सङ्कटकाल लाग्न सक्ने

सङ्कटकाल लाग्न सक्ने


हिंसात्मक सङ्घर्षमार्फतत सत्ता कब्जा गर्ने सोचबाट माओवादी पछि नहटेमा सरकारले माओवादीविरुद्ध व्यापक बल प्रयोग गर्ने भएको छ । गत आइतबार राति प्रधानमन्त्रीनिवास बालुवाटारमा मध्यरातसम्म बसेको विशेष सुरक्षा बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री र चारवटै सुरक्षा निकायका प्रमुखहरूसमेत सहभागी रहेकोे उक्त बैठकमा पहिले माओवादीप्रति आक्रामक नहुने तर उनीहरू हिंसात्मक ढङ्गले प्रस्तुत भएमा सुरक्षाको निम्ति कुनै पनि उपाय अवलम्बन गरी हदैसम्मको बल प्रयोग गर्ने भन्नेबारेमा छलफल भएको बुझिएको छ । सम्बद्ध सूत्रका अनुसार वैशाख १८ गतेको प्रदर्शन र त्यसपछिको आमहड्तालमा माओवादीको क्रियाकलाप हेरेर सुरक्षासम्बन्धी कुन हदसम्मको उपाय अपनाउने भन्ने कुराको निर्णय सरकारले गर्ने भएको छ । स्थिति ज्यादा अराजक र हिंसात्मक भएमा कफर््र्यु आदेश जारी गरिने र त्यसरी पनि स्थितिलाई काबुमा लिन नसकिएमा राष्ट्रिय सङ्कटकाल घोषणा गरी सेना परिचालन गर्नेबारेमा बैठकमा छलफल भएको बुझिएको छ । माओवादीले हिंसात्मक एवम् असंवैधानिक क्रियाकलाप गर्दै गरेको बृहत् शान्ति-सम्झौता ‘भङ्ग प्रक्रिया’ ले सङ्कटकाल घोषणापछि पूर्णता प्राप्त गर्नेछ । त्यसपछि संवाद, सहमति र सहकार्यको अवधारणा तत्काल स्थगित भई युद्धबाट नै समस्याको समाधान खोजिने निश्चित देखिँदै छ ।
नेपा बमको प्रयोग गरिने
एकीकृत नेकपा माओवादीले आगामी शनिबार मजदुर दिवसका दिनदेखि उपत्यकालाई दिनभर ठप्प गर्ने विशेष योजनाअनुसार युद्धकालमा छापामार रहेका र हाल वाईसीएललगायत अन्य जनवर्गीय सङ्गठनमा सक्रिय रहेका अधिकांश पूर्वलडाकुहरूलाई काठमाडौं भित्र्याएको छ । तत्काल काठमाडौंलाई बाहिर र भित्र गरी दुई घेराबाट नियन्त्रणमा लिन र आफ्ना गतिविधि दिनभर सञ्चालन गर्न ल्याइएको भनिए पनि प्रहरी र सशस्त्र प्रहरीसँग हुन सक्ने झडपको सामना गर्नका लागि उनीहरूलाई विशेष तालिमसहित काठमाडौं ल्याइएको माओवादी स्रोतले बताएको छ । माओवादीले यसपटकको सङ्घर्षमा ‘नेपा बम’ को पनि प्रयोग गर्ने भएको छ । उक्त बम आफैंले बनाउन सक्ने र अत्यन्त प्रभावकारी भएकोले प्रयोगमा ल्याउन लागिएको बताइन्छ । यसअघि भियतनाममा अमेरिकाविरुद्धको लडाइँमा नेपा बमको व्यापक प्रयोग भएको थियो ।
अनमिनले पहिलो चरणको प्रमाणीकरणका क्रममा शिविरभित्र रहेका तीस हजारमध्ये आधाभन्दा बढी लडाकु शिविरबाहिर रहेका छन् भने कमान्डरबाहेक शिविरभित्रका अधिकांश पूर्वलडाकु नयाँ छन् ।
‘विगतमा युद्ध लडेका र ‘जनमुक्ति’ सेनामा रहेका लडाकु साथीहरू सोमबार र मंगलबार काठमाडौं भित्रिनुभएको छ, अरू साथीहरू आउने क्रम जारी छ,’ आन्दोलनको तयारीमा रहेका माओवादीका एक केन्द्रीयस्तरका नेताले मंगलबार घटना र विचारसँग कुराकानी गर्दै भनेका छन् ।
मे १ का दिनको जनप्रदर्शनलाई नै लक्षित गरी देशभरका राज्य समितिस्तरका वाईसीएलका सक्रिय कार्यकर्तालाई देशभरका लडाकु शिविरहरूमा फौजी तालिम दिइएको थियो । तालिम लिन जानेहरूमा विगतमा युद्ध लड्न नगएका तर हाल वाईसीएलमा रहेकाहरू रहेका छन् । तालिम लिएर फर्केकाहरूले काठमाडौं, ललितपुर र भक्तपुरमा रहेका वाईसीएलका ब्यारेक र आसपासमा तालिम दिएको बुझिएको छ । स्रोतले भन्यो, ‘शिविरहरूमा हतियार चलाउनबाहेक अरू सबै सिकाइएको छ ।’
माओवादी स्रोतहरूका अनुसार मे १ को प्रदर्शनमा रबरको गोली चलेमा माओवादीका पूर्वलडाकु र वाईसीएलका लडाकुहरूले तुरुन्तै नियन्त्रणमा लिने भएका छन् । ‘नेपाल प्रहरी र जनपद प्रहरीसम्मले कसरी गोली हान्छन्, त्यसविरुद्ध कसरी प्रतिकार गर्ने र उनीहरूलाई गिरफ्तार गर्ने भन्ने सबै उपाय सिकाइएको छ,’ वाईसीएलका उपत्यकास्थित एक लडाकुले घटना र विचारलाई भने ।
माओवादीले देशभरबाट उपत्यकामा कार्यकर्ता भित्र्याइरहेको छ । नेवाः राज्य समितिका एक सदस्यले दिएको जानकारीअनुसार करिब दुई लाख कार्यकर्ता र समर्थित जनतालाई बसोबासको व्यवस्थासहित काठमाडौंमा भित्र्याइएको छ । भ्ाोलि बिहीबारसम्म माओवादीले उपत्यकाबाहिरबाट कार्यकर्तालाई भित्र्याइसक्नेछ । कार्यकर्ताहरूका लागि माओवादीले खाद्य गोदाम नै बनाइसकेको छ । त्यसको केन्द्र बागबजार रहेको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार आन्दोलनमा कार्यकर्ता परिचालनकै लागि माओवादीले उपत्यकाबाट मात्रै कम्तीमा दस करोड रकम चन्दा सङ्कलन गरेको छ ।
बिहीबार उपत्यकाका सक्रिय कार्यकर्तालाई माओवादीका वरिष्ठ नेताहरूले आन्दोलनमा जानुअघिको अन्तिम प्रशिक्षण दिने कार्यक्रम रहेको छ । समय बिहान मिलाइएको भए पनि स्थान सोही दिन बिहान तोकिने बुझिएको छ ।
गत वर्ष पनि मजदुर दिवसको दिन उपत्यकास्तरीय कार्यक्रम खुल्ला मञ्चमा आयोजना गरिएको थियो, जहाँ प्रचण्ड सहभागी हुनुभएको थिएन । यसपालि त्यस दिन उपत्यकामा लामो जुलुस र प्रदर्शनहरू गरिने कार्यक्रम तय भएको छ । अध्यक्ष प्रचण्ड पनि कुनै एक समय सहभागी हुने जनप्रदर्शनपछि भृकुटीमण्डप वा खुल्लामञ्चमध्ये एक स्थानमा उहाँले सम्बोधन गर्ने कार्यक्रम रहेको बुझिएको छ ।
जनप्रदर्शन र आमहड्ताल हुने बेला बिहान ‘ड्राइ फुड’ र बेलुका भात खुवाएर बाहिरबाट ल्याइएका कार्यकर्ता र जनसमूहलाई सडकमा उतार्ने तयारी भइरहेको छ ।


वामदेव तत्काल एमालेमै

एउटा पार्टीको महत्त्वपूर्ण जिम्मेवारी लिएर पनि अर्को पार्टीको प्रवक्ताझैं प्रस्तुत हुनुहुने वामदेव गौतम तत्काल एमालेमै रहनुहुने भएको छ । तर, उहाँ एमालेमै रहनुहुने कारणचाहिँ एमालेप्रतिको ममता या गौतम स्वयम्को इच्छाले भने होइन । माओवादीसँग ‘घरजम’ गर्न हतार गरिरहनुभएका वामदेव गौतमले आफूसँगै माओवादी प्रवेश गर्न आफ्ना केही समर्थकलाई पनि तयार गर्नुभएको छ । माओवादीले संसद्मा सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको भए हि्वप उल्लङ्घन गरेर भए पनि माओवादीको पक्षमा मतदान गर्न तम्तयार भएका वामदेव समर्थकहरूको सङ्ख्या ज्यादै सानो भएकोले माओवादीहरू वामदेवलाई भित्र्याउन हतार नगर्ने निष्कर्षमा पुगेको बुझिएको छ । भनिन्छ, वामदेवका पक्षमा जम्मा चारजना सभासद् रहेका छन् । संसदीय दल या केन्द्रीय समितिमा कम्तीमा चालीस प्रतिशत सङ्ख्या पुगेको अवस्थामा मात्र पार्टी विभाजनले वैधानिक मान्यता पाउने स्थिति रहेको तर वामदेवसँग दुवै निकायमा चालीस प्रतिशत सङ्ख्या नपुग्ने हुनाले पनि गौतमलाई तत्काल माओवादीमा भित्र्याएर कुनै लाभ पुग्ने देख्दैनन् माओवादीका केही नेताहरू । त्यसमाथि गौतमले माओवादी पार्टीमा वरियताक्रमको दोस्रो हैसियत आफूले पाउनुपर्ने दाबी गर्नुलाई पनि अस्वाभाविक रूपमा लिएका छन् । पार्टी अनुशासनमा बस्न नसक्ने वामदेवको चरित्रलाई पनि माओवादीले अस्वाभाविक रूपमा लिएका छन् । त्यसैले मोहन वैद्य किरणलगायतका नेताहरूसँगको विशेष बैठकमा वामदेव गौतमलाई तत्काल एमालेमै रहिरहन र त्यहीँ रहेर सहयोगी भूमिका निर्वाह गर्न ‘गम्भीर सुझाव’ दिइएको छ । किरणको सुझाव -कि निर्देशन -) पश्चात् वामदेव गौतम एमालेमै रहन बाध्य हुनुभएको छ ।

ओलीको नाम आएपछि बैठक विर्सजन
नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल तथा उहाँका अनुयायीहरू संविधानसभाको कार्यकाल थप गराउन सक्रिय भएकै बेला एमाले बैठकमा वरिष्ठ नेता केपी शर्मा ओलीलाई संविधानसभा सदस्य पदमा नियुक्तिका निम्ति प्रस्ताव गरिएको छ । त्यस्तो प्रस्ताव अरू कसैले नभई प्रधानमन्त्री माधवकुमार नेपाल स्वयम्ले गर्नुभएको हो । गत आइतबार एमाले कार्यालय बल्खुमा भएको स्थायी समितिको बैठकमा माधव नेपालले अप्रत्यासित रूपमा केपी ओली र भरतमोहन अधिकारीलाई संविधानसभाको सदस्य पदमा नियुक्त गर्नुपर्ने धारणा प्रस्तुत गर्नुभयो । पार्टी उपाध्यक्ष विद्या भण्डारी ‘रेस्टरुम’ प्रयोग गर्न जानुभएका बेला प्रस्तुत उक्त प्रस्तावका पक्षमा अध्यक्ष झलनाथ खनालसहित अन्य केही नेताहरू देखिनुभएन । चुनाव हारेकालाई संविधानसभामा नियुक्त गर्दा राम्रो सन्देश नजाने बताउँदै अध्यक्ष खनाल र्रर् इश्वर पोखरेलसहितका केही नेताहरू जर्‍याकजुरुक उठ्नुभयो । नेतृ विद्या भण्डारी बैठककक्षमा प्रवेश गर्नु अगावै खनालले बैठक सकिएको घोषणा गरिदिनुभयो । बैठकका सहभागी नेताहरू विष्णु पौडेल र शंकर पोखरेल कडा रूपमा प्रस्तुत हुनुभएको भए सम्भवतः त्यस बैठकमा प्रधानमन्त्रीद्वारा प्रस्तावित विषयले निर्णयको रूपमा लिने थियो । उहाँहरूले ठीक समयमा ठीक भूमिका निर्वाह गर्न नसक्दा उक्त प्रस्ताव बिनानिर्णय अलपत्र परेको छ । तर, आगामी बैठकमा ओली र अधिकारीलाई संविधानसभामा नियुक्त गर्नुपर्ने विषयले उच्च महत्त्व पाउने सम्भावना भने बढेको छ । एमालेभित्र केपी ओली वर्तमान संविधानसभाको प्राकृतिक मृत्युको पक्षमा रहनुभएको छ । उहाँ आगामी जेठ १४ पछि सभाको कार्यकाल थप गर्ने पक्षमा हुनुहुन्न । तर, सबै राजनीतिक पक्षकाबीच म्याद थप गर्ने सहमति बनेको अवस्थामा भने संविधानसभालाई प्रभावकारी एवम् कार्यमुखी बनाउन पनि केपी ओलीको त्यहाँ प्रवेश हुनुपर्छ भन्नेहरूको सङ्ख्या सानो छैन । भनिन्छ, एमाले अध्यक्ष खनाल केपी ओलीसहित होइन ओलीरहित संविधानसभाको म्याद थप गर्ने पक्षमा हुनुहुन्छ । कदाचित ओलीको समेत संविधानसभामा प्रवेश हुने भयो भने यस सम्बन्धमा खनालको मत के होला अहिले नै भन्न सकिने स्थिति छैन ।
संविधानसभाको सबैभन्दा ठूलो दल नेकपा माओवादीले संविधानसभाको कार्यकाल थप नगर्ने निर्णय लिएको छ । यदि माओवादी कुनै हालतमा पनि म्याद थपको पक्षमा जाँदैन भने अरू सबैले चाहे पनि सभाको कार्यकाल थपिन सम्भव छैन । जब कि उनीहरू तेस्रो चरणको ‘निर्णायक’ सङ्घर्ष सफल हुन नसकेको अवस्थामा मात्र म्याद थपको पक्षमा आउन सम्भव देखिन्छ । त्यसैले केपी ओली भने माओवादीको निर्णयपश्चात् मात्र त्यस सम्बन्धमा छलफल गर्नुपर्छ भन्ने पक्षमा रहनुभएको बुझिएको छ ।
राज्य कमजोर भएपछि ओमन एयरले हेप्यो
राज्य कमजोर भएपछि विदेशीहरूले समेत कतिसम्म हेप्न सक्छन् भन्ने कुराको दृष्टान्त ओमन एयरले हालै प्रस्तुत गरेको छ । ओमनको ओमन एयरले नेपाल र ओमानबीच हवाईसेवा सुरु गर्न करिब तीन वर्षअघि अनुमति पाएको भए पनि उक्त कम्पनीले उडान सेवा भने सुरु गरेको थिएन । उडान सेवा सुरु गर्न कुनै पनि कम्पनीले पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणको अनुमति लिनुपर्ने नियम छ । तर, ओमन एयरले मन्त्रालय र प्राधिकरणलाई कुनै जानकारीसम्म नदिई उडान-तालिका सार्वजनिक गरेको छ । काठमाडौंबाट १७ जुनदेखि उडान सुरु गर्ने भनी उडान-तालिका सार्वजनिक गरिएको भए पनि उक्त कम्पनीले मन्त्रालय र प्राधिकरणबाट स्वीकृत भने लिएको छैन, जुन स्वीकृति नलिईकन उसले उडान सेवा प्रारम्भ गर्न असम्भव छ । नेपाल सरकारलाई हेपेकै कारण ओमन एयरले त्यस प्रकारको दुस्साहस गरेको ठानिएको छ । यसरी गैरकानुनी काम गर्ने ओमन एयरलाई कानुनी कारबाही गर्नुपर्ने धारणा जानकारहरूको छ ।


चिसो भुटानमा नेताहरूको तातो मेला

सोह्रौं र्सार्क सम्मेलनको पूर्वसन्ध्यामा पहाडी मुलुक भुटानको राजधानी थिम्पुमा झरी पर्‍यो । झरीले यहाँको मौसम चिसो छ । भारतीय प्रधानमन्त्री मनमोहन सिंहबाहेक र्सार्क क्षेत्रका सातवटै राष्ट्र एवम् सरकारप्रमुखको आगमनले यहाँको वातावरणमा बेग्लै रौनक छाएको छ । थिम्पुमा जताततै र्सार्क मुलुकका झन्डा र कार्यकारीको तस्बिरले बेहुलीजस्तै सिंगारिएको छ भने सुरक्षा-व्यवस्था अत्यन्तै कडा पारिएको छ । र्सार्ककै इतिहासमा पहिलोपटक थिम्पुमा सम्मेलन हुन लागेकाले पनि विश्वकै मिडियावाला यहाँ ओइरिएका छन् । भुटानको सरकारी मुखपत्र क्विनसेलले तीन सयभन्दा बढी पत्रकार आइसकेको बताएको छ । तर, भुटानी संसद् रहेको र्सार्क सम्मेलन केन्द्रको मिडिया ग्यालरीमा १०६ सिट मात्र छ । विश्वका पत्रकारको ध्यान किन पनि खिचिएको हो भने चिसो सम्बन्ध रहेका भारत र पाकिस्तानका प्रधानमन्त्रीबीच पानी-विवादबारे साइडलाइन वार्ता हुने चर्चा यहाँ चलिरहेको छ । यद्यपि भारतीय प्रधानमन्त्री मनमोहन सिंह र पाक प्रधानमन्त्री युसुफ राजा गिलानीबीच वार्ता हुने कुनै कार्यक्रम नरहेको भारतीय अधिकारीहरूले दाबी गरेका छन् ।
भारतसँगको तनावकै कारण गिलानी नेपालमा एक रात बसेर मंगलबार थिम्पु आएका हुन् । माल्दिभ्सका राष्ट्रपति मोहम्मद नासिद पनि सोमबार राति नेपाल हुँदै प्रधानमन्त्री माधवकुमार नेपालसँग मंगलबार एउटै विमानमा यहाँ आएका हुन् । तर, गिलानी भने छुट्टै विमानमा यता आए ।
भारत-पार्क वार्ता आफ्नो ठाउँमा भए पनि प्रधानमन्त्री माधवकुमार नेपाल र भारतीय प्रधानमन्त्री मनमोहन सिंहबीच भने बिहीबार बिहान थिम्पुमा कुराकानी हुने निश्चित भएको छ । नेपालमा जेठ १४ मा संविधान नबन्ने र माओवादीले वैशाख १९ देखि अनिश्चितकालीन आमहड्ताल आह्वान गरिसकेको अवस्थामा सिंहले नेपाललाई कस्तो सल्लाह दिने हुन् भन्ने यहाँ व्यग्रताका साथ प्रतीक्षा भइरहेको छ । यद्यपि विशेष स्रोतहरूले सिंहले नेपाललाई शान्ति र संविधानका सूत्रहरू र संविधानसभाको म्याद थपेर अघि बढ्न सल्लाह दिने दाबी गरेका छन् ।
यसअघि प्रधानमन्त्री माधवकुमार नेपालले भुटानी प्रधानमन्त्री जिग्मे वाई थिन्लेसँग वार्ता गरिसकेका छन् । भेटमा द्विपक्षीय हितका साथै भुटानी शरणार्थी समस्या समाधानबारे छलफल भएको थियो । प्रधानमन्त्रीले माल्दिभ्सका राष्ट्रपति नासिद र श्रीलंकाली राष्ट्रपति महिन्दा राजापाक्षेसँग पनि भेटघाट गरेका छन् ।
त्यस्तै परराष्ट्रमन्त्री सुजाता कोइराला र भारतीय समकक्षी एसएम कृष्णाबीच पनि नेपालको पछिल्लो राजनीतिक घटनाक्रम, एमआरपी प्रकरणका विषयमा कुराकानी भएको थियो । कोइरालाले वार्ता फलदायी र सफल रहेको जानकारी दिइन् ।
यसैबीच, भुटानको राजधानी थिम्पुमा र्सार्क मन्त्रीस्तरीय बैठक आठवटा निर्णय गर्दै मंगलबार सकिएको छ । बैठकले दुई वर्षका लागि र्सार्क सद्भावना दूतमा कर्ीर्तिमानी आरोही आप्पा शर्ेपालाई अनुमोदन गरेको छ । नेपालको प्रस्तावमा बाँकी मुलुकले यसमा समर्थन जनाएका हुन् ।
यसपटकको र्सार्क सम्मेलनको प्रमुख एजेन्डा जलवायु परिवर्तन रहेको छ । आप्पाले १९ पटक सगरमाथा आरोहण गरिसकेका छन् ।
र्सार्क मन्त्रीस्तरीय बैठकले २०११ को नेपाल पर्यटन वर्षको अवसर पारेर नेपालमै पर्यटनमन्त्रीस्तरीय बैठक राख्ने निर्णय गरेको छ भने कोपनहेगन सम्मेलनका निर्णय कार्यान्वयन गराउन अगस्टमा मन्त्रीस्तरीय बैठक राखिने भएको छ । यस्तै, गरिबी निवारण, र्सार्क विश्वविद्यालय, आतङ्कवाद नियन्त्रणलगायतका विषयमा समेत विभिन्न निर्णय भएको परराष्ट्रसचिव मदनकुमार भट्टराईले जानकारी दिए ।- -ऋषि धमला, थिम्पुबाट
प्रधानमन्त्रीलाई चेतावनीपत्र
संविधानसभाको म्याद थप्ने निर्णय गरे सशक्त आन्दोलन गर्ने जानकारी दिँदै क्षेत्री समाजले प्रधानमन्त्री माधवकुमार नेपाललाई ज्ञापनपत्र बुझाएको छ । समाजले संविधानसभाको म्याद थपेमा आन्दोलन गर्नका लागि कुमारबहादुर थापाको संयोजकत्वमा राष्ट्रिय आन्दोलन परिचालन समिति गठन गरेको छ । माग पूरा नभए क्षेत्रीहरूको आन्दोलन सशक्त मात्र नभएर सशस्त्रसमेत हुन सक्ने चेतावनी पनि दिइएको छ । आन्दोलनबाट सिर्जना हने सबै प्रकारको परिणामका लागि राज्य जिम्मेवार हुनुपर्ने पनि क्षेत्रीहरूले बताएका छन् । क्षेत्री समाजमा ठूलो सङ्ख्यामा पूर्वसैनिक तथा प्रहरी क्षेत्रीहरूको समेत सहभागिता रहेको छ । आफ्नो माग पूरा नभए सबै पेसा-व्यवसायमा भएका क्षेत्रीहरू एक भएर आन्दोलनमा होमिनुपर्ने समाजले जनाएको छ । कुनै पनि अवस्थामा राष्ट्र विखण्डन हुन नदिनका लागि क्षेत्रीहरूको प्रयास जारी रहने पनि समाजले उल्लेख गरेको छ ।
समाजका अध्यक्ष प्रा. डा् दिलबहादुर क्षेत्री, सहअध्यक्ष कुमारबहादुर थापासहितको सहभागितामा प्रधानमन्त्रीलाई भेटी दिइएको ज्ञापनपत्रमा आदिवासी जाति र जनजातिको हकमा नेपालको सर्न्दर्भमा गरिएको परिभाषा नै गलत र विभेदपूर्ण भएकाले त्यसको पुनर्व्याख्या गरिनुपर्ने, क्षेत्रीहरू यो देशको आदिवासी भएकाले उनीहरूलाई आदिवासी सूचीमा दाखिला गरिनुपर्ने, राज्यका प्रत्येक निकाय र तहमा क्षेत्रीहरूलाई पूर्ण समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गरिनुपर्ने, आरक्षण जातीय आधारमा नभई वर्गका आधारमा हुनुपर्नेलगायतका मागहरू राखिएका छन् । ज्ञापनपत्रमा भनिएको छ- हामी क्षेत्रीहरू नेपालका प्रथम भूमिपुत्र र नेपाल भूमि -खसान राज्य) सँग विशेष सम्बन्ध भएकोले नेपाल सरकारले क्षेत्रीहरूलाई नेपालको प्रथम आदिवासीमा सूचीकृत गर्नैपर्ने हुन्छ । आईएलओ कन्भेन्सन १६९ को बुँदा -क) र -ख) मा आदिवासी र जनजाति दुवै शब्दको अलगअलग परिभाषा भएकोमा नेपालमा ‘र’ हर्टाई दुवै शब्दलाई एउटै बनाइएकोमा पनि क्षेत्री समाजले आपत्ति जनाएको छ । क्षेत्रीहरूको प्रश्न छ- जनजाति भनेर आफूलाई मात्र किटान गर्न चाहनेहरूलाई शब्द हटाएर अन्तर्राष्ट्रिय दस्तावेजलाई आफूअनुकूल व्याख्या गर्ने अधिकार कसले दियो – राष्ट्रिय आदिवासी जनजाति उत्थान प्रतिष्ठानमा आदिवासी जनजाति महासङ्घले सिफारिस गरेको व्यक्ति उपाध्यक्ष हुने प्रावधान रहने कुराको पनि क्षेत्री समाजले विरोध जनाएको छ । प्रष्ठिानमा उपाध्यक्षले नै कार्यकारी निर्देशकको काम गर्ने प्रावधान रहेको र आदिवासी जनजाति महासङ्घले गैरहिन्दू मात्रै आदिवासी जनजाति हुन् भने विवादास्पद अडान सुरुदेखि नै लिएकोले सो प्रावधान हटाइनुपर्ने माग पनि समाजले गरेको छ । क्षेत्रीहरूको सङ्ख्या ६० लाख रहेको छ र ६० लाख क्षेत्री एकैपटक सडकमा आउने परिस्थिति ननिम्त्याउन पनि सरकारलाई चेतावनी दिइएको छ ।


नेता मार्न निर्देशन, ग्रिनेडसहित लडाकु पक्राउ

निर्णायक सङ्घर्ष शान्तिपूर्ण हुने दाबी माओवादी नेतृत्वले गरिरहेको भए पनि तथ्यहरूले हिंसात्मक आन्दोलनकै तयारीमा उनीहरू रहेको खुलासा गरेको छ । देशका विभिन्न भूभागमा आन्दोलनको तयारी भन्दै हतियार, खुकुरी, लाठी आदिको तालिम सञ्चालन गर्दै आएका माओवादीहरूले भीषण बमबारी गर्ने एवम् माओवादीविरोधीहरूको खोजी-खोजी हत्या गर्ने योजना बनाएको रहस्योद्घाटन भएको छ । त्यस निम्ति संयुक्त राष्ट्रसङ्घको कथित निगरानीमा रहेका लडाकुहरूलाई समेत माओवादीले राजधानीमा परिचालन गर्ने भएको छ । हिंसाका लागि हजारौंका सङ्ख्यामा हतियारसहितका लडाकुहरू राजधानीमा भित्र्याइएको र उनीहरूलाई रामबहादुर थापा बादल, वर्षराम पुन अनन्त, नन्दकिशोर पुनलगायतका व्यक्तिहरूबाट विशेष प्रशिक्षण दिइएको छ । प्रशिक्षणका क्रममा माओवादीविरोधी भनेर चिनिएका हरेक नेतालाई आक्रमण गरी हत्या गर्न निर्देशन दिएको बुझिएको छ । माओवादीले क्यान्टोनमेन्टमा रहेका लडाकुहरूलाई गोला, बारुद र हतियारसहित एक्लाएक्लै राजधानी प्रवेश गर्न निर्देशन दिएकोले विभिन्न क्यान्टोनमेन्टहरूबाट लडाकुहरू काठमाडौं आउने क्रम जारी छ । यसरी काठमाडौं आउने क्रममा गत सोमबार राति चितवनमा सन्तोष राई ‘प्रतिरोध’ नामका एक लडाकुलाई ग्रिनेड र कम्पाससहित चितवन प्रहरीले पक्राउ गरेको छ । सोही रात सिन्धुलीबाट ग्रिनेडसहित राजधानी आउन लागेका एक प्लाटुन उपकमान्डरलाई पनि हेटौंडामा प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुवै लडाकु सिन्धुलीस्थित क्यान्टोनमेन्टबाट आएका बुझिएको छ । यसरी पक्राउ पर्न थालेपछि वैकल्पिक मार्गहरू प्रयोग गरी पैदलै राजधानी आउन माओवादीले आफ्ना लडाकुहरूलाई विशेष निर्देशन जारी गरेको पनि समाचार सूत्रहरूले जनाएका छन् ।
अख्तियार कहिले शुद्ध होला ?
लामो समयदेखि रिक्त संवैधानिक निकायहरूमा सरकारले पदपूर्तिको निर्णायक प्रक्रिया सुरु गरेपछि माओवादी अध्यक्ष प्रचण्ड सर्वोच्च अदालतको शरणमा पुग्नुभएको छ । आफ्नो नेतृत्वमा सरकार गठन भएपछि मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, लोकसेवा आयोग र महालेखा परीक्षकको कार्यालयमा रिक्त पदहरू पूर्ति गर्ने सोच बनाएर बस्नुभएका प्रचण्ड संवैधानिक परिषद्को बैठकमा आमन्त्रण गर्दा पनि भाग लिन जाने गर्नुहुन्नथ्यो । आफू अनुपस्थित भइदिएपछि नियुक्ति-प्रक्रिया नै सुरु हुनेछैन भनी ढुक्क प्रचण्ड त्यतिबेला चित पर्नुभयो जब उहाँको अनुपस्थितिमै संवैधानिक आयोगहरूमा नियुक्तिका लागि विभिन्न मानिसहरूको सिफारिस भयो । गत साताको मंगलबार भएको संवैधानिक परिषद्को बैठकले अख्तियार प्रमुखमा बहालवाला सचिव बाबुराम आचार्य, निर्वाचन आयोगमा नीलकण्ठ उप्रेती, महालेखा परीक्षकमा भानुप्रसाद आचार्य र लोकसेवा आयोगमा उदय नेपाली श्रेष्ठलाई प्रमुखका रूपमा नियुक्ति गर्न सिफारिस गर्ने निर्णय गरेको छ । प्रमुखलगायत अन्य आयुक्त तथा सदस्यहरूको नाम नियुक्तिका लागि सिफारिस गर्ने निर्णय भएपछि प्रचण्ड हिस्स पर्नुभएको मात्र छैन, सरकार पक्षसँग क्रूद्ध पनि हुनुभएको छ । नियुक्त चार प्रमुखहरूमध्ये दुई आयार्य काङ्गे्रस निकट तथा उप्रेती र श्रेष्ठ एमाले निकट मानिनुहुन्छ । प्रचण्डले सर्वोच्चमा दिनुभएको निवेदनमा नियुक्ति प्रक्रिया बदर गरिपाउन अन्तरिम आदेशको माग गर्नुभएको छ । तर, बैठकमा उपस्थित सबैको र्सवसम्मत निर्णयबाट सिफारिस गरिएको हुँदा उक्त निर्णय बदर हुन मुस्किल ठानिन्छ । कदाचित अन्तरिम आदेश जारी भए तत्काल नियुक्ति-प्रक्रिया रोकिएछ भने त्यसबाट सरकारको छविमा गम्भीर धक्का पुग्न सक्ने देखिन्छ ।
संवैधानिक निकायहरूमध्ये अख्तियारलाई अलि बढी आकर्षक मानिन्छ । अख्तियार प्रमुखमा गिरिजाप्रसाद कोइरालाले वरिष्ठ प्रशासनविद् एवम् पूर्वसचिव श्रीकान्त रेग्मीको नाम सिफारिस गर्नुभएको थियो । त्यसैगरी दक्ष र व्यवसायिक मानिसहरूको चयन हुने अनुमानका आधारमा संभावना आयुक्तहरूमा राजनारायण पाठक, देवीराम शर्मा आदिको पनि नाम चर्चामा थियो । तर, भागवण्डा गर्दा व्यवसायिकता ओझेलमा परेेको महशुस गरिएको छ । कोइरालाको निधन भएको मौका पारेर अख्तियार प्रमुखमा बहालवाला सचिव बाबुराम आचार्यको नियुक्तिका लागि सिफारिस हुँदा धेरै मानिस चकित परेका छन् । तथापि उहाँ व्यक्तिगत रूपमा भने विवादास्पद मानिनुहुन्न । बरु यसअघिका आयुक्तहरू विवाद र शङ्काको घेरामा परेका थिए । यसअघि कामु प्रमुख रहेका ललित लिम्बू आफ्नो कार्यकालमा निकै विवादास्पद रहे भने अर्का आयुक्त वेदप्रसाद सिवाकोटीको त मानिसलाई तर्सर्ााु र ठूलो रकम झार्नु नै मुख्य धन्दा बनेको थियो । कम चल्तीका वकिल र शिक्षक पृष्ठभूमिका सिवाकोटीले ६ वर्ष अख्तियारमा बिताएपछि बानेश्वरमा झन्डै तीन करोड रुपैयाँभन्दा बढी लागतको महल खडा गर्न सक्नुले पनि सिवाकोटीको धन्दा कस्तो थियो भन्ने र्छलङ्ग पारेको छ । विभिन्न बैंक तथा अन्य कम्पनीहरूमा सेयर र जग्गाजमिनसमेत प्रशस्त मात्रामा जोड्न सफल सिवाकोटीको सम्पत्ति छानबिन गर्ने हो भने अख्तियारमा विगतमा केसम्म हुँदोरहेछ भन्ने र्छलङ्ग हुने ठानिन्छ । अख्तियारका नयाँ पदाधिकारीहरूले पहिलो थालनी आफूभित्रबाट नै गर्नुपर्ने देखिएको छ । सचिव रहेका भगवती काफ्ले र पूर्वआयुक्त सिवाकोटीमाथि छानबिन सुरु गर्ने हो भने अख्तियारमा हुने भ्रष्टाचारको खुलासा मात्र हुनेछैन, अख्तियार शुद्धीकरणको प्रक्रिया पनि सुरु हुने विश्वास गरिन्छ ।
नेता थापालाई मातृशोक
क्षेत्री समाजका सहअध्यक्ष कुमारबहादुर थापाकी माता कृष्णकुमारी थापाको ८३ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ । उहाँ लामो समयदेखि दमको रोगबाट पीडित हुनुहुन्थ्यो । यस दुःखद् घडीमा हामी स्वर्गीय आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दछौं ।


दुबईमा यसरी बिलायो बबिताका सपना

‘म छोरीमान्छे भए पनि तपाईंहरूलाई आफैंले कमाएर छोरासरह पाल्छु, चिन्ता गर्नुपर्दैन ।’ आफ्ना आमा-बाबुलाई यस्तो आश्वासन दिँदै गत माघ २२ गते दुबई उडेकी गुल्मीकी १९ वर्षीया बबिता थापाले वैदेशिक रोजगारमा गएको दुई महिना पनि पूरा नहुँदै सांसारिक चोला बदल्नुपर्‍यो । गत चैत १४ गते आफू काम गर्ने घरकै कोठामा सलको पासो लगाएर झुन्डिएको अवस्थामा देखिइन् बबिता । दुबईमै रहेका आफ्नै जेठाबाबुका छोरा पृथ्वी थापामगरले पठाएको फ्री भिसा र टिकटको आधारमा घरेलु कामदारको रूपमा बबिता दुबई पुगेकी थिइन् । पृथ्वीका साथी तारा चन्द पनि बबितालाई दुबई झिकाउने कार्यका मतियार थिए । तर, परदेशमा आफ्नी चेली बोलाएपछि उनको दैनन्दिनी र दुर्दशा बुझ्ने फुर्सद उनीहरूलाई भएन । फलतः विदेशमा काम गरेर पैसा कमाउने र छोरा सन्तान नभएकोमा विस्मात गर्ने बाबुआमाको सहारा बनेर समाजमा उदाहरण बन्ने एउटी जवान र सुन्दर युवतीको सपना विदेशी भूमिमा तड्पिएर इहलीला समाप्त भएसँगै शून्यतामा बिलाउन पुग्यो । झुन्डिएर मरेको भनिए पनि बबिताका बाबु रामबहादुर र आमा मीनाकुमारीलाई यस कुरामा विश्वास लागेको छैन । मृत्युको अघिल्लो दिन छोरीसँग फोनमा कुराकानी भएको सम्झिँदै भक्कानिएर मीनाकुमारी भन्छिन्, ‘म यहाँ अब धेरै बस्न सक्दिनँ आमा, ठूलो सकस परिरहेको छ मलाई, म घर र्फकन्छु भनेर छोरीले विलौना गरेकी थिई । उसको कुराबाट उसमाथि आफ्नो मालिकबाट जबर्जस्ती व्यवहार हुने गरेको बुझिन्थ्यो । उसले रुँदै कुरा गर्दागर्दै कसैले फोन नै खोसेको थियो ।’ यसैगरी बबिताका बाबु रामबहादुर थप्छन्, ‘घरमालिकले फोनमा पहिले-पहिले पनि हामीलाईसमेत हप्काउँथ्यो । आफ्नै मानिसले कस्तो ठाउँमा पारिदिएछन् ।’ फ्री भिसा भनिए पनि बबितालाई दुबई पठाउँदा ७५ हजार खर्च लागेको रामबहादुर बताउँछन् ।
बबितालाई आशिष जवाहर खान नामका एक भारतीयकहाँ काम लगाइएको थियो । गुल्मी भर्ुर्तुङ-२ का गोपाल उपनाम भएको धनबहादुर क्षेत्रीसँग डेढ वर्षअघि प्रेमविवाह भए पनि लोग्नेसँग मनमुटाव भएपछि बबिता माइतै बस्दै आएकी थिइन् । तीन दिदी-बहिनीमध्येकी जेठी उनले बाँकी जीवन विवाह नगरी आमाबाबुको सेवा गरेर बिताउने निर्णय गरेकी थिइन् ।

विज्ञ पन्छाएर नीति निर्माण
संस्कृति मन्त्रालयको निर्देशन र पुरातत्त्व विभागको सक्रियतामा हालै दुईदिने संस्कृति नीति-निर्माण गोष्ठी सम्पन्न भएको छ । संस्कृति नीति-निर्माणसम्बन्धी कार्यपत्र करिब चार वर्ष पहिले त्रिभुवन विश्वविद्यालय संस्कृति केन्द्रीय विभागका प्राध्यापकहरूको एउटा टोलीले तयार पारिसकेको थियो । त्यसैलाई पूर्णता दिन हालै गोष्ठी सम्पन्न भएको बताइन्छ । संस्कृतिसम्बन्धी राष्ट्रिय नीति तर्जुमा गर्ने भनी संस्कृति निर्माण कार्यमा साहित्य, संस्कृति र इतिहास विषयका व्यक्तिहरूलाई पनि सक्रिय पारिएको उक्त गोष्ठीमा संस्कृति विषयका विज्ञ भनेर चिनिने प्रा.डा. प्रेमकुमार खत्री, प्रा.डा. पेशल दाहाल र प्रा.डा. जगदीशचन्द रेग्मीजस्ता व्यक्तिहरूलाई सहभागी नबनाइनुलाई संस्कृति र प्राज्ञिक क्षेत्रमा अनौठो मानिएको छ । गोष्ठीमा संस्कृति केन्द्रीय विभागका प्राध्यापकहरूलाई पनि कुनै सरोकार नराखएकिो बुझिएको छ । यो एकपक्षीय र सङ्कीर्ण गोष्ठीबाट तयार पारिएको नीति र्सवस्वीकार्य हुन नसक्ने ठानिएको छ ।

दक्षिणकाली-कुलेखानी सडकको कायापलट हुने
भारत र नेपालबीच नेपालमा दक्षिणकालीदेखि कुलेखानी बाँधसम्मको २६ किलोमिटर सडक स्तरोन्नति गर्ने सम्झौतामा हिजो मंगलबार हस्ताक्षर भएको छ । सिंहदरबारमा आयोजित विशेष कार्यक्रममा नेपालका लागि भारतीय राजदूत राकेश सुद र अर्थसचिव रामेश्वरप्रसाद खनालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौताअर्न्तर्गत भारत सरकारले काठमाडौंको दक्षिणकाली गाविसदेखि चिमले र सिस्नेरी गाविस हुँदै मकवानपुरको कुलेखानी बाँधसम्मको २६ किमि सडक साढे ६ मिटर चौडा पार्न सडक विस्तार संरचना निर्माण, किनारा संरचना, नाली, कलभर्ट तथा कज-वेसहित सडक कालोपत्र गरी स्तरोन्नति गर्न नेपाल सरकारलाई १५ करोड अनुदान सहयोग प्रदान गर्नेछ । भौतिक योजना तथा निर्माण मन्त्रालयअर्न्तर्गतको सडक विभागले परियोजनाको कार्यान्वयन गर्नेछ । स्तरोन्नति गरिएको सडकले दक्षिणकाली, चिमले, सिस्नेरी र कुलेखानी गाविसका जनता मात्र लाभान्वित नभई काठमाडौंदेखि तराई क्षेत्र विशेषगरी वीरगञ्ज पुग्ने यात्रा समय आधा कम हुन गई काठमाडौं र मध्यतराई क्षेत्रका बासिन्दालाई लाभ पुग्नुका साथै यस क्षेत्रमा सामान ढुवानी लागत उल्लेख्य रूपमा घट्ने बताइएको छ । परियोजनाले नेपाल सरकारले विशेष ध्यान पुर्‍याउँदै आएको देशभित्र सडक सञ्जाल संरचना विकास गर्ने कार्यमा दुई देशबीचको सहयोगलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।


विद्यार्थी नेता महरलाई सीएसएल अवार्ड

नेपाल विद्यार्थी सङ्घका उपाध्यक्ष नैनसिंह महरलाई सन् २०१० को ‘कन्स्ट्रक्टिभ स्टुडेन्ट लिडर अवार्ड’ प्रदान गरिने भएको छ । ‘शिक्षामा चुनौतीहरू’ नामक पुस्तकको सम्पादनका लागि महरलाई प्रशंसापत्रसहित तीन हजार अमेरिकी डलर राशिको सो पुरस्कार प्रदान गरिन लागिएको ग्लोबल नेपाली स्टुडेन्ट काउन्सिलले जनाएको छ । प्राज्ञिक क्षेत्रलाई मर्यादित र समृद्ध तुल्याउन शिक्षाविद् तथा विभिन्न सङ्घसंस्थामा आबद्ध विद्यार्थीको विचार एवम् आवश्यक शैक्षिक सूचकहरूलाई एउटै पुस्तकमा समेटी सार्वजनिक गर्नु एक महत्त्वपूर्ण रचनात्मक काम भएको भनी महरको प्रशंसा गरिएको छ । सो पुरस्कारको लक्ष्य नेपाली शिक्षा क्षेत्रलाई सही अर्थमा लर्निङ सेन्टरको रूपमा विकास गराउन विद्यमान विद्यार्थी सङ्घसंस्थाहरूलाई अभिप्रेरित गराउनु रहेको बुझिएको छ । पुरस्कार आगामी अक्टोबरमा बेलायतमा आयोजना हुने जीएनएससीको चौथो वारि्षक उत्सवका अवसरमा वितरण गरिने निर्णय भएको जानकारी सो संस्थाले गराएको छ ।
स्वदेश र विदेशमा अध्ययनरत नेपाली विद्यार्थीको साझा संस्था जीएनएससीद्वारा प्रत्येक दुई वर्षमा प्रदान गरिने यो पुरस्कार नेपाली विद्यार्थीलाई पहिलोपटक प्रदान गरिन लागिएको संस्थाका अध्यक्ष प्रो. खगेन्द्रराज ढकाल र कार्यकारी अध्यक्ष राजु बास्कोटाद्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । महरलाई हासिल भएको यस उपलब्धिले समस्त नेपाली विद्यार्थी वर्गलाई गौरवान्वित तुल्याएको अनुभूति गरिएको छ ।


प्याकुरेललाई ग्वाङ्जु मानवअधिकार पुरस्कार

इन्सेकका संस्थापक अध्यक्ष तथा मानवअधिकारकर्मी सुशील प्याकुरेललाई सन् २०१० को ग्वाङ्जु मानवअधिकार पुरस्कार हासिल भएको छ । दक्षिण कोरियाको ग्वाङ्जु सहरको फाउन्डेसनले प्रत्येक वर्ष प्रदान गर्ने सो पुरस्कार नेपालमा मानवअधिकारको संरक्षण र सर्म्बर्द्धनमा दुई दशकभन्दा बढी समयदेखि संलग्नताका लागि प्याकुरेललाई प्रदान गरिएको सो संस्थाले घोषणा गरेको छ । यस पुरस्कारबाट सम्मानित हुने उहाँ पहिलो नेपाली हुनुहुन्छ । प्याकुरेललाई आगामी मे १८ -०६७ जेठ ४) गते ग्वाङ्जु सहरमा पुरस्कार प्रदान गरिनेछ । १९८० मा लोकतन्त्रको स्थापनाका लागि भएको आन्दोलनका क्रममा मे १८ मा मारिएका व्यक्तिको सम्झनामा मानवअधिकारको क्षेत्रमा समर्पित व्यक्ति, समूह वा संस्थालाई प्रदान गरिने यो पुरस्कार सन् २००० मा स्थापना भएको हो । पुरष्कृत व्यक्तित्वलाई ५ करोड कोरियन वन, स्वर्ण पदक र कदरपत्र प्रदान गर्ने गरिन्छ ।
शान्ति समाजको आग्रह
मानवअधिकार तथा शान्ति समाजको १३औँ केन्द्रीय परिषद् बैठक आगामी असोज १६ र १७ गते समाजकै सर्ुर्खेत शाखाको आतिथ्यतामा सम्पन्न हुने भएको छ । समाजको हालै सम्पन्न बैठकले नयाँ संविधान निर्माण गर्ने प्रमुख लक्ष्यका साथ संवाद र सहमति कायम गर्न सम्पूर्ण राजनीतिक दल, सरकार र आमसमुदायसँग आह्वान गर्दै अवाञ्छित मुठभेडको स्थिति आउने भय र आशङ्कालाई तत्काल मेटाउन सम्बन्धित सबै पक्षसँग आग्रहसमेत गरेको छ ।
गाविससचिवद्वारा सामूहिक राजीनामा
इलाम । विभिन्न भूमिगत समूह तथा राजनीतिक दलका कार्यकर्ताले चन्दा माग्दै नदिए मार्ने धम्की दिएपछि इलामका सबै गाउँ विकास समितिका सचिवहरूले सोमबार सामूहिक राजीनामा दिएका छन् । सरकारले आफूहरूलाई सुरक्षा दिन नसकेको जनाउँदै जिल्लाका ४८ गाविसका ३९ जना गाविससचिवले स्थानीय विकास अधिकारी भूपराज राईसमक्ष सामूहिक राजीनामा दिएका हुन् । केही समययता किराँत जनवादी वर्कर्स पार्टीले पत्र पठाएर प्रत्येक सचिवसँग तीन लाख रुपैयाँ चन्दा माग गरेको थियो । चन्दा नदिए मार्नेसम्मको धम्की आएपछि अधिकांश गाविसका सचिवहरू गाउँबाट विस्थापित भएर सदरमुकाममा बस्दै आएका थिए । काम गर्ने वातावरण नभएकाले राजीनामा दिनुको कुनै विकल्प नरहेको गाविससचिव हकहित संरक्षण केन्द्रका संयोजक अर्जुन थापाले बताए । आफूहरूको सुरक्षाका लागि पटक-पटक अनुरोध गर्दा पनि सरकारले कुनै वास्ता नगरेको सचिवहरूले आरोप लगाएका छन् । आर्थिक सहायता दिन नसकेकै कारण धाक धम्की दिई आफूहरूलाई प्रताडित बनाएकोबारे तालुकदार अड्डा र राजनीतिक दलहरूलाई जानकारी दिइए पनि कुनै वास्ता गरिएन-जारी संयुक्त विज्ञप्तिमा भनिएको छ । सम्पूर्ण सचिवले सामूहिक हस्ताक्षर गरेको विज्ञप्तिमा धम्कीका कारण परिवारमा समेत आतङ्क फैलिएकोले बाध्य भई सामूहिक राजीनामा दिइएको जनाइएको छ ।
यता शान्तिसुरक्षाका विषयमा प्रमुख जिल्ला अधिकारी प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले वैशाख ३ गते प्रहरी प्रमुख विक्रमबहादुर चन्द, स्थानीय विकास अधिकारी भूपराज राई र आफूसमेत बसी छलफल गरिएको बताएका छन् । गाउँ जाने वातावरण नभए नजिकका प्रहरी इकाइसँग समन्वय गर्नका लागि सचिवहरूलाई निर्देशन दिएको बताएका छन् । चन्दा माग गर्ने र धम्की दिने समूहबारे जानकारी दिए आफूहरूलाई सजिलो हुने भएकाले सचिवसँग जानकारी माग गरिएको उनले बताए । ‘तर, एक्कासि राजीनामा दिएको खबर सुन्नुपर्‍यो,’ उनले भने, ‘सबैको राजीनामा स्वीकृत हुने कुरा नहोला, जिविसको संयन्त्र बैठकले यसबारे निर्णय लिनेछ ।’ सचिवहरूको सामूहिक राजीनामाका विषयमा स्थानीय विकास अधिकारी भूपराज राईसँग सर्म्पर्क गर्न खोज्दा सर्म्पर्क हुन सकेन । सचिवहरूले राजीनामा दिएपछि र्सवसाधारणका अत्यावश्यक कामकारबाही प्रत्यक्ष प्रभावित भएका छन् ।  -फणिन्द्र संगम
जनसञ्चार केन्द्रको स्थापना
गत शनिबार भएको सञ्चारकर्मीहरूको एक भेलाले सत्य-तथ्य समाचार, लेख, अन्तर्वार्ता सङ्कलन र वितरण गर्ने उद्देश्य राखेर ओम शर्माको संयोजकत्वमा एक जनसञ्चार केन्द्रको स्थापना गरेको छ । गत १२ गते आइतबादेखि नै आफ्नो कार्य थालनी गरेको सो केन्द्रमा तथ्य समाचार र सूचना पठाएर सहयोग गर्न संयोजक शर्माले सबै पक्षसँग अनुरोध गरेका छन् । जनसञ्चारमा प्राप्त सामग्रीलाई विभिन्न सञ्चारमाध्यमहरूमा निःशुल्क वितरण गरिने पनि उनले जानकारी गराएका छन् ।
माछापुच्छ्रे बैंकद्वारा ह्याटि्रक
नेपाल राष्ट्र बैंकको ५५औं वारि्षकोत्सवको उपलक्ष्यमा आयोजित अन्तरबैंक भलिबल प्रतियोगितामा माछापुच्छ्रे बैंक लिमिटेड प्रथम भएको छ । यस बैंकले विगत २०६५ र २०६६ सालमा आयोजित यसै प्रतियोगितामा समेत प्रथम स्थान हासिल गरेको थियो । प्रतियोगिता अवधिमा प्रथम हुन सफल माछापुच्छ्रे बैंक लिमिटेड आफूले खेलेको ६ वटा खेलमा अविजित रहेको थियो । आयोजक नेपाल राष्ट्र बैंकको थापाथलीस्थित बैंकिक कार्यालयमा भएको अन्तिम खेलमा माछापुच्छ्रेले प्रतिद्वन्द्वी कुमारी बंक लिमिटेडलाई २२-२५, २५-२१, २५-२० र २५-१७ को सेटमा हराएर तेस्रोपटक विजेता बन्न सफल भएको हो । यस प्रतियोगितामा सहभागी १४ वाणिज्य बैंकहरूलाई चार समूहमा राखी लिग कम नकाउटको आधारमा खेल खेलाइएको थियो । विजेता टिमका खेलाडीलाई नेपाल राष्ट्र बैंकका गभर्नरले सिल्ड तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।

सरकारले घोषणा गरेपछि हिंसा दोब्बर

नेपाल सरकारले २०१० लाई लैङ्गिक हिंसाविरुद्धको वर्ष घोषणा गरी कार्ययोजना सार्वजनिक गरेको ६ महिनाको अवधिमा महिलामाथि हिंसाका घटना डरलाग्दो गरी बढेको ओरेक नेपालले जनाएको छ । संस्थाकी प्रचार संयोजक दुर्गा कार्कीका अनुसार महिलाहरूमाथि शारीरिक, मानसिक तथा सामाजिक हिंसा गर्ने क्रम दिनदिनै बढिरहेको छ तर राज्य संयन्त्रबाट पीडित महिलाले न्याय पाउने र दिलाउने अबस्था भने शून्य नै रहेको छ । यतिमात्र नभई हिंसापीडित महिलाका लागि आवाज उठाउने महिलामाथिको असुरक्षा झन्झन् बढेको पनि बताइएको छ ।
संस्थाले जनाएअनुसार गत चैत महिनामा मात्रै ३० वटा बलात्कारका घटना भएका छन् । कैलालीमा १० वर्षीया र बाजुरामा १४ वर्षीया बालिका तथा एक श्रवणशक्ति नभएकी महिलामाथि सामूहिक बलात्कार भएको छ । यसैगरी रुकुममा महिलालाई सामूहिक बलात्कार गरी रकमसमेत लुटेर लगेको खबर सार्वजनिक भएको छ । यसैगरी जनकपुरमा एक महिला प्रहरीचौकीभित्रै बलात्कृत भएकी छिन् भने नुवाकोटमा एक पुरुषले आफ्नै साथीकी चार वर्षीया छोरीलाई बलात्कार गरेका छन् ।
चैत महिनामा घरेलु हिंसाका ३२, कुटपिटका ७५, बलात्कारका ३०, हत्याका ९, सामाजिक हिंसाका २०, बेचबिखनका १२, मानसिक यातनाका २६ र बोक्सीको आरोपमा १३ महिलामाथि हिंसा थोपरिएको तथ्याङ्क ओरेक नेपालले सार्वजनिक गरेको छ ।
दक्षिण भारतमा नेपालीको मृत्यु
भारतको आन्ध्र प्रदेशस्थित घट्टेश्वरमा बसको ठक्करबाट एक नेपालीको मृत्यु हुनुका साथै एक गम्भीर घाइते भएका छन् । आन्ध्र सरकारद्वारा सञ्चालित एपी २४ एक्सएच २६ एच नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा कैलाली टीकापुरका नवराज बजगाईंको घटनास्थलमै मृत्यु भएको थियो भने नाम नखुलेका अर्का सख्त घाइते बनेका छन् । नेपाली जनसर्म्पर्क समिति दक्षिण भारतका अध्यक्ष रामप्रसाद रिमालको नेतृत्वमा नेपालीको एक समूहले क्षतिपूर्तिको माग गर्दै घट्टेश्वर प्रहरी थाना घेराउ गरेपछि मात्र प्रहरीले उजुरी दर्ता गरेको थियो । दस लाखको क्षतिपूर्ति दाबीका साथ उजुरी दिइएको गोविन्दबहादुर भण्डारी र पहराम विष्टले जानकारी दिएका छन् । -योगेन्द्र गौतम

जाली नोटसहित दुई पक्राउ
मोरङ जिल्लाको विराटनगर २० स्थित भट्टीमोड भन्ने स्थानबाट गत शनिबार दिउँसो अवैध हतियार, गोली तथा जाली नोटसहित दुई व्यक्ति पक्राउ परेका छन् । भारत घर बताउने राजकुमार यादव र जगमोहन मेहतालाई दुई थान पेस्तोल, सात राउन्ड गोली, तथा एक हजार दरको आठ थान र पाँच सय दरको १८ थान भारतीय जाली नोटसहित एपीएफ टोलीले पक्राउ गरेको हो । एक चिया पसलमा शङ्कास्पद अवस्थामा भेटिएका ती व्यक्तिहरूको साथमा अवैध हतियार तथा जाली नोट रहेको सुराक पाएपछि सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय मोरङबाट सशस्त्र प्रहरी उपरीक्षक कृष्ण थापाको कमान्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो ।
यता, काभ्रे मिथिनकोटका २० वर्षीय हरि भर्ुर्तेल र काभ्रे ताडणलङका १८ वर्षीय सोनाम लामालाई प्रहरीले अवैध लागूऔषध चरेस दुई सय ग्रामसहित पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । उनीहरू पुतलीसडकमा पक्राउ परेका प्रहरीले जनाएको छ । यसैगरी काठमाडौं महानगरपालिका-७ चाबहिलबाट दोलखा जिल्ला फस्कु-९ घर भएका १९ वर्षीय विजय तामाङलाई कटुवा पेस्तोल र त्यसको गोलीसहित प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । हाल ललितपुर बालकुमारी बस्ने तामाङलाई शनिबार सबेरै जाँच गर्ने क्रममा हतियारसहित फेला पारिएको बताइएको छ ।

तरुणद्वारा विरोध

नोबेल मेडिकल कलेजका प्रबन्धक सुनील शर्माले आफूसहित गुण्डाहरू प्रयोग गरी गत वैशाख ९ गत राति विराटनगरमा हिँडिरहेको नेपाल तरुण दलका केन्द्रीय सदस्य उद्धव कोइरालालाई बिनाकारण एक्कासि निर्मम तरिकाले कुटपिट गरेकोमा नेपाल तरुण दलले विरोध जनाएको छ । अपराधीहरूलाई अविलम्ब पक्राउ गरी कारबाही गर्न नेपाल तरुण दलले सम्बन्धित पक्षसँग माग गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ । समयमै कारबाही नभएमा नेपाल तरुण दलले राष्ट्रव्यापी रूपमा सङ्घर्ष गर्ने पनि जनाएको छ ।