आजको पञ्चाङ्ग एवम् राशिफल (२७ पुस २०७५ शुक्रबार, ११ जनवरी २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (२७ पुस २०७५ शुक्रबार, ११ जनवरी २०१९)


  • जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योदक्षिणायने श्रीशाके १९४० नेपाल सं. ११३९ हेमन्त ऋतु वि.सं. २०७५ पुस २७ गते शुक्रबार तद्अनुसार सन् २०१९ जनवरी ११ तारिख पौष शुक्लपक्ष पञ्चमी तिथि १६ः१७ पर षष्ठी तिथि पूर्वाभाद्रपद नक्षत्र वरियान योग कौलव करण आनन्दादिमा ध्वांक्ष योग । चन्द्रमा कुम्भ राशिमा । काठमाडौंमा सूर्योदय बिहान ६ः५८ र सूर्यास्त साँझ १७ः२६ मा हुनेछ । पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस । शुभ समय अभिजित– १२ः५१ देखि १२ः३३, अशुभ समय राहु काल– १०ः५३ देखि १२ः१२, दिशा शूल– पश्चिम ।

राशिफल :

मेष राशि – आर्थिक पक्ष बलियो बन्नेछ । वार्तामा सफलता मिल्नेछ । मान–सम्मान बढ्नेछ । आयस्रोत बढ्नेछ । उन्नतिमूलक काममा भाग लिनुहुनेछ । आफन्त–सुख मिल्नुको साथै आशा–उत्साह बढ्ला । रोकिएको काम बन्नुको साथै लगानी पनि बढ्नेछ ।

बृष राशि – कार्य–व्यापारमा प्रगति होला । दिन शुभ र भाग्यशाली सावित हुनेछ । मिठो भोजन प्राप्त होला । रसरागमा आकर्षण हुनेछ । नयाँ दायित्व पाउनुसँगै रहेको दायित्वलाई पूरा गर्नुहुनेछ । चलिरहेको कार्यमा सफल हुनुसँगै नयाँ काममा पनि सफलता पाउनुहुनेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ ।

मिथुन राशि – भाग्योदय होला । धर्म–कर्ममा रुचि बढ्नेछ । भागदौड भैरहला । खेलकूदमा रुचि रहला । राजकाजमा आकर्षण बढ्नेछ । विजयश्री मिल्नेछ । पदप्रतिष्ठा बढ्नेछ । योजना बनाएर काम गर्नु बेस हुनेछ ।

कर्कट राशि – नियमकानूनलाई ध्यानमा राख्नुपर्नेछ । स्वास्थ्य र चोटपटकका घटनाप्रति सचेत हुनुहोला । लट्री लाग्ने सम्भावना छ । दिन लाभदायक र उन्नतिकारक रहनेछ । रोकिएको धन प्राप्त होला । आफन्तबाट सहयोग मिल्नेछ । जोखिमप्रति सचेत भई काम गर्नु उचित हुनेछ ।

सिंह राशि – मनोकूलको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । साझेदारीको काम बन्ला । सुख सम्पति मान आनन्द बढ्नेछ । कर्मयोगी रहनुहुनेछ । सुख समृद्धि बढ्नेछ । मान वर्चश्व बढ्ला ।

कन्या राशि – साहसिक कर्ममा रुचि बढ्ला । यात्रा होला । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला ।

तुला राशि – कुनै प्रकारको शारीरिक र आर्थिक काममा प्रगतिशील रहनुहुनेछ । कला, साहित्य, गीतसंगीत, कलात्मकता, रचनात्मकता आदिसित सम्बन्धित काममा सफलता मिल्नेछ । प्रेममा प्रगति होला । इष्टमित्र सन्तान सुख बढ्ला । आमोद–प्रमोदमा आकर्षण बढ्ला । नियमकानून आफ्नो पक्षमा रहने छ ।

वृश्चिक राशि – मिठो भोजन मिल्नेछ । साझेदारीको कार्यमा सफलता मिल्नेछ । सुख समृद्धि बढ्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । प्रसिद्धि फैलिनेछ । सुख सम्पन्नता वृद्धि हुनेछ ।

धनु राशि – ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ अवसर मिल्नेछ । आशा उत्साह बढ्नेछ ।

मकर राशि – आर्थिक काममा सफलता । वार्तामा सफलता मिल्नेछ । सभासमारोहमा मान पुरस्कार मिल्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । सन्तान सुख मिल्नेछ । मित्रलाभ होला ।

कुम्भ राशि – कुनै पनि प्रकारको महत्वपूर्ण काम बन्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा रुचि बढ्ला । स्वास्थ्यमा सुधार होला । सुख समृद्धि बढ्नेछ ।

मीन राशि – आँट–साहस बढ्ला । आरोग्यता बढ्नेछ । सुख समृद्धि बढ्नेछ । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ । यात्रामा सफलता मिल्नेछ । सुख विलासको वस्तुमा खर्च बढ्ला । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ ।