आज (आइतबार १ पुष २०७५) को राशिफल

आज (आइतबार १ पुष २०७५) को राशिफल


जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य

मेष राशि : खेलकूदमा रुचि बढ्ला । भ्रमणमा जानु हुने सम्भावना छ ।हाँसविलासमा आकर्षण आउने छ । सवारी साधन साटासाट हुने र सामान हराउने सम्भावना पनि रहला ।

बृष राशि : आयस्रोत बढ्ला । आर्थिक काम बन्नेछ । सुख शान्ति आउने छ। अभिलाषा पूरा होला ।

मिथुन राशि : कार्यमा सफलता मिल्नेछ । राजकीय कार्य पनि बन्नेछ । विजयश्री प्राप्ति होला ।

कर्कट राशि : शुभ र भाग्यवर्द्धक काम बन्नेछ । यात्रा होला । धर्मकर्ममा रुचि बढ्ला। सुखशान्ति बढ्ने छ।

सिंह राशि : जोखिममा नपर्दा उचित रहला । स्वास्थ्यमा ध्यान राख्नुपर्ने छ।सवारी साधन चलाउँदा सतर्क रहनुपर्नेछ।

कन्या राशि : साझेदारीको काम हुनेछ । जीवनसाथीको सहयोग मिल्नेछ। मिठो भोजन प्राप्ति होला । विलासमा आकर्षण हुनेछ ।

तुला राशि : ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । सुख समृद्धि बढ्ने छ ।

वृश्चिक राशि : प्रेममा सफलता मिल्नेछ । साथीभाइको सहयोग समर्थन मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

धनु राशि : भागदौड तथा व्यस्तता रहला । भय भ्रम लोभ लालचमा नपर्दा उचित हुनेछ । विवादप्रति सचेत रहनुपर्नेछ ।

मकर राशि : आशा उत्साह बढ्नेछ । आँट साहस बढ्ने छ। यात्रापरक कार्य बन्ला ।

कुम्भ राशि : बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । वार्तामा सफलता मिल्ला । मान गौरव बढ्नेछ।

मीन राशि : शुभ काम बन्नेछ । सुख आनन्द प्राप्त होला । मिठो भोजन प्राप्त होला । आरोग्यता बढ्नेछ ।

साताको राशिफल (२९ मङ्सिर–६ पुस ०७५, १५–२१ डिसेम्बर २०१८)
https://www.ghatanarabichar.com/129233