हास्य कलाकार कपिल विवाहबन्धनमा

हास्य कलाकार कपिल विवाहबन्धनमा


चर्चित हास्य कलाकार कपिल शर्माले विवाह गरेका छन् । कपिल आफ्नी प्रेमिका गिन्नी चतरथका साथ मंसिर २६ गते जालन्धरमा विवाहबन्धनमा बाँधिएका हुन् । विवाहमा कपिलले शेरवानी र गिन्नी लेहङ्गा लगाएकी थिइन् ।

कपिल र गिन्नी बालसखा हुन् । उनीहरू लामो समयदेखि डेटिङमा थिए । कपिलले आफ्नो सम्बन्धबारे केहि समयअघि मात्रै खुलासा गरेका थिए । सामाजिक सञ्जालमा आफ्नो प्रेम सम्बन्धबारे खुलासा गरेको केही समयपश्चात् नै कफिलले गिन्नीसँग विवाह गरेका हुन् ।

कपिलको विवाह उनको गृहशहर जालन्धरमा भएको थियो । सो विवाह समारोहमा कपिल र गिन्नीका परिवारका साथै केही विशेष साथीहरूको उपस्थिति रहेको थियो । त्यस्तै, उक्त विवाह समारोहमा कपिललाई विवाहको बधाई दिन बलिउडका कपिलका निकट मानिने साथीहरू पनि पुगेका थिए ।

विवाहपश्चात् कपिलको पहिलो रिसेप्सन पार्टी मंसिर २८ गते अमृत शहरमा हुनेछ । त्यो पार्टीमा कपिलका परिवारजन र इष्टमित्रले सहभागिता जनाउनेछन् । त्यस्तै, दोस्रो रिसेप्सन पार्टी पुस ९ गते मुम्बईमा हुने बताइएको छ । उक्त पार्टीमा बलिउडका प्रख्यात हस्तीहरू सामेल हुने अनुमान गरिएको छ ।