१० वर्षमा देशलाई समृद्ध बनाउन सकिन्छ : प्रचण्ड

१० वर्षमा देशलाई समृद्ध बनाउन सकिन्छ : प्रचण्ड


पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई १० वर्षभित्रै समृद्ध बनाउन सकिने बताएका छन् । उनले आफ्नो सपना पनि १० वर्षभित्रै देशलाई समृद्ध बनाउने रहेको बताए ।

उनले बुधबार १२औँ चितवन महोत्सव उदघाटन समारोहलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

‘मेरो सपना १० वर्षमा देशलाई समृद्ध बनाउने हो,’ सम्बोधनका क्रममा प्रचण्डले भने, ‘यो अवधिमा चितवनलाई पनि समृद्ध बनाउन सक्छौँ ।’ अब गम्भीर भएर विकासमा लाग्ने समय आएकोले सबैले जिम्मेवारी लिएर विकासका कामलाई अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।