आजको राशिफल (शुक्रबार, २० पुस २०७५, जनवरी ४, २०१९)

आजको राशिफल (शुक्रबार, २० पुस २०७५, जनवरी ४, २०१९)



जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योदक्षिणायने श्रीशाके १९४० नेपाल सं. ११३९ हेमन्त ऋतु विरोधकृत नामक सम्वत्सर वि.सं. २०७५ पुस २० गते शुक्रबार तद्अनुसार सन् २०१९ जनवरी ४ तारिख पौष कृष्णपक्ष चतुर्दशी तिथि ज्येष्ठा नक्षत्र १३ः४६पर मूल नक्षत्र वृद्धि योग भद्रा करण १६ः२२ मा चतुष्पाद करण आनन्दादिमा चर योग चन्द्रमा दिउँसो १३ः४६ सम्म वृश्चिक राशिमा त्यसपछि धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय विहान ६ः५७ म र सूर्यास्त साँझ १७ः२० मा हुनेछ । आज दिसिचस्ह्रेपूजा छ । भद्रा १६ः२२ सम्म स्वर्गलोकमा र पछि धनु राशिमा भ्रमणशील रहनेछ,अतः ति आवश्यक काम गर्न मिल्छ । शुभ समय अभिजित– ११ः४८ देखि १२ः३० राहु काल– १०ः५० देखि १२ः९ दिशा शूल– पश्चिम ।

राशिफल :

मेष राशि– ग्रहगोचर त्यति अनकुल छैन । भागदौड परिरहनेछ । कुनै प्रकारको शारीरिक र आर्थिक जोखिममा नपर्दा बेस रहला । नियम–कानूनलाई ध्यानमा राख्नुपर्नेछ । स्वास्थ्यमा ध्यान राख्नु पर्ला र चोटपटकप्रति सचेत रहनु पर्नेछ । दिउँसो १३ः४६बजेपछि चन्द्रमा भाग्य स्थानमा भ्रमणशील हुनेछ । यसपछिबाट शुभ धर्म कर्मसित सम्बन्धित काममा सफलता मिल्नेछ ।

वृष राशि – दिनको पूर्वार्द्धमा सुख सम्पति धन मान आनन्द बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । भोगविलासमा रुचि बढ्ला । दिउँसो १३ः४६ बजेपछि चन्द्रमा आठौँ घरमा भ्रमणशील हुनेहुँदा कुनै प्रकारको लापर्वाही गर्नु र जोखिममा पर्नु उचित हुने छैन । ऐनकानुनलाई ध्यानमा राख्नु पर्नेछ ।

मिथुन राशि – सुख आरोग्यता बढ्ला । धनको पक्ष बलियो बन्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमता बढ्नेछ । उतरार्द्धमा वार्तामा सफलता मिल्नेछ । मिठो भोजन मिल्नेछ । हासविलासमा रुचि बढ्नेछ । ख्याति फैलिनेछ । रोकिएको काम बन्ला र नयाँ कार्य पनि बन्नेछ ।

कर्कट राशि – प्रेममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य सफल होला । इष्टमित्रको सहयोग प्राप्त होला । सुख आनन्दमा वृद्धि हुनेछ । सन्तानको सुख प्राप्त होला । विजयश्री मिल्नेछ । आरोग्य बढ्ला । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य विकसित हुनेछ ।

सिंह राशि – दिनको १३ः४६ बजेभित्रको ग्रहगोचर मिश्रित फलदायक रहला । भागदौड र खर्चप्रति सचेत रहनु पर्नेछ । विवादमा नपर्दा उचित हुनेछ । कुनै प्रकारको विश्वासघात नहोस् भनेर सचेत रहनुपर्नेछ । यस पश्चातको समयमा स्थितिमा नियन्त्रण आउनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । सुख आनन्द बढ्ला ।

कन्या राशि – देखापरेको समस्याको समाधान मिल्नेछ । यश प्रसिद्धि फैलिनेछ । धन यश मान प्रशंसा बढ्ला । यात्रा होला । प्रयास र परिश्रमको मिठो फल अवश्यमेव मिल्नेछ ।

तुला राशि – धन सम्पति वृद्धि होला । सुख आनन्द बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काम तथा आयात–निर्यातसित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । वार्तामा सफल हुनुको साथै विजयी पनि हुनु हुनेछ । ऐश्वर्य तथा उत्साह बढ्ला ।

वृश्चिक राशि – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । उन्नति–पदोन्नति बढ्ला । मनोकुलको काम बन्नेछ । वार्तामा सफलता पाउनुहुनेछ । धन सम्पत्ति बढ्नेछ । मिठो भोजन मिल्नेछ । विकासको नयाँ सम्भावना देखा पर्ला । आशा उत्साह बढ्नेछ ।

धनु राशि – चन्द्रमा दिउँसो १३ः४६ बजेसम्म राशिदेखि बाह्रौँ घरमा भ्रमणशील रहला, अतः भय भ्रम खर्च बढ्ला । यसपछिको समयमा चन्द्रमा राशिमा भ्रमणशील हुनेछ शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मिठो भोजन प्राप्त होला । सुख आनन्द बढ्नुको साथै हांसविलासमा आकर्षणमा वृद्धि हुनेछ ।

मकर राशि – अन्न धन बढ्नेछ । सुख आनन्द बढ्ला । आयस्रोत बढ्ला । रोकिएको धन प्राप्त होला । दूर देशबाट शुभ समाचार प्राप्त होला ।

कुम्भ राशि – कार्यमा सफलता प्राप्त होला । उन्नति पदोन्नति हुनेछ । रोकिएको काम बन्नुको साथै लगानी पनि उठ्नेछ । नयां कार्यमा सफलतासँगै नयाँ दायित्वको पनि प्राप्ति होला ।

मीन राशि – सुख सौभाग्य बढ्नेछ । दूरदेशको यात्रा होला । धर्म कर्ममा रुचि बढ्नेछ । उन्नति पदोन्नति हुनेछ । यश वर्चश्वमा बृद्धि होला । ख्याति फैलिनेछ । मान पुरस्कार प्राप्त होला । अझ राम्रो रहनेछ ।