ठमेल र जावलाखेलमा हेयर एण्ड शान्ति सलोनको नयाँ शाखा

ठमेल र जावलाखेलमा हेयर एण्ड शान्ति सलोनको नयाँ शाखा


काठमाडौंको कमलादीबाट दुई वर्ष अघिदेखि सेवा दिन सुरु गरेको हेयर एण्ड शान्ति सलोनले दोश्रो र तेस्रो शाखा काठमाडौंको ठमेल तथा ललितपुरको जावलाखेलमा शुरु गरेको छ । हरेक सलोनमा एक करोड भन्दा बढी लगानी रहेको हेयर स्टाइलिस एवं संचालक अनुजा श्रेष्ठले जानकारी दिइन् ।

यस सलोनबाट एक पटकमा एकैचोटी २५ जना सम्मलाई सेवा प्रदान गर्न सक्ने अत्याधुनिक प्रविधि सहितको उपकरणहरु जडान गरिएको छ। सलोनमा मध्यम र उच्च वर्गका ग्राहकलाई लक्षित गरिएको छ । हेयर कट, हेयर कलर, फेसियल, सेभिङ, मेनी क्यूर, पछाडि क्यूर, वाकसिन, नेलआट र केराटिन जस्ता सेवा सलोनले उपलब्ध गराउने हेयर स्टाइलिस श्रेष्ठले बताइन् ।

नेपाली व्यवसायी शान्ति श्रेष्ठको एकल प्रयासमा भारतलाई आधार बनाएर खोलिएको यस सैलुन भारतको नयाँ दिल्ली, जम्मु कास्मिर, नोएडा, गुरगाउ, लगायत १२ शहरमा केन्द्रित रहेको छ ।