आजको राशिफल (मंगलबार, १७ पुस २०७५, जनवरी १, २०१९)

आजको राशिफल (मंगलबार, १७ पुस २०७५, जनवरी १, २०१९)


– जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्रीसूर्योदक्षिणायने श्रीशाके १९४० नेपाल सं. ११३९ विरोधकृत् नामक सम्वत्सर हेमन्त ऋतु वि.सं. २०७५ पुस १७ गते तद्अनुसार सन् २०१९ जनवरी १ तारिख मंगलबार पौष कृष्णपक्ष एकादशी तिथि स्वाति नक्षत्र ११/५८ मा विशाखा नक्षत्र सुकर्म योग ७/२२पर धृति योग बब करण आनन्दादिमा ध्वज योग चन्द्रमा तुला राशिमा काठमाडौंमा सूर्योदय विहान ६/५६ मा र सूर्यास्त साँझ १७/१८ मा हुनेछ । आज सफला एकादशी व्रतम् छ । ईस्वी सम्वत् २०१९ को नयाँ वर्ष पनि आजै छ । शुभ समय अभिजित– ११/२६देखि १२/२८ अशुभ समय राहु काल– १४/४४ देखि ०२ दिशा शूल– उत्तर ।

आजको राशिफल :

मेष राशि – दिन शुभ र सफलतादायक रहनेछ । धनसम्पत्ति बढ्नेछ । सुख–शान्ति बढ्ला । साझेदारीको काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ । प्रसिद्धि र ख्याति फैलिनेछ । हासविलासमा आकर्षण बढ्नेछ । कार्य क्षेत्रमा सफलता मिल्नेछ ।

वृष राशि – सुख–समृद्धि बढ्नेछ । आरोग्यता बढ्ला । विजयश्री मिल्नेछ । आफन्तको सहयोग पाउनुहुनेछ । समस्याको समाधान मिल्नेछ । रोकिएको काम बन्ला ।

मिथुन राशि – पढाइ लेखाइमा रुचि बढ्नेछ । प्रेम–प्रणयमा सफलता पाउनु हुनेछ । सुख–आनन्द बढ्ला । इष्टमित्र प्रेमपात्र सन्तान आदिको साथ पाउनुहुनेछ । गीत–संगीत कला साहित्य आदि क्षेत्रसित सम्बन्धित काममा सफलता मिल्नेछ ।

कर्कट राशि – खर्च बढ्नेछ । भागदौड बढ्ला । ठगिने धोखा छल आदि हुने डर रहनेछ । विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुने छैन । सोचिविचारी कागजपत्रमा हस्ताक्षर गर्नुपर्ला ।

सिंह राशि – सुख–शान्ति र समृद्धि बढ्नेछ । आरोग्यता बढ्नुको साथै आँट उत्साह पनि बढ्नेछ । बौद्धिक रचनात्मक कलात्मक आदि कार्यमा सफलता मिल्नेछ । यात्रापरक र लेखन–प्रकाशनसित सम्बन्धित काममा पनि सफलता मिल्ला ।

कन्या राशि – बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । वार्तामा सफलता मिल्नेछ । सुख–सम्पतिमा बढोत्तरी हुनेछ । मान महत्व बढ्ला । आर्थिक काममा सफलता भेट्नेछ ।

तुला राशि – समय शुभ र सफलताप्रदायक छ । मिठो भोजन मिल्नेछ । मनोकुलको काम बन्नेछ । सुख–आनन्द बढ्नेछ । ख्याति फैलिनेछ । आरोग्यता बढ्ला । जीवनसाथीको सुख–सहयोग मिल्नेछ ।

वृश्चिक राशि – खर्च बढ्नेछ । भागदौड व्यस्तता बढ्नेछ । बस्तु हराउने डर रहला । लापर्वाही गरेमा भोलि पछुतोमा पर्नुपर्ने छ । आर्थिक लगानीप्रति सचेत रहनुपर्ला । योजना र बजेट बनाइ कार्य गर्नु उचित हुनेछ ।

धनु राशि – अन्नधन बढ्नेछ । आयस्रोत बढ्ला । रोकिएको काम बन्ला र लगानी उठ्नेछ । पारिवारिक सुख–आनन्द पनि बढ्नेछ । कार्यव्यपारमा सफलता पाउनुहुनेछ ।

मकर राशि – उन्नति–पदोन्नति हुनेछ । कर्मयोगी रहनुहुनेछ । प्रयासरत काम बन्नेछ । यश वर्चश्व वृद्धि हुनेछ । मनोकुलको काम बनेर मन प्रसन्न हुनेछ । विजयश्री प्राप्त होला । सरकारी क्षेत्रसित सम्बन्धित काममा सफलता भेटिएला ।

कुम्भ राशि – यात्रा होला । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । धर्म–कर्ममा आकर्षण बढ्ला । सुख–शान्ति बढ्ला । ख्याति फैलिनेछ । मान–पुरस्कार प्राप्त हुनेछ ।

मीन राशि – ग्रहगोचर त्यति शुभ फलदायक छैन । भागदौड भैरहला । चोटपटक लाग्न सक्ने कुराप्रति सचेत रहनुपर्नेछ । विवाद र जोखिममा नपर्नु उचित रहला । नियम–कानूनलाई ध्यानमा राखेर काम गर्नु पर्ला ।

साताको राशिफल पनि हेर्नुहोस् –

साताको राशिफल (१५-२१ पुस २०७५, डिसेम्बर ३०-जनवरी ५, २०१८)
https://ghatanarabichar.com/131289