सहमतिविपरीत शिक्षा विधेयक पारित भएपछि केसी अनशन बस्दै

सहमतिविपरीत शिक्षा विधेयक पारित भएपछि केसी अनशन बस्दै


डा. गोविन्द केसी आज (बुधबार) बाट फेरि अनशन बस्ने भएका छन् । अपराह्न ४ बजेदेखि अनशन बस्न उनी इलाम पुगिसकेका छन् ।

उनले केपी ओली सरकारले आफूसँग भएका सहमति तोडेर धोका दिएकोले अनशन बस्न बाध्य भएको बताएका छन् ।

बुधकार संसदको शिक्षा तथा स्वास्थ्य समितिले नेकपाको बहुमतको आधारमा डा. केसीसँग भएको सहमतिविपरीत चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन पारित गरेपछि उनी अनशन बस्न लागेका हुन् ।