिय पर्व, तेह्रथुममा गौखुरी मेला । बुधबार– भूकम्प सुरक्षा दिवस । विहीबार– पुत्रदा एकादशीव्रत । शुक्रबार– प्रदोषव्रत, मुस्याडुली ।

साताको राशिफल :

मेष राशि – चन्द्रमा शनिबार, आइतबार र सोमबारको बिहान ८ः५२ बजेसम्म बाह्रौँ स्थानमा भ्रमणशील रहनेछ । लगानी बढ्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । हाँसविलासमा रुचि बढ्ला । भागदौड लागिरहला । सुखसुविधाको वस्तु किन्नमा खर्च गर्नु हुनेछ । कुनै महत्वपूर्ण वस्तु नहराओस् भनेर ध्यान राख्नुपर्ला । सोमबारको बिहान ८ः५२ बजेपछिबाट चन्द्रमा मंगलबार र बुधबार दिउँसो ४ः११ बजेसम्म राशिमा भ्रमणशील रहनेछ फलस्वरुप शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मिठो भोजन खान पाउनुसँगै सुख विलासमा पनि रुचि बढ्ला । धन मान सुख समृद्धि बढ्नेछ । मनोकूलको काम बन्नेछ । ख्याति फैलिनेछ । बुधबार बेलुकीदेखि विहीबार र शुक्रबारको बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आर्थिक पक्ष सबल हुनुको साथै वार्तामा सफलता मिल्नेछ । भोजभतेरमा सहभागी हुनुसँगै मान पुरस्कार पनि मिल्नेछ । सुखशान्ति गौरव बढ्नेछ ।

बृष राशि – साताका प्रारम्भिक तीन दिन लाभदायक र अन्नधनवर्द्धक रहनेछन् । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । रोकिएको काम बनाउन र आर्थिक पक्षसित सम्बन्धित काम बन्नेछ । दूरदेशबाट शुभ समाचार मिल्नेछ । चौथो र पाँचौँ दिनहरूमा घुमफिर गर्नुहुनेछ । हासविलासमा आकर्षण बढ्नुको साथै सुखसुविधाको वस्तु बढ्नेछ । बढी खर्चमाथि नियन्त्रण राखेर योजना बजेट बनाइ कार्य गर्नु हितकर रहला । अन्तिम दुई दिनमा चन्द्रमा राशिमा भ्रमणशील रहला । शुभ काममा सफलता मिल्नेछ । मान महत्व सुख सम्पति बढ्नेछ । मिठो भोजन खान पाउनुसँगै हासविलासमा पनि आकर्षण बढ्नेछ । रोगबाट छुटकारा मिल्नेछ ।

मिथुन राशि – साताको प्रारम्भिक तीन दिनमा रोकिएको काम बन्नुको साथै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । सरकारी क्षेत्रसित सम्बन्धित कार्यमा सफलता मिल्नुसँगै उच्चाधिकारीको पनि सहयोग मिल्नेछ । भएको दायित्वलाई पुरा गर्नुसँगै नयाँ दायित्वको पनि प्राप्ति होला । चौथो र पाँचौँ दिनमा आर्थिक प्रगति होला । आय बढ्ला । रोकिएको धन उठ्नेछ । कार्यव्यपारमा बढोत्तरी हुनेछ । छैठौं र सातौँ दिनमा खर्च बढ्नेछ । हासविलासमा आकर्षण बढ्नेछ । धनको लगानीप्रति सचेत रहनुपर्नेछ । लापर्वाही नगरी योजना बनाइ काम गर्नु उचित रहनेछ ।

कर्कट राशि – साताका प्रारम्भिक तीन दिन शुभ र सफलतादायक रहनेछ । भाग्योदय होला । यात्रामा सफलता पाउनुहुनेछ । धर्म कर्ममा आकर्षण बढ्नेछ । ख्याति फैलिनेछ । चौंथो र पाँचौं दिनमा कार्यमा सफलता प्राप्त होला । राजकीय पक्षसित सम्बन्धित काम बन्नेछ । सुख–समृद्धि बढ्नेछ । उन्नति पदोन्नति हुनेछ । यश वर्चश्वमा वृद्धि हुनेछ । हाकिमको साथ मिल्नेछ । छैठौँ र सातौं दिनमा आयस्रोत बढ्ला । धन मान सुख समृद्धि बढ्नेछ । रोकिएको काम बन्नुसँगै उधारो लगानी लगाइएको धन उठ्नेछ ।

सिंह राशि – साताका प्रारम्भिक तीन दिनमा कुनै प्रकारको जोखिममा नपर्दा उचित हुनेछ । ऐन–कानूनलाई ध्यानमा राख्नुपर्नेछ । स्वास्थ्य र चोटपटक लाग्न सक्ने कुरामा सतर्क रहनुपर्नेछ । चौंथो र पाँचौँ दिनमा यात्रा होला । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मान पुरस्कार पाउनुहुनेछ । धर्म कर्ममा प्रवृत्त रहनुहुनेछ । छैठौँ र सातौँ दिनमा कर्म पथमा अग्रसरता बढ्ला । नयाँ सफलता मिल्नेछ । उच्चाधिकारीको सहयोग समर्थन मिल्नेछ । उन्नति पदोन्नति हुनेछ ।

कन्या राशि – शनिबार, आइतबार र सोमबारको बिहान ८ः५२ बजेसम्म समय शुभ र सफलता कारक रहनेछ । साझेदारीसित सम्बन्धित काम बन्नेछ । रोकिएको काम बन्नेछ । सुख सम्पति बढ्ला । मिठो भोजन मिल्नेछ र आरोग्यता बढ्ला । सोमबार बिहान ८ः५२ बजेपछिबाट मंगलबार र बुधबारसम्म चन्द्र आठौँ घरमा भ्रमणशील रहला । यस अवधिभित्र नियमकानूनलाई ध्यानमा राख्दै जोखिमपूर्ण काममा सचेत रहनु उचित हुनेछ । स्वास्थ्यमा पनि ध्यान राख्नुपर्नेछ । विहीबार र शुक्रबारतिर शुभता बढ्ला । भाग्यवर्द्धक काम बन्नेछ । यात्रा होला । ख्याति फैलिनेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ ।

तुला राशि – साताका आरम्भिक पाँच दिनसम्मको समय धन यश मान महत्ववर्द्धक रहनेछ । आरोग्यता बढ्ला । यश बर्चश्व बढ्नेछ । सुख–सम्पति बढ्नेछ । रोकिएको काम बन्नुको साथै नयाँ कार्यमा सफलता पनि मिल्नेछ । मिठो भोजन मिल्नेछ र कार्यव्यापारमा उन्नति हुनेछ । अन्तिम दुई दिनमा कुनै प्रकारको जोखिममा नपर्नु उचित हुनेछ । स्वास्थ्य र चोटपटकमा ध्यान राख्नुपर्ला । संयम र विवेकले काम गर्नु बेस रहला ।

वृश्चिक राशि – साता अत्यन्तै शुभ छ । प्रारम्भिक दिनहरूमा बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सुख सम्पति बढ्नुसँगै प्रेमको पथमा प्रगति होला । इष्टमित्र सन्तान सुख बढ्नेछ । मध्यतिर आरोग्यता बढ्नेछ । विजयश्री मिल्नेछ । ऋण रोग र शत्रुसित लड्ने प्रतिरोधात्मक क्षमता बढ्नेछ । अन्तिम दिनहरुमा सुख समृद्धि बढ्नेछ । साझेदारीको कार्य बन्ला । उन्नति पदोन्नति हुनेछ । मिठो भोजन मिल्नेछ । कार्यव्यापारमा सफलता मिल्नेछ । ख्याति फैलिनेछ ।

धनु राशि – साताका प्रारम्भिक तीन दिनमा देखापरेको समस्याको समाधान मिल्नेछ । भागदौड लागिरहला । अरुमाथि बढि भर नपरी आफ्नै बल–विवेकले काम गर्नु उचित रहला । विवाद आदिमा नपर्नु बेस रहला । चौथो र पाँचौँ दिनमा पारिवारिक सुखशान्ति बढ्नुसँगै इष्टमित्रसित पनि राम्रो रहनेछ । कला, साहित्य, गीतसंगीत, बौद्धिक, रचनात्मक आदिसित सम्बन्धित काममा सफलता मिल्नेछ । प्रेमपात्रसित भेटघाट होला । छैठौँ र सातौँ दिनमा आरोग्यता बढ्ला । आर्थिक पक्ष बलियो बन्नेछ । विजयश्री मिल्नेछ । रोकिएको काम बन्नुसँगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ ।

मकर राशि – साताको शुरुवाती तीन दिन शुभ र सफलतादायक रहनेछन् । विकासको नयाँ सम्भावना देखापर्ला । सुख शान्ति बढ्नेछ । यात्रा होला । आँट पराक्रम बढ्नेछ । इष्टमित्रको सहगोग प्राप्त होला । चौथो र पाँचौँ दिनतिर देखापरेको समस्याको समाधान मिल्नेछ । भागदौड लागिरहला तर प्रयास र परिश्रमको मिठो फल अवश्यै मिल्नेछ । मान महत्व बढ्नुसँगै ख्याति फैलिनेछ । छैठौँ र सातौँ दिनतिर मित्रमिलन हुनेछ । प्रेममा सफलता मिल्ला । सुख शान्ति मिल्नेछ । आर्थिक र रचनात्मक कार्य पनि बन्नेछ ।

कुम्भ राशि – साताका आरम्भिक तीन दिनमा बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । वार्तामा सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । सभा–समारोहमा मान पुरस्कार प्राप्त होला । चौथो र पाँचौं दिनमा यात्रामा सफलता मिल्नेछ । धन यश ऊर्जा उत्साह बढ्ला । लेखन प्रकाशनसित सम्बन्धित काम साहसिक काम आदि क्षेत्रमा सफलता मिल्नेछ । ऐश्वर्य बढ्ला । साथीभाइको साथ मिल्नेछ । छैंठौँ र सातौं दिनमा भागदौड लागिरहला । खर्च बढ्ने विवादमा पर्नुहुने सम्भावना रहनेछ । कार्यमा सफलता त मिल्ला तर बढी प्रयास–परिश्रम गर्नुपर्नेछ ।

मीन राशि – साता अत्यन्तै शुभ र भाग्यवर्द्धक छ । मान यश सुख समृद्धि बढ्नेछ । यश वर्चश्व बढ्ला । उन्नति–पदोन्नति हुनेछ । आर्थिक वार्तामा सफलता मिल्ला । सभासमारोहमा मान पुरस्कार मिल्नेछ । अन्तिमतिर विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ । कार्यव्यपारमा सफलता मिल्नुसँगै सुख ऐश्वर्य पनि वृद्धि होला ।