आजको पञ्चाङ्ग एवम् राशिफल (२२ पुस २०७५ आइतबार, ६ जनवरी २०१८)

आजको पञ्चाङ्ग एवम् राशिफल (२२ पुस २०७५ आइतबार, ६ जनवरी २०१८)


– जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग–

श्री सूर्योदक्षिणायने श्रीशाके १९४० नेपाल सं. ११३९ हेमन्त ऋतु वि.सं. २०७५ पुस २२ गते आइतबार तद्अनुसार सन् २०१९ जनवरी ६ तारिख पौष शुक्लपक्ष प्रतिपदा तिथि पूर्वाषाढा नक्षत्र १७ः२२ पर उत्तराषाढा नक्षत्र व्याघ्यात योग किंस्तुघ्न योग आनन्दादिमा शुभ योग चन्द्रमा धनु राशिमा, काठमाडौंमा सूर्योदय विहान ६ः५७ मा र सूर्यास्त साँझ १७ः२२ मा हुनेछ । शुभ योग अभिजित – ११ः४९ देखि १२ः३१ ।। अशुभ योग राहु काल – १६ः५ देखि १७ः२४ दिशा शूल – पश्चिम ।

राशिफल–

मेष राशि – दिन मिश्रित फलदायक रहला । भागदौड चलिरहला तर समस्याको समाधान मिल्नेछ । धर्म कर्ममा रुचि बढ्ला । ।। अरुको भरमा बस्नु र विवाद आदिमा पर्नु उचित हुनेछैन । स्वास्थ्यमा ध्यान राख्नुपर्ने छ र व्यर्थको खर्चप्रति पनि सचेत रहनुपर्नेछ । महत्वपूर्ण कार्यमा ध्यान दिनुपर्नेछ । हुन त विस्तारै भाग्य वृद्धि पनि हुनेछ ।

वृष राशि – कुनै प्रकारको रिस्की कार्यमा न पर्नु उचित होला । मानवीय भावलाई ध्यानमा राखेर काम गर्नु उचित हुनेछ । लटरी आदि लाग्न सक्छ । इष्टमित्रको सहयोग मिल्नेछ । सुख सन्तति बढ्नेछ । प्रेम पात्रसित भेटघाट हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मिथुन राशि – धन यश मान सुख समृद्धि बढ्नेछ । साझेदारीको काममा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त होला । हाँसविलासमा आकर्षण बढ्नेछ । सभासमारोहमा मान पुरस्कार पाउनुहुनेछ । भोजभतेरमा भाग लिनुहुनेछ ।

कर्कट राशि – दिन शुभ र भाग्यवर्द्धक छ । मनोकुलको काम बन्नेछ । विजयश्री मिल्ला । धन यश मान बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता वृद्धि हुनेछ । आफन्तको सहयोग मिल्नेछ । पारिवारिक सुख शान्ति बढ्नेछ ।

सिंह राशि – खर्च बढ्नेछ । भागदौड भैरहला । आमोदप्रमोदमा रमाएनुहुनेछ । बौद्धिक र सृजनात्मक कार्यमा सफलता मिल्नेछ । प्रेममा सफलता मिल्ला । सुख सन्तति बढ्नेछ । लापर्वाही नगरी सोचिविचारी योजना र बजेट बनाई काम गर्नु राम्रो रहनेछ । शुभ र भाग्यबर्द्धक कार्यमा प्रवृत्ति बढ्ला ।

कन्या राशि – समय लाभदायक र उन्नतिकारक रहनेछ । सुख आनन्द बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । आफन्तको सहयोग मिल्नेछ । विवाद आदिमा नपर्नु उचित हुनेछ । केही बढी प्रयास र परिश्रम गर्नुपर्ला तर लागिरहेमा अवश्यमेव सफल हुनुहुनेछ ।

तुला राशि – कर्मयोगी रहनुहुनेछ । मान महत्व बढ्नेछ । कार्य क्षेत्रमा उन्नती–पदोन्नती हुनेछ । यात्रापरक कार्यमा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । आशा–उत्साह बढ्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ ।

वृश्चिक राशि – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । यात्रा होला । धन यश मान सुख सौभाग्य वृद्धि हुनेछ । खोज अनुसन्धान तन्त्रमन्त्रमा आकर्षण बढ्ला । वार्तामा सफलता प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । मान–पुरस्कार मिल्नेछ ।

धनु राशि – संयम र विवेकले काम गर्नुपर्ला । जोखिमदेखि सावधान रहनुपर्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । मनोकूलको काम बन्नेछ । सुखशान्ति बढ्ला । मिठो भोजन मिल्नेछ । भोगविलासमा रुचि बढ्ला । मान महत्व बढ्नेछ । मकर राशि( धनको खर्च बढ्नेछ । खेलकूदमा ।सफलता मिल्नेछ । रसराग भोगविलासमा रुचि बढ्ला । लगानी बढ्नेछ । घुमफिर गर्नुहुनेछ ।

कुम्भ राशि – आरोग्यता बढ्ला । धन सम्पत्ति बढ्नेछ । सुख आनन्द वृद्धि हुनेछ । विजयश्री मिल्नेछ । आयस्रोत बढ्ला । उधारो उठ्नेछ । सुख आनन्द वृद्धि हुनेछ ।

मीन राशि – प्रेममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सुख–आनन्द बढ्नेछ । साथीभाइको सहयोग मिल्नेछ । गीत–संगीतमा रुचि बढ्नेछ । सन्तान सुख बढ्ला । मित्रमिलन हुनेछ । उच्चाधिकारीको साथ भेटिएला । राजकीय कार्य बन्ला । दायित्व पूरा गर्नुहुनेछ ।

साताको राशिफल पनि हेर्नुहोस्-

साताको राशिफल (२०७५ पुस २१ देखि २७ गतेसम्म, सन् २०१९ जनवरी ५ देखि ११ तारिखसम्म)
https://ghatanarabichar.com/132264