अब आन्तरिक उडानका लागि अनलाइन टिकेटिङ

अब आन्तरिक उडानका लागि अनलाइन टिकेटिङ


नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि अनलाइन टिकेटिङ प्रणाली प्रारम्भ गरेको छ । यसअघि २०७४ श्रावणमा अन्तर्राष्ट्रिय उडानको लागि अनलाइन टिकेटिङ थालिएको थियो ।

आज (आइतबार) निगममा आयोजित एक समोराहमा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले अनलाइन टिकेटिङ प्रणाली शुभारम्भ गर्दै यो प्रणालीले आन्तरिक उडानमा जाने यात्रुहरुले घरैमा बसी टिकट खरिद गरी उडानको सेवा लिन सक्ने बताए ।

कार्यकारी अध्यक्ष खरेलले आफ्ना ग्राहकलाई थप सुविधा दिने सन्दर्भमा आन्तरिक उडानका लागि अनलाइन टिकेटिङ प्रणाली थालिएको जानकारी पनि दिए ।

साधारण सेवा तथा सम्पत्ति व्यवस्थापन विभागका निर्देशक अमृतमान श्रेष्ठले नयाँ प्रविधि प्रयोग गर्नमा निगमले सक्रियता अपनाउँदै आएको सन्दर्भमा यो थप सेवा भएको प्रष्ट्याए ।