एलएलाई बास्केटबल र फुटसलमा दोहोरो उपाधि

एलएलाई बास्केटबल र फुटसलमा दोहोरो उपाधि


आयोजक लिटिल एन्जल्स (एलए) ले तेस्रो एलए कपमा दोहोरो उपाधि जितेको छ । एलएले छात्रा बास्केटबल र छात्रा फुटसलमा च्याम्पियन बनेको हो ।

छात्रा बास्केटबलमा एलएले जेभियर एकेडेमीलाई पराजित गरेको थियो । गल्र्स फुटसलमा एलएले डीएभीलाई ४–१ गोलले पराजित गरेको हो । विजयी टिमका लागि मोनिका शाहीले ह्याट्रिक गरिन् भने उषा रायमाझीले १ गोल गरेकी थिइन् ।
छात्र बास्केटबल फाइनलमा ओमेगाले एलएलाई पाखा लगाउँदै एलएले उपाधि जित्यो । छात्रमा ओमेगाका हेमलाल श्रेष्ठ तथा छात्रामा एलएकी सोनाम डिकी शेर्पा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

छात्र फुटबलमा सेन्ट लरेन्सले उपाधि चुम्यो । फाइनलमा सेन्ट लरेन्सले सेन्ट जेभियर्स, जावलाखेललाई २–१ गोलले पन्छायो । विजयी टिमका लागि अजय खड्का र रोकेश थापाले गोल गरे । जेभियर्सका डेबिड घलेले १ गोल गरे । सेन्ट लरेन्सका हिमाल बढुवाल सर्वोत्कृष्ट खेलाडी चुनिए । गोलरक्षकमा सेन्ट लरेन्सका डुक्पा छिरिङ शेर्पा, डिफेन्डरमा एलएका मोहम्मद अक्रम तथा मिडफिल्डरमा जेभियर्सका डेबिड घले उत्कृष्ट ठहरिए । प्रतियोगिताभर ७ गोल गरेका जेभियर्सका शीर्षक श्रेष्ठ सर्वाधिक गोलकर्ता बने ।

प्लस टु स्तरीय प्रतियोगिताका विजेतालाई अखिल नेपाल फुटबल संघका उपाध्यक्ष कृष्ण थापालगायतले पुरस्कृत गरेका थिए ।