कुमारी बैंकको ८.५ प्रतिशत बोनस सेयर घोषणा

कुमारी बैंकको ८.५ प्रतिशत बोनस सेयर घोषणा


कुमारी बैंकले आफ्ना सेयरधनीलाई आठ दशमलव पाँच प्रतिशत सेयर लाभांश दिने भएको छ ।

बैंकले आर्थिक वर्ष ०७४–७५ को नाफाबाट रु. ६० करोड ८८ लाख ८८ हजार ५७३ बराबरको सेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको चुक्ता पुँजी रु. सात अर्ब १६ करोड ३३ लाख ९४ हजार ९७३ बराबरको आठ दशमलव पाँच प्रतिशत सेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले तत्कालीन काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स कम्पनीलाई प्राप्ति गरी एकीकृत कारोबार गर्दै आएको छ ।

ती वित्तीय संस्थालाई गाभेर गत असार १६ गतेदेखि संयुक्त कारोबार गरेकोले सो मितिले दुई वषैभित्र गाभिएको अवस्थामा कायम रहेका सेयरधनीलाई वितरण गरेको लाभांशमा कर नलाग्ने व्यवस्था रहेको बैंकले जनाएको छ । बैंकले सोही अवधारणाका आधारमा लाभांश सेयरमा कर प्रयोजनका लागि नगद लाभांशको व्यवस्था नगरिएको बताएको छ ।