नयाँ वर्ष सन् २०१९ को वार्षिक राशिफल

नयाँ वर्ष सन् २०१९ को वार्षिक राशिफल


मेष राशि – शनि ग्रह वर्षभरी भाग्य स्थानमा भ्रमणशील भई तेस्रो दृष्टिले लाभघरलाई स्वराशि भावपूर्वक हेरिरहेको छ । फलस्वरुप दीर्घकालिक आयस्रोत विकसित होला । फरवरीदेखि राहु ग्रह राशिदेखि पराक्रम स्थानमा वर्षभरी भ्रमणशील रहला । आरोग्यता, पराक्रम आदि बढ्नेछ । मुद्दा–मामलामा सफलता मिल्नेछ । गुरु ग्रह मार्च ३ तारिखदेखि भाग्य स्थानमा रहला, फलस्वरुप शुभ र भाग्यवद्र्धक काम बन्नेछ । यात्रामा सफलता मिल्नुको साथै सुख सम्पति सन्तति बढ्नेछ । अप्रिल २३ तारिखदेखि गुरु पुनः आठौँ स्थानमा भ्रमणशील रहला । अतः शुभताको लागि ‘ऊँ ह्रीं श्रीं लक्ष्मीनारायणाय नमः’ मन्त्र जप गर्नु हितकर रहला । हरेक प्रकारले समृद्धि र सफलताको निमित्त ऊँ गं गणपतये नमोनमः सिद्धि विनायक नमोनमः, मन्त्र गणेशलाई हरियो दुबो चढाउँदै जप गर्नु कल्याणकारी होला ।

वृष राशि – शनि ग्रह जन्म कुण्डलीमा योगकारक भएमा दीर्घकालिक कार्य बन्नेछ । उन्नति–पदोन्नति हुनेछ । लामो समयसम्म फाइदा दिने काम बन्ला । मनोकुलको काम बन्नुको साथै यश–वर्चश्व बढ्ला । शनि अकारक र अशुभ रहेमा अनेकौँ कष्ट हुनेछ । शुभताको लागि ‘ऊँ अमृतेश्वर भैरवाय नमः’ मन्त्र जप गर्दै शनिबार पिपल बोटमा जल चढाउनु, गरीब कौवा कुकुर कमिलालाई भोजन दिनु कल्याणकारी हुनेछ । गुरु ग्रह आठौं स्थानमा भ्रमणशील भई पाँचौँ दृश्टिले लाभ घरलाई देखेर अन्न धन ऐश्वर्य वृद्धि गर्नेछ । राहु शनि र केतुको शुभताको लागि सोमबार भाँङ धतुरो बेसारको धुलो आदि पञ्चामृतमा मिसाएर शिवलाई अभिशेष गर्दै ’ऊँ ह्रौं जूं सः ॐ, मन्त्र जप गर्नु कल्याणकारी रहनेछ । शुक्रबारको दिन गाई तुलसी र लक्ष्मीको सेवा गर्नु शुभ हुनेछ । सबै प्रकारका कल्याणको लागि ‘ॐ गौपालायै उत्तर ध्वजाय नमः, मन्त्रको जप गर्नु शुभ होला ।

मिथुन राशि – वर्षभरी वृहस्पतिले कार्यमा सफलता र शनिले भाग्यवद्र्धक काममा सफलता प्रदान गर्नेछन् । यस वर्षमा न्याय भेट्नुको साथै यात्रामा पनि सफलता मिल्ला । अझ राम्रोको लागि गुरु वर्ग र दीन–दुःखीलाई सेवा गर्नु बेस हुनेछ । ‘ॐ क्लीं कृष्णायै नमः, मन्त्र जप गर्नु परमकल्याणकारी रहला । स्वास्थ्य, दाम्पत्य जीवन र साझेदारीको कार्यमा सफलताको लागि ‘ॐ अमृतेश्वर भैरवाय नमः, मन्त्रको जप गर्नु शुभ हुनेछ ।

कर्कट राशि – गोचरमा वर्षभरी पाँचौँ स्थानमा भ्रमणशील बृहस्पति र छैठौँ स्थानमा भ्रमणशील शनि र केतुले शुभफल दिने छन् । आरोग्यता मात्रै बढ्ने छैन बरु कठिन रोगबाट पनि मूक्ति मिल्नेछ । अध्ययन अध्यापनमा सफलता मिल्नुको साथै यस क्षेत्रसित सम्बन्धित रोकिएको काम पनि बन्नेछ । प्रेममा सफलता मिल्नुको साथै सुख सन्तति पनि वृद्धि होला । केश मुद्दा आदिमा सफलता हात पर्ला । सबै प्रकारको कल्याणको लागि ’ॐ हिरण्यगर्भायै अव्यक्त रूपिणे नमः, मन्त्रलाई जप गर्नु हुनेछ । सोमबारको दिन पञ्चामृतले शिवलाई अभिशेष ऊँ शाम्वसदाशिवाय नमः, मन्त्रलाई पनि नियमित जप गर्नु शुभ होला ।

सिंह राशि – फरवरी २२ तारिखदेखि राहु लाभ स्थानमा भ्रमणशील रहला । अन्न धन बढ्नेछ । रोकिएको आर्थिक कार्य बन्नेछ । कुशलता साहस आँट हिम्मत बढ्नेछ । वृहस्पतिको प्रभावस्वरुप शैक्षिक धार्मिक एवं घरेलु कार्य पनि बन्नेछ । साझेदारीको काम र दाम्पत्य जीवनमा शुभताको लागि पिपलबोटमा जल चढाउनु गरीब कौवा कुकुर कमिलालाई भोजन दिनु हितकर रहला । ॐ शं शनैश्चराय नमः, ॐ अमृतेश्वर भैरवाय नमः, मन्त्र जप गर्नु कल्याणदायक होला । आइतबारको दिन भगवान् सूर्यलाई’ ॐ घृणिः सूर्याय नमः, मन्त्र स्मरण गर्दै अर्घ दिनु शुभ हुनेछ ।

कन्या राशि– यस राशिमा वर्षभरी शनि ग्रहको अढैया दशाले प्रभावित गरिरहनेछ । शनि ग्रह शुभ र योगकारक रहेमा ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला । मनोकुलको काम बन्नेछ । यदि शनि अशुभ फलदायक भएमा विभिन्न प्रकारले बिघ्न बाधा कष्ट आउनेछ । शुभताको लागि ’ॐ महाँकालाय नमः, मन्त्रको जप गर्नु र दीनदुःखीको सेवा गर्नु शुभ होला । यस वर्षमा सुख सम्पति वृद्धि हुनुको साथै साझेदारीको काम बन्नेछ र नयाँ आयस्रोत पनि वृद्धि होला । हरेक प्रकारले समृद्धको लागि ’ॐ नमो प्रीं पीताम्बरायै नमः, मन्त्र जप गर्नु र कार्य व्यपारको क्षेत्रमा सफलताको लागि गणेशलाई हरियो दुबो चढाई’ॐ गं गणपतये नमोनमः सिद्धि विनायक नमोनमः, मन्त्र जप गर्नु कल्याणकारी रहला ।

तुला राशि – दोस्रो स्थानमा रहेको बृहस्पतिले ऋण रोग र शत्रुसित लड्ने प्रतिरोधात्मक क्षमता बढ्नुको साथै कार्यमा नयाँ सफलता मिल्नेछ । धन मान गौरव बढ्नेछ । शनि ग्रह शुभ भएमा बौद्धिक र रचनात्मक कार्य बन्नुको साथै प्रेम पथमा सफलता मिल्नेछ र सुख सन्तति बढ्ला । शनि जन्मकुण्डलीमा अशुभ भएमा यी सबै क्षेत्रमा अनेकौं कठीनाइको सामना गर्नुपर्नेछ । शुभताको लागि ‘ॐ राधेकृष्णाभ्यां नमः, मन्त्र जप गर्नु शुभ हुनेछ । फरवरी २२ तारिखदेखि राहु भाग्य घरमा भ्रमणशील हुनेहुँदा ‘ॐ शारदा नमः, मन्त्र जप गर्नु हीतकर रहला । सबै प्रकारले कल्याणको लागि ’ॐ तत्व निरंजनाय तारक रामायै नमः, मन्त्र जप गर्नु शुभ हुनेछ ।

वृश्चिक राशि – यस राशिमा वर्षभरी शनिको अन्तिम चरणको साढेसातीको प्रभाव रहनेछ । जन्मपत्रीमा शनि योगकारक भएमा अचल धन बढ्नेछ । मान प्रसिद्धि फैलिने छ । आयस्रोत बढ्नुको साथै आरोग्यता बढ्ला । शनिको शुभताको लागि शनिबार पिपलमा जल चढाउनु गरीब कौवा कुकुर र कमिलालाई खाना दिनु हितकर रहला । बृहस्पतिको कारण सन्ततिसित सम्बन्धित काम बन्नेछ । इष्टमित्रको साथ मिल्ला । प्रेमपात्रको सहयोग मिल्नेछ । यात्रा होला । भाग्यवृद्धि हुनेछ । धर्म कर्म शुभ र मांगलिक काम बन्नेछ । शनि र केतुको युति आठौँ घरमा होला । शुभताको लागि मृतुञ्य अमृतेश्वर शिवलाई’ॐ ह्रौं जूं सः ॐ, मन्त्र जप गर्दै उखुको रस र भाँगधतुरो पञ्चामृतमा मिसाएर अभिशेष गरेमा कल्याण होला ।

धनु राशि – यस राशिलाई वर्षभरी शनिको मध्य साढेसातीले प्रभावित गरिरहनेछ । शनि योगकारक र शुभ फलदायक रहेमा सुख समलृद्धि बढ्नेछ । यश आरोग्यता बढ्नुको साथै चौतर्फी विकास होला । शनि चिनामा राम्रो अवस्थामा नरहेमा हरेक प्रकारले कष्ट हुन सक्ने सम्भावना रहनेछ । सातौं घरको राहुले साझेदारी र दाम्पत्य जीवनसित सम्बन्धित कार्यमा खासै शुभ फल दिने छैन, अतः गाई तुलसी र लक्ष्मीको सेवा गर्दै ‘ॐ ऐं ह्रीं क्लीं श्रीं नमः, मन्त्र जप गर्नु उचित हुनेछ । शनिको शुभताको लागि शनि मृत्युञ्जय पाठ गर्नु, हनुमानजीको आराधना गर्नु कल्याणकारी हुनेछ । सर्व कल्याणको लागि’ॐ श्रीं देवकीकृष्णाय ऊर्ध्वषंतायै नमः, मन्त्र जप गर्नु शुभ होला ।

मकर राशि – शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । सन्तान सुख बढ्ला । इष्टमित्रको सहयोग मिल्नेछ । प्रेममा र दाम्पत्य जीवनमा अनुकूलता बढ्ला । आँट पराक्रम बढ्नुको साथै धन सम्पत्तिमा वृद्धि होला । शनि ग्रह चिनामा शुभ भएमा आरोग्यता बढ्ला । अचल धन वृद्धि होला । धर्म कर्ममा प्रगति हुनेछ । यात्रा होला । भाग्योदय हुनेछ । शनि शुभताको लागि महांकाल मृत्युञ्जय चन्द्रशेखरको आराधना गर्नु शुभ होला । फरवरी २२ तारिखदेखि छैठौं स्थानमा भ्रमणशील राहुको कारणले सबै प्रकारले विजयश्री मिल्नेछ । ॐ श्रीं वत्सलायै नमः, मन्त्र जप गर्नु परमकल्याणकारी हुनेछ ।

कुम्भ राशि – राशिको स्वामी शनि लाभ स्थानमा भ्रमणशील भएर दीर्घकालीन आयस्रोतमा वृद्धि गराइरहेको छ । धन सम्पत्ति बढ्ला । यस वर्षमा मान पुरस्कार मिल्नेछ । शैक्षिक र आर्थिक क्षेत्रसित सम्बन्धित रोकिएको काम बन्नेछ । फरवरी २२ तारिखतिर राहु पाँचौं स्थानमा रहला, अतःप्रेममा वाधा,विद्यामा बिघ्न, मित र सन्तान सुखमा कमी आउन सक्ने डर रहनेछ । राहु बाधा हटाउन ‘ॐ दुर्गे दुर्गे रक्षिणी स्वाहा, मन्त्र जप गर्नु शुभ हुनेछ । सर्व कल्याणको लागि ‘श्रीं उपेन्द्रायै नमः, मन्त्र जप गर्नु हीतकर होला ।

मीन राशि – राशिको स्वामी ग्रह बृहस्पति भाग्य स्थानमा भ्रमणशील रहेकोले आरोग्यता बढ्ला । बौद्धिक र रचनात्मक काम बन्नुको साथै सुख सम्पति पारीवारिक शान्ति वृद्धि हुनेछ । राहुको कारणले धोखाधडी हुन सक्ने डर रहला । अरुको भर पर्नु उचित हुनेछैन । बजरंगबाणको पाठ गर्नु उचित होला । कर्मक्षेत्रमा शनिद्वारा लाइएको मन्दतालाई हटाउन सत्यनारायण पूजा गर्नु परमकल्याणकारी हुनेछ । ॐ नमो नारायणाय नमः, मन्त्र जप गर्नु शुभ हुनेछ ।