जासुसको आरोपमा इजरायलका पूर्वमन्त्रीलाई जेल सजाय

जासुसको आरोपमा इजरायलका पूर्वमन्त्रीलाई जेल सजाय


इजरायलका एक पूर्वमन्त्रीलाई इरानको लागि जासुस गरेको आरोपमा एघार वर्षको जेल सजाय सुनाउने तयारी भएको त्यहाँको न्याय मन्त्रालयले जानकारी दिएको छ ।

गोनेन सेगेभ नामक यी मन्त्रीले गम्भीर रूपमा गुप्तचरी गर्दै सूचनाहरू इरानलाई दिएको मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

जेल सजाय आगामी फेब्रुअरी ११ दिनमा सुनाइने प्रकाशित समाचारमा जनाइएको छ । सेगेभले सन् १९९५ बाट १९९६ सम्म ऊर्जा र निर्माणमन्त्रीको पद सम्हालेका थिए । यसअघि अन्य अपराधहरूको आरोपमा पनि सेगेभले सजाय भोगिसकेका प्राप्त समाचामा जनाइएको छ ।

सन् २००४ मा करिब ३० हजार नशालु ट्याबलेट तस्करी गरेको र इजरायलबाट नेदरल्यान्डमा जान समयसीमा नाघेको राहदानीको प्रयोग गरेको आरोप उनीमाथि लागेको थियो ।