आजको पञ्चाङ्ग एवम् राशिफल (२४ पुस २०७५ मंगलबार, ८ जनवरी २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (२४ पुस २०७५ मंगलबार, ८ जनवरी २०१९)


– जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीसूर्योदक्षिणायने श्रीशाके १९४० नेपाल सं. ११३९ वि.सं. २०७५ पुस २४ गते मंगलबार तद्अनुसार सन् २०१९ जनवरी ८ तारिख पौषशुक्लपक्ष द्वितीया तिथि १०ः१ पर तृतीया तिथि श्रवण २२ः१६ बज्र योग तैतिल करण आनन्दादिमा लुम्ब योग चन्द्रमा मकर राशिमा, काठमाडौंमा सूर्योदय विहान ६ः५८ मा भयो र सूर्यास्त साँझ १७ः२३ मा हुनेछ । आज नेपाल ज्योतिष परिषद् स्थापना दिवस पनि छ । शुभ समय अभिजित– ११ः४३ देखि १२ः३१ अशुभ समय राहु काल– १४ः४८ देखि १६ः६ दिशा शूल– उत्तर ।

आजको राशिफल

मेष राशि– ग्रहगोचर शुभ र सफलताप्रदायक रहनेछ । भएको दायित्वलाई पूरा गर्नुको साथै नयाँ दायित्व पनि पाउनुहुनेछ । सरकारी क्षेत्रसित सम्बन्धित कार्यमा पनि सफलता प्राप्त गर्नुहुनेछ । । यात्रामा सफलता मिल्नेछ । सुख–समृद्धि बढ्नेछ । इष्टमित्रको साथ मिल्नेछ । सुविधा बढ्ला । हरेक प्रकारले पराक्रम बढ्नेछ । विकासको नयाँ नयाँ सङ्केत देखापर्ला ।

वृष राशि– भाग्यवृद्धि हुनेछ । यात्रा होला । धर्म–कर्ममा प्रवृत्ति बढ्ला । धन मान सुख समृद्धि बढ्ला । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । धनसित सम्बन्धित काम बन्नेछ । सभा समारोहमा सम्मानित हुनुहुनेछ । पारिवारिक सुख–शान्ति बढ्ला । ख्याति फैलिनेछ ।

मिथुन राशि– दिन शुभ र भाग्यवर्द्धक काममा बाधादायक छ । मिठो भोजन खान पाउनुहुने कुरामा बिघ्न हुनेछ । आरोग्यतामा सुधार हुने देखिँदैन । धन सम्पत्ति र कार्यव्य–व्यवसायसित सम्बन्धित कार्यमा जोखिमलाई उठाउनु उचित हुनेछैन । नियम–कानूनलाई उपेक्षा नगर्दा बेस रहला । रसरागमा पनि आकर्षण बढ्ला । चोटपटक आदिप्रति सचेत रहनुपर्नेछ ।

कर्कट राशि– चन्द्रमा राशिदेखि सातौँ स्थानमा भ्रमणशील रहनेछ । यस अवधिभित्र सुख बढ्नेछ र धोखा हुने डर दूर होला । साझेदारिसित सम्बन्धित काम बन्नेछ । पारिवारिक सुख शान्ति बढ्ला । मिठो भोजन मिल्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । सुख आनन्द बढ्ला ।

सिंह राशि– ग्रहगोचर लाभदायक र उन्नतिकारक रहला । आयस्रोत बढ्ला । उधारो लगानी लगाइएको धन बढ्ला । रोकिएको काम बन्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । साहसिक काममा सफलता मिल्नेछ । घरपरिवारसित सम्बन्धित शुभ समाचार मिल्नेछ । विजयश्री प्राप्त होला ।

कन्या राशि– बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । इष्टमित्र सन्तान आदिसित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । उन्नति पदोन्नति हुनेछ । सुख समृद्धि बढ्ला । कला, साहित्य, गीत–संगीत आदि कार्यमा पनि सफलता मिल्नेछ । प्रेमपात्रको सहयोग मिल्नेछ । विजयश्री मिल्ला ।

तुला राशि– यात्रा होला । समस्याको समाधान मिल्नेछ । भाग्यवर्द्धक काम बन्नेछ । हासविलास रुचि बढ्नेछ । सुख समृद्धि धन यश मान पद प्रतिष्ठा बढ्नेछ । तथापि अरुको भरमा नबसी आफ्नै बलविवेकले काम गर्नु उचित होला ।

वृश्चिक राशि– चन्द्रमा राशिदेखि पराक्रम स्थानमा भ्रमणशील रहनेछ । यस अवधिभित्र कुनै प्रकारको विकासको नयाँ सम्भावना देखापर्ला । आशा–उत्साह बढ्ला । लेखन प्रकाशन, कला, साहित्य, लेखन आदिसित सम्बन्धित कार्यमा सफल हुनुहुनेछ । यात्रापरक काम बन्नेछ । ऐश्वर्य वृद्धि होला । शुभ र भाग्यवर्द्धक काम बन्नेछ ।

धनु राशि– मिठो भोजन मिल्नेछ । साझेदारीको काम बन्ला । सुख–आनन्द मिल्नेछ । वार्तामा सफलता मिल्ला । पारिवारिक स्थितिमा सुधार हुनेछ । मान पुरस्कार मिल्नेछ ।

मकर राशि– आरोग्यता बढ्ला । धन समृद्धि वृद्धि होला । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । सुख शान्ति मिल्नेछ । मिठो भोजन मिल्नेछ । हासविलासमा रुचि बढ्ला । मनोकूलको काम बन्नेछ ।

कुम्भ राशि– प्रेमपथमा सफलता मिल्नेछ । खर्च बढ्ला । भागदौड लागिरहला । इष्टमित्रको सहयोग प्राप्त होला । शैक्षिक र रचनात्मक काम बन्नेछ । गीत–संगीतमा आकर्षण बढ्नेछ । खेलकूद भ्रमण कार्यमा आकर्षण बढ्नेछ । भोगविलासप्रति रुचि बढ्ला ।

मीन राशि– रसरागमा रुचि रहला । अनावश्यक खर्च र अनावश्यक यात्रामा नियन्त्रण आउनेछ । आयस्रोत बढ्ला । स्वाथ्यमा सुधार होला । विश्वासघात नगरोस् भनेर ध्यान राख्नुपर्नेछ । विवाद आदिप्रति सचेत रहनुपर्ला । हुन त रोकिएको काम बन्ने र उधारो लगाइएको धन उठ्नेछ ।