अनन्तश्री राजगुरु वीरेन्द्र काठमाडौं महानगरपालिकाबाट सम्मानित

अनन्तश्री राजगुरु वीरेन्द्र काठमाडौं महानगरपालिकाबाट सम्मानित


योग, वास्तु र तन्त्रमन्त्रका समेत ज्ञाताका रूपमा चिनिँदै आएका अनन्तश्री राजगुरु तथा जगद्गुरु वीरेन्द्र परम्हंस ज्योतिषाचार्यलाई काठमाडौं महानगरपालिकाले ‘योगऋषि’ तथा ‘राजऋर्षि’को रुपमा सम्मान गरेकाो छ ।

वास्तु ज्योतिष योग पुरातन ज्ञान–विज्ञान यज्ञ–यज्ञादि, प्रवचन–अनुष्ठान, धर्मसभा आदिको माध्यमबाट देशको धर्म–सस्कृतिको सम्वर्द्धन एवम् आमनागरिकलाई आध्यात्मिक चेतना जागरणमा योगदान पुऱ्याएवापत वीरेन्द्रलाई सम्मान गरिएको हो ।

काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यद्वारा ज्योतिषाचार्य वीरेन्द्रलाई शुभकामनासहित प्रदान गरिएको सम्मानपत्रमा भनिएको छ– ‘अनन्तश्री विभूषित विश्व शान्तिदत राजगुरु वीरेन्द्र परमहंस ज्योतिषाचार्यज्यू, वास्तु, ज्योतिष, योग, पुरातन, ज्ञान–विज्ञान यज्ञ–यज्ञादि, प्रवचन–अनुष्ठान, धर्मसभा आदिको माध्यमबाट देशको धर्म–सस्कृतिको सम्वर्द्धन एवम् आमनागरिकलाई आध्यात्मिक चेतना जागरणमा यहाँले पुऱ्याउनुभएको योगदान स्तुत्य छ ।’

‘यहाँको यही अथक योगदानको कदरस्वरुप विश्वहिन्दु धर्मसभाले धर्म प्रचारक विश्वशान्तिदूत तथा जगदगुरु उपाधिबाट विभूषित गर्नुका साथै महन्थहरूको सभाले विश्व वैष्णव शान्ति एवम् अनन्तश्री उपाधि र प्रदेश नम्बर २ का माननीय मुख्यमन्त्रीज्यूको तर्फबाट राजगुरु उपाधिबाट सम्मानित हुनुभएको जानकारी पाउँदा अत्यन्त हर्ष लागेको छ । यसको लागि यहाँलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु । यस काठमाडौं महानगरपालिकाको तर्फबाट ‘योगऋषि’ तथा ‘राजर्षि’ले सम्मान गर्दछु ।’

‘देश र जनताको सेवामा समर्पित यहाँको निष्ठापूर्ण योगदान ‘समृद्ध नेपाल : सुखी नेपाली’ निर्माणको राष्ट्रिय संकल्पलाई सफल पार्न सहयोगी सिद्ध होस् भन्ने कामना गर्दै यहाँको सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्दछु ।’ – विद्यासुन्दर शाक्य (प्रमुख, काठमाडौं महानगरपालिका)

ज्ञातव्य छ, अनन्तश्री राजगुरु तथा जगद्गुरु वीरेन्द्र परम्हंस ज्योतिषाचार्यले जन्मकुण्डली, हस्तरेखा, वास्तु, तन्त्रलगायत सामुन्द्रिक शास्त्रअन्तर्गतका सबै विषयमा कलम चलाउँदै आएका छन् । योग, वास्तु र तन्त्रमन्त्रका समेत ज्ञाता जगतगुरु वीरेन्द्र विगत २० वर्षदेखि साधनारत छन् । नेपाल संस्कृत विश्वविद्यालय र भारतको कामेश्वर सिंह संस्कृत विश्वविद्यालयबाट सिद्धान्त ज्योतिष तथा फलित ज्योतिषमा आचार्य गरेका उनले घटना र विचार अनलाइनमा ‘समयचक्र’ नामक स्तम्भमार्फत् मानिसको भाग्य र भविष्यबारे जानकारी गराउँदै आएका छन् ।