तेक्वान्दो, राखेप र सर्वोच्चलाई चुनौती-श्रीविक्रम भण्डारी

तेक्वान्दो, राखेप र सर्वोच्चलाई चुनौती-श्रीविक्रम भण्डारी


यतिबेला चर्चित तेक्वान्दो खेलाडी दीपक विष्ट पुनः विवादमा तानिएका छन् । उनलाई पुनः विवादमा ल्याउने काम ध्रुवबहादुर प्रधान अध्यक्ष रहेको अवैधानिक नेपाल ओलम्पिक कमिटीले गरेको हो । केही समय पहिले राजधानीमा आयोजित एनओसीको एक कार्यक्रममा अध्यक्ष प्रधानले दीपक एसिया ओलम्पिक कन्प|mेन्समा नेपालको प्रतिनिधिको रूपमा छनोट भई जान लागेको बताएका थिए । आगामी जुलाई १२ देखि जापानको टोकियोमा सञ्चालन हुने उक्त एकदिने कार्यक्रममा जानका लागि एनओसीले दीपकलाई एनओसीको एथलिट कमिसनको अध्यक्ष भएको नाताले छनोट गरेको थाहा हुन आएको छ । सूत्रका अनुसार दीपकले उक्त कार्यक्रममा जान स्वीकृतिसमेत दिएको बुझिएको छ ।
दीपकले उक्त कार्यक्रममा सहभागिता जनाउने पक्का भएपछि अहिले खेलकुदमा यो विषयले निकै चर्चा पाएको छ । दीपकका बारेमा विभिन्न टीका-टिप्पणी हुन थालेका छन् । दीपक र एनओसीको साँठगाँठका बारेमा विभिन्न कोणबाट हेरिन थालेको छ । आखिर दीपक र एनओसीको नियत के हो ? त्यसबारेमा प्रश्न उठ्न थालेका छन् । प्रधानले सार्वजनिक रूपमै बकेको कुरा दीपकले अहिलेसम्म लुकाएर राख्नुमा षड्यन्त्रको गन्ध आउन थालेको छ । प्रधानको ओलम्पिक कमिटीलाई सर्वोच्च अदालतले अवैधानिक घोषणा गरेेको अवस्थामा दीपकले त्यहाँबाट कुनै पनि कार्यक्रममा सहभागिता जनाउनु आफैंमा अवैधानिक हुन्छ । यहाँ एनओसीले दीपक एथलिट कमिसनबाट जाने भनेर प्रचार गरे पनि एउटा अवैधानिक सङ्घको शाखाको रूपमा रहेको एथलिट कमिसन आफैंमा अवैधानिक हुन्छ भन्ने कुरा दीपकले बिर्सनु विडम्बना भएको छ । एकपटक एनओसीको जालमा परेर बलिको बोका बनिसकेका दीपकले यसपटक पुनः गल्ती दोहोर्‍याए भने उनको भविष्यमाथि ठूलो प्रश्नचिह्न नलाग्ला भन्न सकिँदैन ।
गत वर्ष सिंगापुरमा भएको युथ ओलम्पिकमा दीपक ‘सेभ दि मिसन’ भएर सुटुक्क पुग्दा उनी निकै विवादमा परेका थिए । राखेपको कर्मचारी, तेक्वान्दो सङ्घको कार्यकारी सदस्य र एक चर्चित खेलाडी भएर पनि दीपक आफ्नो पदीय दायित्व र जिम्मेवारीलाई भुसुक्कै बिरि्सएर विदेश भ्रमणको मोहमा परेका थिए । नेपाल तेक्वान्दो सङ्घ र राष्ट्रिय खेलकुद परिषद्लाई कुनै जानकारी नदिई उनी त्यहाँ गए पनि दुवै संस्थाबाट कारबाही भोग्नुपरेको थियो । राखेपले दीपकलाई अनुशासन तोडेकोमा १७ दिन निलम्बन गरेको थियो भने तेक्वान्दो सङ्घले दुई महिना । स्मरण रहोस्, उक्त युथ ओलम्पिकमा एनओसीको लापरबाही र गैरजिम्मेवारीले गर्दा तेक्वान्दो खेलाडी सहभागिता जनाउनबाट वञ्चित हुनुपरेको थियो । यही कारणले तेक्वान्दो सङ्घ र एनओसीबीचको सम्बन्धमा फुट ल्याएको थियो । परिणामस्वरूप हालै भएको एनओसीको निर्वाचनमा तेक्वान्दो सङ्घले सहभागिता जनाएको थिएन ।
पहिलोपटक अनुशासन तोड्दा कारबाहीसमेत भोगिसकेका दीपकले त्यसपछि आफ्नो गल्ती स्वीकार्दै राखेपमा निवेदन दर्ता गराएका थिए । उक्त निवेदनमा दीपकले अबदेखि ध्रुवबहादुर प्रधान अध्यक्ष रहेको ओलम्पिक कमिटीको कुनै पनि कार्यक्रममा नजाने प्रतिबद्धता जनाएका थिए । तर, विदेश भ्रमणको मोहलाई त्याग्न नसकेका दीपक पुनः अवैधानिक क्रियाकलाप गर्न अग्रसर देखिएका छन् । जुन उनका लागि हानिकारक हुने प्रस्ट रूपमा देखिएको छ । र पनि दीपक पुनः विवादित कार्य गरेर सङ्घ, राज्य र सर्वोच्च अदालतलाई चुनौती दिनेे दुस्साहस गरिरहेका छन् । खेलकुदमा मतलबको यारको रूपमा चिनिएका दीपकले आफ्नो स्वार्थका लागि नेपाल तेक्वान्दो सङ्घलाई समेत बाँकी नराखेको सूत्रले बताएको छ । आफ्नै सङ्घमाथि प्रधानको एनओसीले प्रहार गर्दा र सङ्घ एनओसीको विरुद्धमा उत्रिँदा पनि दीपकले निभाएको भूमिकामाथि अहिले शङ्का गरिन थालेको छ । तेक्वान्दो सङ्घ एनओसीबाट टाढिएपछि दीपकलाई काखी च्याप्दै आएको एनओसीले अहिले मुख्य प्रशिक्षक दीपराज गुरुङसँग बदला लिन दीपकलाई हतियार बनाइरहेको बुझिएको छ । सो कार्यका लागि दीपकले पनि तनमनले एनओसीलाई साथ दिइरहेको पनि सूत्रको दाबी छ ।
यसबारेमा प्रतिक्रिया दिँदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिनाले सर्वप्रथम दीपक उक्त कार्यक्रममा जान नमिल्ने बताए । यदि जाने नै हो भने पनि राखेपमा जानकारी गराउनुपर्ने बताए । दीपक राखेपको कर्मचारीसमेत भएकोले राखेपले त्यहाँ जान दिने वा नदिने कुरा राखेपमा निर्भर पर्ने बताए । साथै यसबारेमा विगतको नजिर हेरेर निर्णय गरिनेसमेत खुलासा गरे । तिम्सिनाले वर्तमान अवस्थामा प्रधानको एनओसी विवादमा रहेको स्पष्ट पार्दै यस्तो अवस्थामा दीपकले जापान नजानु नै उचित हुने बताए । यदि दीपकले सर्वोच्च अदालतको आदेश र राखेपको नियम कानुनविपरीत कार्य गरे उनीमाथि हुने कारबाही कसैले रोक्न नसक्ने बताए । त्यस्तै राखेपका निमित्त सदस्यसचिव रणबहादुर श्रेष्ठले अदालतले फैसला गरिसकेको अवस्थामा आफूले बोल्न उचित नहुने बताए । श्रेष्ठले संस्थालाई खाली राख्नुभन्दा केही दिनका लागि मात्र आफूलाई खेलकुद हर्ेर्ने जिम्मेवारी दिइएको खुलासा गर्दै यस विषयमा अब नियुक्ति हुने सदस्यसचिवले निर्णय गर्ने बताएका थिए ।
अवैधानिक ओलम्पिक कमिटीबाट दीपक एसिया ओलम्पिक कन्प|mेन्समा जान लागेकोबारेमा नेपाल तेक्वान्दो सङ्घका पदाधिकारीसँग बुझ्दा उहाँहरूले आफूलाई यसबारेमा कुनै जानकारी नभएको भन्दै अनभिज्ञता प्रकट गरेका थिए । ती पदाधिकारीले आफूले योे खबर ‘तपाईंले भनेपछि थाहा पाएको’ भन्दै अहिलेसम्म कुनै निकायबाट दीपकको बारेमा पत्राचार नभएको सुनाए । आफुलाई दीपकले पत्र बोकेको भए थाहा छैन भन्दै अहिलेसम्म दीपकले सङ्घबाट स्वीकृति नलिएको प्रस्ट पारेका थिए । सङ्घको आबद्धता नभएको ठाउँ र सर्वोच्चको फैसलाविरुद्धमा दीपकले कदम चाले सजायको भागिदार दीपक नै बन्नुपर्ने बताए । ऊ जान्दाजान्दै पनि विवादमा पर्न चाहन्छ भने हामी केही गर्न सक्तैनौँ । खालि रामराम मात्रै भन्ने हो ।
लोभी-पापीको भूमिका सशक्त रूपमा निभाउँदै आएका दीपक अहिले खेलकुदमा नराम्रोसँग गन्हाउन पुगेका छन् । अवैधानिक ओलम्पिक कमिटीसँगको भित्री साँठगाँठले उनको व्यक्तित्वमाथि नै प्रश्नचिह्न लागेको छ । अझ आफ्नै प्रिय गुरु दीपराज गुरुङको विरुद्धमा षड्यन्त्रमा लागेको हल्ला र आरोपले उनको नैतिकतामा समेत प्रश्नचिह्न लागेको छ । जुन थालमा खायो त्यसैमा…. गर्नेजस्ता सङ्गीन आरोपमा घेरिएका दीपकको वास्तविक चरित्र भने कसैले बुझ्न सकेका छैनन् । प्रधानको एनओसी दीपराजलाई सिध्याउने खेलमा लागेको बेला दीपकको घनिष्ठता उक्त संस्थासँग बढ्नु गम्भीर विषय बनेको छ । आफ्नालाई छाडेर पराईलाई काखी च्याप्दा क्षणिक रूपमा हिरो बन्ने भए पनि त्यसको दीर्घकालीन प्रभाव नकारात्मक हुने दीपकले बुझ्नुपर्ने भइसकेको छ । वर्तमान अवस्थामा मुलुक जस्तोसुकै अवस्थामा गुज्रिरहेको भए पनि त्यसको नियम-कानुन उल्लङ्घन गर्ने अधिकार कसैलाई छैन । तर्सथ दीपकले पनि यस विषयलाई गम्भीरताका साथ आत्मसात् गर्नुपर्ने देखिन्छ । सही र गलत के हो ? त्यो छुट्याउने दीपकमा विवेक भएकोले अहिलेको अवस्थामा कसैको जालमा परेर विदेशको भ्रमण गरेर विवादमा पर्नुभन्दा दूरदर्शी बन्नुपर्ने देखिएको छ । तर्सथ आफ्नो व्यक्तिगत स्वार्थसिद्ध गर्न दीपकले सकुनी चाल चलेका हुन् भने त ठिकै छ अन्यथा खेलकुदमा दीपकका बुरा दिन सुरु भएका हुन् भन्दा अतिसयोक्ति नहोला ।

लीको ऐतिहासिक विजय
चीनकी ली नाले फ्रेन्च ओपन जितेर पहिलो ग्रान्डस्लाम जित्ने एसियाली खेलाडी बनेकी छिन् । लीले यो ऐतिहासिक विजय हासिल गर्ने क्रममा साविक विजेता इटालीकी फ्रान्सेस्का सिभोनलाई सोझो सेट अर्थात् ६-४, ७-६ ले पराजित गरेकी थिइन् । कडा प्रतिस्पर्धा भएको फाइनल खेलमा लीले सिभोनलाई पराजित गर्न लगभग दुई घन्टा खर्चिनुपरेको थियो । सेमिफाइनलमा मारिया सारापोभालाई पराजित गरेकी लीले फाइनल भिडन्तमा सफलता हासिल गरेपछि चिनियाँ प्रशंसकहरूलाई धन्यवाद दिँदै यो विजयमा गर्व गर्न अनुरोध गरेकी थिइन् । विजयपछि रातो माटोको कोर्टमा उत्तानो परेकी लीले आफ्नो सपना साकार भएकोमा खुसीका आँसु झारेकी थिइन् । ली यसभन्दा अघि अस्ट्रेलियन ओपनको फाइनलमा पुगेर पराजित भएकी थिइन् ।

मोर्गन टेबुलटेनिस च्याम्पियन
मोर्गन इन्टरनेसनल कलेजले गान्धी मेमोरियल इन्टरस्कुल टेबलटेनिस प्रतियोगितामा टिम च्याम्पियनको उपाधि हात पारेको छ । उक्त प्रतियोगितामा मोर्गन कलेजले तीन स्वर्ण, दुई रजत र दुई कास्य जित्न सफल भएको थियो । दोस्रो स्थानमा रहेको विजेश्वर स्कुलले दुई स्वर्ण, दुई रजत र एक कास्य जितेको थियो । त्यस्तै दुई स्वर्ण, एक रजत र दुई कास्य जित्दै अन्नपूर्ण स्कुल तेस्रो भएको थियो । धापासीस्थित त्रियोग स्कुलमा भएको महिला दस जोड दुईतर्फ मोर्गनकी रेनुका खत्रीले आफ्नै कलेजकी एलिना महर्जनलाई ११-१, ११-५ र ११-३ ले पराजित गर्दै स्वर्ण जित्न सफल भइन् । त्यस्तै पुरुष दस जोड दुईतर्फ मोर्गनका अनिस श्रेष्ठले प्राइम कलेजका दिनेश बानियाँलाई ९-११, १३-११, ११-८ र १३-११ ले पराजित गर्दै स्वर्ण जित्न सफल भए । पुरुष यू-१४ तर्फ एभिएमका प्रसन्न खड्काले एपिएफका सौगात सुनुवारलाई ९-११, ११-९, ११-६ र ११-७ ले पराजित गर्दै प्रथम स्थान हासिल गरे । पुरुष यू-१४ तर्फ सुजन अर्यालले स्वर्ण जिते । अन्नपूर्णका सुजनले बालविकासका क्रिजल कोजुलाई १२-१०, ११-७ र ११-७ ले पराजित गर्दै स्वर्ण पदक जितेका थिए । त्यसैगरी महिला यू-१६ मा एरिका महर्जन प्रथम भइन् । विजेश्वरीकी एरिकाले एभीएमकी समा श्रेष्ठलाई फाइनलमा ११-६, ५-११, ११-९ र ११-९ ले स्तब्ध पारिन् । प्रतियोगिताका विजयी खेलाडीलाई स्कुलकी प्रिन्सिपल इन्दु गान्धीले पुरस्कार वितरण गरेकी थिइन् ।

वनस्थली कराते च्याम्पियन
सिर्द्धार्थ वनस्थली स्कुलले १७औँ अन्तर्रर्ााट्रय हाईस्कुल कराते तथा किकबक्सिङ प्रतियोगिताको टिम च्याम्पियनको उपाधि हात पारेको छ । उक्त प्रतियोगितामा सिर्द्धार्थ वनस्थलीले सात स्वर्ण, तीन रजत र एक कास्य जितेको थियो । पुरुषतर्फ सिर्द्धार्थका गौतम श्रेष्ठले २५ केजी र मनिष थापाले ३० केजीमा स्वर्ण जितेका थिए । त्यस्तै रुविना अर्यालले ५५ केजी, अनुपमा मगरले ६० केजी, विमला तामाङले ५० केजी र कातामा स्वर्ण जितेका थिए । पुरुष कातामा राजकुमार रसाइलीले स्वर्ण जितेका
थिए । दोस्रो स्थानमा रहेको एम्स इन्टरनेसनलले चार स्वर्ण, तीन रजत र एक कास्य जित्न सफल भयो भने श्रीकृष्णले तीन स्वर्ण, एक रजत र एक कास्यका साथ तेस्रँे स्थान हासिल गरेको थियो । नेपाल सितोरियो कराते सङ्घ स्कुल विभागको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको कुमुतेको महिलातर्फ सिर्द्धार्थ वनस्थलीकी अनुपमा मगर उत्कृष्ट सावित भइन् भने पुरुषमा श्रीकृष्णका सोनम लामा उत्कृष्ट भए । त्यस्तै किकबक्सिङ महिलातर्फ भारतका प्रियंका विश्वासी उत्कृष्ट चुनिइन् भने पुरुषमा भारतकै एम. विद्यासागर सिंह उत्कृष्ट भए । राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा सञ्चालन भएको प्रतियोगिताको समापनका अवसरमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विजयी खेलाडीलाई सिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।