विमानस्थलमा आन्तरिक उडानमा सुरक्षा जाँच केन्द्र स्थापना

विमानस्थलमा आन्तरिक उडानमा सुरक्षा जाँच केन्द्र स्थापना


यात्रु र विमानस्थलको सुरक्षालाई मध्यनजर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आन्तरिक उडानमा अन्तर्राष्ट्रियस्तरको सुरक्षा जाँच केन्द्र स्थापना गरेको छ ।

विमानस्थलको आन्तरिक टर्मिनलको गोल्डेन गेटबाट भित्रने स्थानमा आज मंगलबारदेखि सुरक्षा जाँच केन्द्रको स्थापना गरिएको हो । विमानस्थलको सुरक्षालाई प्रभावकारी बनाउन सुरक्षा उपकरण जडान गरिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिएका छन्।

उनका अनुसार शुरुमा आन्तरिकतर्फ भित्रपट्टि मात्र जाँच केन्द्र थियो । अब बाहिर पनि शुरु भएकाले सुरक्षाकर्मीले हातले जाँच गरिराख्नु पर्दैन । सुरक्षा जाँच कक्षमा पास रिर्डर, लगेज एक्स–रे र वाक थ्रो एक्स–रे रहनेछ । यसअघि यात्रुसँग रहेका लगेज प्रहरीले हातले जाँच गर्दै आएको थियो ।