परराष्ट्रमन्त्री ज्ञवाली भारत जाँदै

परराष्ट्रमन्त्री ज्ञवाली भारत जाँदै


परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बिहीबार भारत जाने भएका छन् । भारतको राजधानी नयाँदिल्लीमा आयोजना हुने राइसेना डायलगमा भाग लिन मन्त्री ज्ञवाली भारत जाने भएका छन् । बिहीबारै मन्त्री ज्ञवालीले सो डायलगलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

मन्त्री ज्ञवालीले सो अवसरमा विभिन्न उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने पनि बुझिएको छ । भारतको विदेश मन्त्रालयको सहकार्यमा अब्जर्भर रिसर्च फाउन्डेसनले आयोजना गर्न लागेको सो कार्यक्रममा भाग लिएर मन्त्री ज्ञवाली शुक्रबार स्वदेश फर्कने बुझिएको छ ।