ग्लोबल आइएमई बैंकको बेथानचोकमा शाखा

ग्लोबल आइएमई बैंकको बेथानचोकमा शाखा


ग्लोबल आइएमई बैंक लिमिटेडले काभ्रे जिल्लाको बेथानचोकमा आफ्नो नयाँ शाखा कार्यालयको औपचारिक उदघाटन गरेको छ । काभ्रेको बेथानचोक र त्यसवरपरका वासिन्दालाई सेवा पुऱ्याउने उद्देश्यले खोलिएको शाखाको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले आइतबार औपचारिक उदघाटन गरेका हुन् ।

शाखा उदघाटन गर्दै मन्त्री बाँस्कोटाले बेथानचोकलगायत देशका अन्य गाँउपालिकामा ग्लोबल आइएमई बैंकले बिस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनीय टेवा पुगेको बताए ।

कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत स्थानीय जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीयवासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

शाखा उद्घाटन समारोहमा ग्लोबल आइएमई बैंक लि. सुविधासम्पन्न स्थानमा मात्र नभएर विकट क्षेत्रमा समेत पुगेर आफ्नो सेवा प्रदान गरिरहेको जानकारी गराउँदै बैंकका अध्यक्ष ढकालले सबै वर्ग र क्षेत्रलाई बैंकिङ पहुँचमा ल्याउने बैंकको प्राथमिक उद्देश्य रहेको बताउनुभयो ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुऱ्याउने उद्देश्यले १२ वर्षअघि स्थापना भएको ग्लोबल आइएमई बैंकले १३३ शाखा, १४१ एटिएम, ६ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र ११० शाखारहित बैंकिङ सेवा, विदेशमा ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइवर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीलाई सेवा प्रदान गर्दै आइरहेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्ट्रेलिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउने कार्यमा महत्वपूर्ण योगदान पुऱ्याउँदै आएको बताएको छ ।