चीनमा कोइलाखानी दुर्घटनामा सातको मृत्यु

चीनमा कोइलाखानी दुर्घटनामा सातको मृत्यु


चीनको दक्षिण–पश्चिमी क्षेत्रमा रहेको एउटा कोइलाखानीमा भएको दुर्घटनामा सातजना मजदुरको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीनजना घाइते भएको अधिकारीहरूलाई उद्धृत गर्दै चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

घाइतेलाई उपचारका लागि चोङकिङस्थित अस्पताल पु¥याइएको छ । खानीमा कार्यरत मजदुरले प्रयोग गर्ने डोरी चुँडिएर उक्त दुर्घटना भएको बताइएको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको अधिकारीले बताएका छन् ।

सरकारले कोइला उत्पादनको अवस्थामा सुधार ल्याउन तथा गैरकानुनी रूपमा सञ्चालनमा रहेका खानी बन्द गराउन पहल गरे पनि चीनमा कोइला खानीमा अपनाइने कमजोर सुरक्षा व्यवस्थाका कारण बारम्बार मानवीय क्षति हुने गरेको छ ।

गत अक्टोबरमा पूर्वी सान्डोङमा रहेको खानीमा भएको दुर्घटनामा २१ जनाको मृत्यु भएको थियो । चिनियाँ राष्ट्रिय कोइला खानी सुरक्षा निकायका अनुसार सन् २०१७ मा कोइला खानीसम्बद्ध मृत्यु संख्या ३ सय ७५ रहेकामा सरकारी प्रयासका कारण यस वर्ष करिब २९ प्रतिशतले कमी आएको छ ।