जंगल खुम्चिएपछि शहर प्रवेश, भारतीय अदालतमा चितुवा !

जंगल खुम्चिएपछि शहर प्रवेश, भारतीय अदालतमा चितुवा !


आहाराको खोजीमा रहेको एक चितुवा अहमदावाद (भारत)को एक अदालत भवनभित्र हिँडिरहेको एक्कासी देखिएपछि शुक्रबार अदालत परिसरमा केही समय त्रासको वातावरण फैलिएको सम्बद्ध अधिकारीहरूले बताएका छन् ।

चितुवालाई देखेपछि अदालतका कर्मचारीहरू कार्यबक्षबाट भागेर कोठामा पुगेको चितुवालाई बाहिरबाट थुने र वन कार्यालयलाई खबर गरेका थिए । गुजरातका वन अधिकारी जीए जालाले उक्त घटनाबारे जानकारी दिएका एएफपीले जनाएको छ ।

कोटिला सहरको अदालतमा चितुवा प्रवेश गरेको खबरपछि अदालतका कर्मचारी तथा वरपरका मानिसहरू त्रसित हुँदै चितुवा रहेको भवनलाई घेरेर हेरिरहेकाले चितुवा बाहिर निस्कन सकेन । करिव साढे तीन घण्टापछि खोजतलास गर्दा दराजमुनि लुकेर बसेको भेटिएको थियो । करिब दुईदेखि तीन बर्षको अनुमान गरिएको चितुवालाई वातावरण शान्त पार्दै विस्तारै कोठाबाट बाहिर निकालेर जङ्गलतिर पठाइएको थियो ।

भारतीय वातावरण मन्त्रालयले यसै बर्षको अगष्ट महिनामा सार्वजनिक एक प्रतिवेदनमा भरतमा सन् २०१४ को अप्रिलदेखि सन् २०१७ को मे महिनासम्म जङ्गली जनावरले एक हजार ११४ व्यक्तिलाई आक्रमण गरी मारेको वा खाएको जनाएको छ । यो सङ्ख्या हेर्दा जङ्ली जनावरले भारतमा दैनिक एक जनालाई मार्ने गरेको देखिन्छ ।

भारतमा १२ हजार देखि १४ हजार चितुवा रहेको तथ्याङ्क छ । मानव वस्तीले जङ्गली क्षेत्रमा अतिक्रमण भएपछि उनीहरू वस्तीमा आहाराको खोजीमा पुग्ने गरेको र त्रसित गाउँलेले औसतमा एक चितुवा मार्ने गरेको तथ्याङ्क छ ।

विज्ञहरूका अनुसार यस्ता खालका घटना पछिल्ला दिनहरूमा बढेका र यसको कारण शहरीकरणका कारण जङ्गली जनावरको वासस्थान खुम्चिुनु रहेको छ ।