आजको राशिफल (विहीबार, १९ पुस २०७५, जनवरी ३, २०१९)

आजको राशिफल (विहीबार, १९ पुस २०७५, जनवरी ३, २०१९)


– जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्रीसूर्योदक्षिणायने श्रीशाके १९४० हेमन्त ऋतु नेपाल सम्वत् ११३९ वि.सं. २०७५ पुस १९ गते विहीबार, तद्अनुसार सन् २०१९ जनवरी ३ तारिख पौष कृष्णपक्ष त्रयोदशी तिथि अनुराधा नक्षत्र १२÷४० मा ज्येष्ठा नक्षत्र गण्डयोग गर करण आनन्दादिमा आनन्द योग चन्द्रमा वृश्चिक राशिमा, काठमाडौंमा सूर्योदय बिहान ६ः५७ मा उदय र सूर्यास्त साँझ १७ः१९ मा हुनेछ । आज प्रदोषव्रतम छ । शुभ योग अभिजित–११/४७ देखि १२/२९ राहु काल– १३/२७ देखि १४/४५ दिशा शूल– दक्षिण ।

राशिफल :

मेष राशि– दिन आर्थिक, बौद्धिक, रचनात्मक तथा शारीरिक उन्नतिदायक कार्यमा बाधा दिने खालको रहनेछ । मान पुरस्कार प्राप्तिमा बिघ्न आउन सक्छ । सुख– शान्तिमा पनि कमी आउने डर रहला । चोटपटक लाग्न सक्ने र स्वास्थ्य कमजोर हुन सक्ने कुरामा सचेत रहनुपर्नेछ । कुनै प्रकारको जोखिममा नपर्नु उचित होला । ऐनकानूनलाई ध्यानमा राख्नु पर्नेछ ।

वृष राशि – दिन शुभ र भाग्यवर्द्धक रहला । मिठो भोजन खान पाउनुहुनेछ । आरोग्यता बढ्ला । साझेदारसित सम्बन्धित काम बन्नेछ । सुख सम्पति वृद्धि होला । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन राशि – अन्न धन बढ्नुको साथै दूरदेशबाट शुभ समाचार सुन्नुहुनेछ । आयमा वृद्धि होला । रोकिएको धन मिल्नेछ । कार्यमा सफलता पाउनुहुनेछ । आरोग्यता बढ्ला । आफन्तको सहयोग मिल्नेछ । विजयश्री प्राप्त होला ।

कर्कट राशि – कर्मयोगी रहनुहुनेछ । यश–वर्चश्व वृद्धि होला । सुख–समृद्धि बढ्ला । उन्नति–पदोन्नति हुनेछ । प्रेमको कार्य पनि बन्नेछ । इष्टमित्र सन्तान आदिसित सम्बन्धित अनुकुलता वृद्धि होला । वौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । प्रेममा सुख–आनन्द वृद्धि हुनेछ ।

सिंह राशि – यात्रा होला । धन यश मान पद प्रतिष्ठा बढ्नेछ । सुख शान्ति पनि मिल्नेछ । देखिएको समस्या समाधान हुनेछ । अरुको भर नपरी विवाद आदिप्रति सचेत रही कार्य गर्नु उचित हुनेछ ।

कन्या राशि – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । यात्रामा सफलता प्राप्त होला । धनसम्पति ऐश्वर्य बढ्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । सबै प्रकारले अनुकूलता वृद्धि हुनेछ ।

तुला राशि – ग्रहगोचर मिश्रित फलदायक रहला । अरुको भर नपरी आफ्नै बलववेकले कार्य गर्नु उचित रहनेछ । हुन त आर्थिक प्रगति होला तर मनमा सन्तुष्टि कम रहनेछ । मान–सम्मानमा निरन्तर वृद्धि भैरहनेछ ।

वृश्चिक राशी – समय अनुकूल र फलदायक रहला । आरोग्यता बढ्ला । आफन्तको सहयोग मिल्नेछ । आर्थिक पक्ष पनि बलियो बन्नेछ । लगानी वृद्धि हुनेछ ।

धनु राशि – आयस्रोत वृद्धि हुनेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । प्रेममा सफलता मिल्नेछ । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ । सुख–सन्तति बढ्नेछ । गीत–संगीतमा रूचि वृद्धि होला ।

मकर राशि – स्वास्थ्यमा सुधार होला । कार्यमा सफलता मिल्नेछ । राजकीय कार्य बन्ला । उन्नति–पदोन्नति हुनेछ । यश–वर्चश्व बढ्ला । विजयश्री मिल्नेछ । खर्च र विवादप्रति सचेत रहनु राम्रो रहनेछ । यस समयमा कुनै पनि प्रकारको कार्यमा सफलता मिल्नेछ । प्रेम प्रदेशमा सफलता मिल्नेछ ।

कुम्भ राशि – प्रयासरत काम बन्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । मान प्रशंसा बढ्नेछ । शुभ समाचार प्राप्त होला
धर्म कर्ममा भाग लिनु हुनेछ ।

मीन राशि – धन यश मान पद प्रतिष्ठा बढ्ला । मनोकुलको काम बन्नेछ । गौरव बढ्ला । सुख-शान्तिमा बढोत्तरी होला । लट्री पर्ला । ऐनकानुन पालनामा विशेष ध्यान दिए थप राम्रो होला ।

साताको राशिफल पनि हेर्नुहोस्–

साताको राशिफल (१५-२१ पुस २०७५, डिसेम्बर ३०-जनवरी ५, २०१८)
https://ghatanarabichar.com/131289

सन् २०१९ को वार्षिक राशिफल पनि हेर्नुहोस् –

नयाँ वर्ष सन् २०१९ को वार्षिक राशिफल
https://ghatanarabichar.com/131759