उदयपुरको ताप्लीमा प्राइम कमर्सियल बैंक

उदयपुरको ताप्लीमा प्राइम कमर्सियल बैंक


आफ्नो शाखा संजाल बिस्तारको क्रममा प्राइम कमर्सियल बैंक लिमिटेडले उदयपुरको ताप्ली गाँउपालिकामा शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालनपछि बैंकको शाखा कार्यालय संख्या ७१ पुगेको बताइएको छ ।

स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा बुधबार एक समारोहका बीच ताप्ली गाँउपालिका अध्यक्ष उद्धवसिंह थापाले शाखा कार्यालय ताप्लीको उदघाटन गरेका हुन् ।

यसै क्रमलाई निरन्तरता दिँदै बैंकले आगामी दिनमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै ललगी आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिबद्धता जनाएको छ । बैंकले निक्षेपकर्ता तथा ग्राहकलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने बताएको छ ।