मरणोप्रान्त खसोग्गी बने टाइम पत्रिकाको ‘वर्ष व्यक्तित्व’

मरणोप्रान्त खसोग्गी बने टाइम पत्रिकाको ‘वर्ष व्यक्तित्व’


टर्कीको इस्तानबुलस्थित साउदी अरबको महाबाणिज्य दूतावासमा गत अक्टोबरमा हत्या गरिएका साउदी पत्रकार जमाल खसोग्गीलाई अमेरिकी पत्रिका ‘टाइम’ ले ‘वर्ष व्यक्तित्व’को उपाधि दिने घोषणा गरेको छ ।

यस वर्ष खासोग्गीसहित अन्य पीडित पत्रकारहरू फिलिपिन्सका मारिया रेसा, म्यानमारमा थुनामा रहेका रोयटर्सका वालोन र क्वासोए उ उक्त उपाधिबाट सम्मानित हुने भएका हुन् ।

‘टाइम’ले सन् १९२७ देखि वार्षिक रूपमा वर्ष व्यक्तिवको उपाधिमार्फत सम्मानित गर्दै आएको छ ।

ज्ञातव्य छ, प्रेस्टिजिअस कभरका लागि मरोणोप्रान्त उक्त उपाधि प्राप्त गर्ने खसोग्गी पहिलो व्यक्ति हुन् ।