आजको राशिफल (बुधबार, १८ पुस २०७५, जनवरी २, २०१९)

आजको राशिफल (बुधबार, १८ पुस २०७५, जनवरी २, २०१९)


  • जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीसूर्यदक्षिणायने श्रीशाके १९४० नेपाल सं. ११३९ हेमन्तऋतु वि.सं.२०७५ पुस १८ गते तद्अनुसार सन् २०१९ जनवरी २ तारिख बुधबार पौषकृष्णपक्ष द्वादशी तिथी विशाखा नक्षत्र १२/५ मा अनुराधा नक्षत्र शूल योग कौलव करण आनन्दादिमा धाता योग चन्द्रमा वृश्चिक राशिमा । काठमाडौंमा सूर्योदय बिहान ६/५६मा भयो र सूर्यास्त साँझ १७/१९मा हुनेछ । राहु काल– १२/८ देखि १३/२६ दिशा शूल–उत्तर ।

आजको राशिफल

मेष राशि – चन्द्रमा राशिदेखि आठौँ स्थानमा भ्रमणशील रहेको छ । हासविलास, भ्रमण आदिमा रुचि बढ्ला । खेलकूदप्रति आकर्षण होला । स्वास्थ्य र चोटपटकप्रति सचेत रहनु पर्नेछ । । योजना र बजेट बनाई काम गर्नु उचित होला । शारीरिक र आर्थिक कार्यमा जोखिम लिनु उचित नहोला । नियम–कानूनलाई ध्यानमा राख्नपर्ला ।

वृष राशि – अन्न धन बढ्नेछ । आय वृद्धि होला । दैनिक कार्य राम्ररी चल्नेछ । उधारो लगाइएको पैसा उठ्ला । इच्छा पूरा होला । मिठो भोजन मिल्नेछ । भोगविलासमा आकर्षण बढ्नेछ । साझेदारीसित सम्बन्धित काम पनि बन्नेछ ।

मिथुन राशि – कार्यमा सफलता मिल्नेछ । मनोकुलको काम बन्नेछ । आरोग्यता बढ्ला । झगडा, रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको साथ भेटिएला । यश वर्चश्वमा वृद्धि हुनेछ ।

कर्कट राशि – शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । धर्मकर्ममा रुचि बढ्ला । यात्रा होला । ख्याति फैलिनेछ । सुख सन्तति वृद्धि होला । प्रेममा सफलता पाउनु हुनेछ ।

सिंह राशि – कुनै प्रकारको जोखिममा नपर्नु शुभ रहला । स्वास्थ्य तथा चोटपटक लाग्ने कुरामा ध्यान दिनूपर्नेछ । ठूलो रकमको लगानी र महत्त्वपूर्ण कागजपत्र आदिमा हस्ताक्षर गर्दा सचेत रहनु पर्नेछ ।

कन्या राशि – सुख शान्तिमा वृद्धि हुनेछ । साझेदारीको काम बन्ला । मिठो भोजन खान पाउनु हुनेछ । यात्रापरक काम बन्ला । इष्टमित्रको साथ मिल्ला । आँट उत्साह वृद्धि होला ।

तुला राशि – आरोग्यता बढ्ला । आर्थिक पक्ष बलियो बन्नेछ । शत्रुलाई जित्ने शक्ति बढ्ला । आफन्तको सहयोग मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पुरस्कार प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ ।

वृश्चिक राशि – सुख शान्ति मिल्नेछ । इष्टमित्रको मद्दत मिल्नेछ । अध्ययन–अध्यापनमा रुचि बढ्ला । प्रेममा सफलता प्राप्ति होला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । शुभ र भाग्यवर्द्धक काम पनि बन्नेछ ।

धनु राशि – भागदौड रहला । खर्च बढेको लाग्ला । विवाद आदिमा नपर्नु उचित हुनेछ । स्वास्थ्यप्रति ध्यान राख्नुपर्नेछ । लापर्वाही गरेमा भोली पछुतोमा पर्नुपर्नेछ । योजना र बजेट बनाइ काम गर्नुपर्नेछ ।

मकर राशि – आयात–निर्यातसित सम्बन्धित काम बन्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । इष्टमित्रको सहयोग भेटिनेछ । आयस्रोत बढ्ला । रोकिएको काम बन्नुको साथै लगानी पनि उठ्नेछ ।

कुम्भ राशि – धन मान बढ्नेछ । सुख आनन्द बढ्नेछ । सभा–समारोहमा सम्मानित हुनुहुनेछ । गौरवमा वृद्धि होला । राजकीय काम बन्ला । हाकिमको साथ मिल्ला ।

मीन राशि – दिन शुभ र भाग्यवर्द्धक सावित हुनेछ । मिठो भोजन खान पाउनुहुनेछ । आरोग्यतामा बढोत्तरी होला । सुख शान्तिको अनुभूति हुनेछ । यात्रा होला । शुभ समाचार मिल्नेछ । धर्म कर्ममा रुचि बढ्नेछ ।

वर्ष (सन् २०१९)को राशिफल पनि हेर्नुहोस्-

नयाँ वर्ष सन् २०१९ को वार्षिक राशिफल
https://ghatanarabichar.com/131759