साताको राशिफल (२०७५ पुस २१ देखि २७ गतेसम्म, सन् २०१९ जनवरी ५ देखि ११ तारिखसम्म)

साताको राशिफल (२०७५ पुस २१ देखि २७ गतेसम्म, सन् २०१९ जनवरी ५ देखि ११ तारिखसम्म)


– जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य

साताको विशेष चाडपर्व –

शनिबार दर्शश्राद्धम् (निशी/हलोबार्ने), पौषी/गया/विष्णुपादुका वेत्रावती/बराहक्षेत्रे/गोकर्णादितीर्थे स्नान एवं श्राद्धादि, गुरू गोविन्द सिंह जयन्ती । आइतबार तोल लोसार । मंगलबार नेपाल ज्योतिष परिषद् स्थापना दिवस । शुक्रबार पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस ।

साताको राशिफल (पुस २१ देखि २७ गतेसम्म) –

मेष राशि – शनिबार र आइतबारमा शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । धर्मकर्ममा प्रवृत्ति बढ्ला । लामो दूरीको यात्रा हुन सक्ने सम्भावना रहनेछ । कुनै प्रकारको धोखा हुन सक्ने कुरामा सचेत रहनु पर्नेछ । सोमबार, मंगलबार र बुधबारतिर नयाँ दायित्व मिल्नेछ । राजकीय कार्य बन्नेछ । उन्नति पदोन्नति हुनेछ । यश वर्चश्व बढ्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । विजय मिल्नेछ । बिहीबार र शुक्रबारतिर अन्नधन बढ्नेछ । आयस्रोत वृद्धि हुनेछ । रोकिएको काम बन्नुको साथै रोकिएको धन उठ्नेछ । सुख समृद्धि हासिल हुने योग छ । कार्यव्यपारमा सफलता मिल्नेछ ।

वृष राशि – शनिबार र आइतबारतिर चन्द्रमा आठौँ स्थानमा भ्रमणशील हुनेहुँदा कुनै प्रकारको जोखिमप्रति सचेत रहनु उचित हुनेछ । स्वास्थ्यमा ध्यान राख्नुको साथै चोटपटकप्रति सचेत रहनु पर्नेछ । नियमकानूनलाई तोड्नु उचित नहोला । सोमबार, मंगलबार र बुधबारतिर सुख सौभाग्यमा बढोत्तरी होला । यात्रापरक काम बन्नुको साथै ख्याति पनि फैलिनेछ । धार्मिक र जनकल्याणको कार्यमा सफल रहनु हुनेछ । विहीबार र शुक्रबारतिर मनोकूलको काम बन्नेछ । नयाँ दायित्व प्रप्त हुनुको साथै रहेको दायित्वलाई पूरा पनि गर्नुहुनेछ । चलिरहेको कार्यमा प्रगतिसँगै नयाँ कार्यमा पनि सफलता माल्नेछ ।

मिथुन राशि – शनिबार र आइतबारतिर सफलता प्राप्त होला । सुख आनन्द मिल्नेछ । साझेदारीसित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । कार्यव्यापारमा सफलता मिल्ला । मिठो भोजन मिल्नेछ । हासविलासमा आकर्षण बढ्नेछ । सोमबार, मंगलबार र बुधबारतिर संयमित भई काम गर्नुपर्ला । कुनै प्रकारको लापर्वाही गर्नु र जोखिममा फस्नु उचित हुनेछैन । शारीरिक र आर्थिक कुरामा ध्यान राख्नु पर्नेछ । विहीबार र शुक्रबारतिर शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । यात्रा हुनेछ । सुख शान्ति बढ्नेछ । मान–सम्मानमा बढोत्तरी होला । धर्मकर्मको कार्यमा सफल रहनुहुनेछ ।

कर्कट राशि – शनिबार र आइतबारमा आरोग्यता बढ्ला । कार्यव्यापारमा सफलता मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । आफन्तको सहयोग मिल्ला । पारिवारिक स्थितिमा अनुकूलता आउनेछ । सोमबार, मंगलबार र बुधबारमा सफलता समृद्धि हासिल होला । नयाँ कार्यमा सफलता मिल्नुको साथै सुख सम्पति आनन्द पनि बढ्नेछ । जीवनसाथीको सहयोग प्राप्त होला । मान महत्व बढ्ला । विहीबार र शुक्रबारतिर चन्द्रमा आठौँ स्थानमा भ्रमणशील रहनेछ । कुनै प्रकारको लापर्वाही गर्नु र जोखिमपूर्ण काममा लाग्नु बुद्धिमानी हुनेछैन । ऐनकानूनलाई ध्यानमा राख्नुपर्नेछ । स्वास्थ्यमा ध्यान राख्नुपर्नेछ ।

सिंह राशि – साताको सुरुको दुई दिन प्रेममा सफलता मिल्ने र इष्टमित्र सुख सन्ततिमा वृद्धि हुने खालको रहला । कला, साहित्य, संगीत, बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता मिल्नेछ । सोमबार, मंगलबार र बुधबारतिर ऋण रोग र शत्रुलाई जित्ने क्षमता बढ्नेछ । धन सम्पत्ति बढ्नुको साथै आरोग्यतामा वृद्धि होला । विहीबार र शुक्रबारतिर सुख आनन्द यश सौभाग्य बढ्ला । मिठो भोजन मिल्नेछ । पारिवारिक सुख शांति बढ्ला ।

कन्या राशि – शनिबार र आइतबारतिर अनावश्यक खर्च हुने र अनावश्यक यात्रा हुने सम्भावना रहनेछ । विवाद आदिमा नपर्नु उचित हुनेछ । सोमबार, मंगलबार र बुधबारको प्रेमपथको बाटो सहज हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । पारिवारिक सुख आनन्द बढ्ला । विहीबार र शुक्रबारतिर ऋण रोग र शत्रुसित लड्ने प्रतिरोधात्मक क्षमता बढ्नेछ । नयाँ काम बन्नुको साथै रोकिएको काम पनि बन्नेछ ।

तुला राशि – साताको प्रारम्भिक दुई दिनमा विकासको नयाँ मार्ग देखापर्नेछ । आशा आँट उत्साह बढ्ला । प्रयासरत काम बन्नेछ । धन मान सुख ऐश्वर्य बढ्नेछ । तेस्रो चौथो र पाँचौँ दिनमा अरुको भर नपरी आफ्नै बुद्धि विवेकले काम गर्नुपर्नेछ । विवाद र जोखिममा नपर्नु बेस रहला । छैठौँ र सातौँ दिनतिर प्रेममा सफलता मिल्नेछ । इष्टमित्रको सहयोग मिल्ला । सन्तान सुख बढ्ला । सुख आनन्द बढ्ला । विद्या बुद्धि बढ्ला ।

वृश्चिक राशि – साताको सुरुका पाँच दिन धन–मानवर्द्धक रहला । आर्थिक पक्ष बलियो बन्नेछ । वार्तामा सफल हुनु हुनेछ । आँट उत्साह बढ्ला । सभा–समारोहमा मान पुरस्कार मिल्नेछ । यात्रामा सफलता मिल्नेछ । इष्टमित्रको सहायता प्राप्त होला । विहीबार र शुक्रबारतिर खर्च बढ्ने र भागदौड हुने सम्भावना रहनेछ । अरुको भर पर्नु र विवादमा फस्नु उचित हुनेछैन ।

धनु राशि – साता शुभ र भाग्यवर्द्धक छ । उन्नति पदोन्नति हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । आर्थिक पक्ष सबल बन्नुका साथै विविध भौतिक साधनमा बढोत्तरी हुनेछ । मान पुरस्कार प्राप्त होला । लेखन प्रकाशन साहसिकता यात्रा कला साहित्य सङ्गीत चित्रकला शिल्पकला आदिसित सम्बन्धित काममा सफलता मिल्नेछ ।

मकर राशि – साताको सुरुका दुई दिन खर्चकारक र थकानदायक रहला । भागदौड भैरहला र मन अस्थिर रहला । धोखा हुने, सामान हराउने र भुलचुक हुने डर रहनेछ । तेस्रो चौथौ र पाँचौँ दिनमा शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मनोकूलको काम बन्ला । मिठो भोजन मिल्नेछ । सुख आनन्द मिल्ला । रसरागमा आकर्षण बढ्नेछ । अन्तिम दुई दिनमा आर्थिक पक्ष बलियो बन्नेछ । वार्तामा सफलता मिल्नेछ । मान महत्व बढ्नेछ ।

कुम्भ राशि – साताको सुरुका दुई दिन अन्न धनवर्द्धक रहनेछ । आय वृद्धि होला । रोकिएको काम बन्नुको साथै लगानी पनि उठ्ला । तेस्रो चौथौ र पाँचौँ दिनहरूमा भागदौडमा बढोत्तरी होला र खर्चमा पनि वृद्धि हुनेछ । लापर्वाही नहोस् भनेर ध्यान राख्नुपर्ला । अन्तिम दुई दिन शुभ र भागयशाली सावित हुनेछ । कार्यमा सफलता मिल्नुको साथै मानसम्मान धन समृद्धिमा बढोत्तरी होला ।

मीन राशि – साताका सुरुका पाँच दिन उन्नति पदोन्नति प्रदायक रहलान् । नेतृत्वप्रधान कार्य र राजकीय कार्यमा सफलता मिल्नेछ । नयाँ दायित्व भेट्नुको साथै नयाँ कार्यमा सफलता पनि मिल्नेछ । विजयश्री प्राप्त होला । विहीबार र शुक्रबारतिर खर्च बढ्नेछ । भागदौड बढ्ला । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु बेस रहला ।