महिला विश्वकप क्रिकेटको छनोट फागुनमा

महिला विश्वकप क्रिकेटको छनोट फागुनमा


सन् २०२० मा आयोजना हुने अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटका लागि एशिया छनोट आगामी फागुनमा हुने भएको छ ।

थाइल्याण्डमा आयोजना हुने उक्त छनोट खेल आगामी फागुन ६ देखि १५ गतेसम्म हुनेछ । छनोट प्रतियोगितामा नेपालसहित थाइल्याण्ड, युनाइटेड अरब ईमिरेटस् (युएई), मलेसिया, कुवेत, चीन र हङकङले प्रतिष्पर्धा गर्नेछन् । राउण्ड रोबिनको आधारमा हुने सो छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकप छनोट र आइसिसी महिला विश्वकप २०२० मा स्थान बनाउने छन् । छनोटको खेल तालिका भने सार्वजनिक भएको छैन ।

यसैबीच छनोट प्रतियोगितामा सहभागी हुने नेपाली महिला टोलीले आगामी बुधवारदेखि प्रशिक्षण शुरु गर्ने नेपाली राष्ट्रिय टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए ।