मुखले मात्र ‘हिन्दूराष्ट्र’, मौकामा औकात छरपस्ट !

मुखले मात्र ‘हिन्दूराष्ट्र’, मौकामा औकात छरपस्ट !


‘अलि बढ्ता कराए बन्दुकको नोकले हान्दे है त्यसलाई !’ ठकुरीको जातमा धर्मविरोधी डीएसपी मल्ल गौशालामा धरपकड गर्दा फुर्ती झार्दै सिपाहीलाई आदेश दिँदै थिए भने एउटा बाहुन थर भएका सिपाहीचाहिँ हिन्दूवादी आन्दोलनकर्तालाई समातेर भ्यानमा हाल्दा थकथकाएको महसुस हुन्थ्यो । यता धरपकड भइरहँदा गोरखामा जन्मेका ‘ढकाल बाजे’ एकदमै चुरिफुरीका साथ सम्पूर्ण राज्यशक्तिको स्रोतसाधनलाई दुरुपयोग गर्दै एउटा पाँचतारे होटेलमा धर्म परिवर्तनको खाकालाई एसिया प्यासिफिक समिटको नाममा चुस्तदुरुस्त बनाउने प्रपञ्च रचिरहेका थिए ।

यस्तै, केही उच्चस्तरका प्रहरी अधिकृत भने देशको अस्तित्व नै समाप्त हुने डर देखेर यस किसिमको धर्मविरोधी कार्यक्रम विफल भइदेओस् भनी सुतेको हिन्दू जगाउने प्रयत्नमा थिए । उता झन्डै सैंतीसदेखि चालीससम्म मौलिक सभ्यताका रक्षक तथा समर्थक समातेर भ्यानमा कोच्दै गर्दा अनाहकमा बाटोमा हिँड्ने नेपाली टोपी लगाएकै भरमा बटुवा समातिन पुगेका थिए । अचम्मको कुरा पायल्सको उपचार गर्न हिँडेका नेपाली टोपी लगाउने बटुवाको थर पनि ढकाल नै परेको हुनाले उनी आफ्नै जातका ढकाल धर्मविरोधी परेका हुँदा एक किसिमले लज्जित भएका थिए ।

आन्दोलनकारीसँग गफिएर बस्दा सिन्धुपाल्चोकका तिनी आफू अनाहकमा प्रहरीको फन्दामा परेको बिर्सिंदै गइरहेका थिए । उनी आफू बेकारमा प्रहरीको फन्दामा परेकोले अफसोसभन्दा पनि रोमाञ्चित हुँदै यस्तो राष्ट्रिय पहिचान बचाउने कार्यमा आफू पनि सरिक भइएकोमा जीवन केही भए पनि सार्थक भएको बताउँदै थिए । अन्तमा छुट्टिने बेलामा आफू बाहिरी जिल्लाको भए पनि मौका मिले राष्ट्रियता र धर्म–संस्कृति बचाउन सरिक भइरहने प्रण गर्दै बिदा भए ।

धरपकडको ड्युटी निभाउँदै गर्दा एउटा नेपाली टोपी, धोती लगाउने र टीका लगाउने गुरुलाई तीन–चारजना प्रहरीले उताउता जा भन्दै लट्ठीले धोती नै च्यातिने गरी लखेट्दै थिए भने उता तामझामका साथ आईएनजीओको कार्यक्रममा सरकारी स्रोतसाधनको चरम रूपमा दुरुपयोग हुँदै उद्घाटन कार्यक्रम हुँदै थियो । यस्तो अचम्मको दृश्य देखिँदै थियो भने अब क्रिश्चियनको कार्यक्रममा नेपाली टोपी र टीका लगाउनै गाह्रो हुने भयो भन्दै बाटोमा हिँड्ने बटुवा कानेखुसी गर्दै गरेका पनि सुनियो ।

परिवार दलका संस्थापक ढकालको साउथ कोरियाअन्तर्गत युनिफिकेसन चर्चसँग विशेष सम्बन्ध छ । परिवार दललाई सो चर्चले आफ्नै पार्टी सम्झिने गर्दछ भन्ने कुरा युनिभर्सल पिस फेडेरेसनको वेबसाइटमार्फत खुलस्त हुन्छ ।

आँखामा छारो हाल्न विकास र समृद्धिको नारा दिँदै विवादास्पद र शङ्कास्पद धार्मिक गतिविधिमा क्रियाशील संस्थापकका अध्यक्ष डा. सन मुन (बितिसकेका) र उनकी पत्नी मुनको युनिभर्सल पिस फेडेरेसनले यही मङ्सिर १४ देखि १७ सम्म एसिया प्यासिफिक समिट तथा अन्य कार्यक्रम सम्पन्न गरेको छ । क्रिश्चियन धर्म प्रचारक, अनुयायी, समर्थक, अभियन्ता तथा राष्ट्रघाती ढकाललाई प्रयोग गरी विगतमा पनि नेपालमा युनिभर्सल पिसको नाममा विभिन्न कार्यक्रम दिन सफल भइसकेका छन् । परिवार दलका संस्थापक ढकालको साउथ कोरियाअन्तर्गत युनिफिकेसन चर्चसँग विशेष सम्बन्ध छ । परिवार दललाई सो चर्चले आफ्नै पार्टी सम्झिने गर्दछ भन्ने कुरा युनिभर्सल पिस फेडेरेसनको वेबसाइटमार्फत खुलस्त हुन्छ ।

विवादास्पद clloegiate association research of principle Nepal भन्ने संस्था पनि यिनै ढकालद्वारा सञ्चालित देखिन्छ । जुन संस्थाको मुख्य उद्देश्य नै युवा वर्गलाई रोजगारी र पढाइको नाममा बाटो–बाटोमा पेन्सिल, पेन, कपी बेच्न लगाई बिस्तारै फकाइफुल्याई जिसस क्राइस्ट नै सर्वशक्तिमान हो भन्ने जाल हाली धर्म परिवर्तनको बाटोमा डोऱ्याउनु हो । हाल ढकाल नेकपाकै सदस्यसरह क्रियाशील भएका कारणले गर्दा उनले सो पार्टीका भूपू प्रधानमन्त्री तथा अर्का अवसरवादी र विवादस्पद व्यक्ति माधवकुमार नेपाललाई एसिया प्यासिफिक समिट २०१८ को मुख्य भूमिका तथा संयोजकको अभिभारा बोकाउन सफल भएका छन् ।

राज्यले एउटा आईएनजीओको कार्यक्रममा यसरी विवादस्पद रूपले न्वारानदेखिको बल लगाएर सुरक्षाको नाममा सरकारको भौतिक र अन्य स्रोत–साधन प्रयोग गराई भयङ्कर शङ्कास्पद छ । गुरु गोरक्षनाथको तपोभूमि तथा श्री पशुपतिनाथको देवभूमि र दैवी शक्तिको यश पवित्र भूमि नेपालमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, राष्ट्रिय पहिचान र मौलिक सभ्यतामा नै आँच आउने र वैदिक सनातन नै धराप पर्नेखाले कुकार्यको सम्पूर्ण राष्ट्रवादी तथा देशभक्त र वैदिक सनातनका रक्षक नेपालीले घोर भत्र्सना तथा विरोध जनाउनु अपरिहार्य नै थियो । एउटा आईएनजीओको कार्यक्रममा राजनीतिक निर्णय गराई कतार सरकारले सार्क सम्मेलनका लागि उपलब्ध गराएको तथा बिमस्टेकमा खरिद गरिएको भीभीआईपी सवारीसाधन र सचिव तथा मन्त्रीको सवारीसाधनलाई पैतृक सम्पत्तिझैँ प्रयोग गर्न र उपलब्ध गराउन राष्ट्रसेवकलाई विवश बनाएर सरकारले जुन अनुचित निर्णय गऱ्यो त्यो घृणित छ । विभिन्न जिल्लाबाट प्रहरी–प्रशासनलाई गाडी र सेक्युरिटी काठमाडौंमा झिकाएर परिचालन गर्ने जुन दुस्साहस कार्य गऱ्यो त्यो पनि भत्र्सनायोग्य छ ।

राज्यले एउटा आईएनजीओको कार्यक्रममा यसरी विवादस्पद रूपले न्वारानदेखिको बल लगाएर सुरक्षाको नाममा सरकारको भौतिक र अन्य स्रोत–साधन प्रयोग गराई भयङ्कर शङ्कास्पद छ ।

अमेरिकामा रहेको हतियार माफिया स्व. मुनकी छोरीको अभिभारा रहेको सो संस्थाले नेपालमा गरेको समिटको भित्री रहस्यात्मक कार्यक्रम Interfaith Wedding Ceremony र Famliy dedication हुन् । यी दुवैको मुख्य उद्देश्य नै अन्ततोगत्वा कन्भर्सन अथवा धर्म परिवर्तन नै हो । सो कुराको जानकारी तिनकै वेबसाइटमा गए बुझ्न सकिन्छ । अझ डरलाग्दो कुरा त जिसस क्राइस्टको छोरी उपाधि पाउन लागेको सो कार्यक्रममा विभिन्न हिन्दू चेलीहरूलाई Interfaith Wedding Ceremony अन्तर्गत क्रिश्चियन चेलासँग विवाह गराएर धर्म परिवर्तन गराई, धर्ममाथि नै धावा बोलिँदै छ । त्यस्तै अर्को कार्यक्रम Famliy dedication नेपालका प्रधानमन्त्री, उपप्रधानमन्त्री, मुख्यमन्त्री, नेपालका उच्चपदस्थ अधिकारी, भएभरका मेयर र उपमेयर तथा तिनका श्रीमान् तथा श्रीमतीकै जोडी बोलाएर झुक्याएर यशु धर्मको आस्थाप्रति शपथ खुवाउने ठूलो प्रपञ्च रचियो । सोझा नेपालीलाई झुक्याएर यस किसिमको कार्यक्रम विगतमा पनि भइसकेको थियो । यसैगरी नेपालमा पहिलो युनिभर्सल पिस कार्यक्रमपश्चात् नेपाली चेलीहरू धमाधम कोरिया लगी विवाह गरी धर्म परिवर्तन गर्ने कुचेष्टा यिनै दलाल तथा धर्म परिवर्तनकारीद्वारा गरिँदै आएको सर्वविदित नै छ । अझ डरलाग्दो कुरा त्यहाँ लगी नेपाली चेलीलाई प्रभुप्रति समर्पित हुन भनी पहिलै ती धर्मगुरुले आफ्नो ओछ्यान तताउने काम गर्थे भन्ने व्यापक चर्चा हुने गर्दथ्यो ।

यस्तो परिवेशमा हिन्दूको जनसङ्ख्या ८७ प्रतिशत जनता छन् भन्दा पनि धिक्कार्न मन लाग्छ । के हिन्दूको ठेकेदार आन्दोलनमा जम्मा भएका ती ८७ जना मात्रै हुन् त ? कहाँ गए त्यत्रो पानीमरुवा हिन्दूहरू ? अब त यस्तो लाग्छ हिन्दू अधिराज्य अब हिन्दूको उपस्थितिले होइन, हिन्दू अधिराज्य ल्याउने र देशको राष्ट्रिय मौलिक सभ्यता र पहिचान बचाउने हो भने अब नेपालका मौलिक परम्परागत आस्था र विचारमा अडिग मुस्लिम समुदायको विशेष पहलले मात्र संस्थागत होला । हिन्दू त अब मुर्दाको रूपमा मात्रै छन् कि भन्ने भान हुन्छ । कत्राकत्रा ठूला कुरा गर्ने, तिनका धर्मगुरुले २०१८ भित्र राजसंस्था र हिन्दूधर्म फर्काउँछ नत्र गोरक्षनाथको भूमिमा पाउ नटेक्ने र धर्मबाट सन्न्यास लिन्छ भन्नेबाट आशीर्वाद पाएका पार्टी, विभिन्न सङ्घसंस्था, हिन्दूका ठेकेदार, विश्वको हिन्दूलाई एक ठाउँमा ल्याउने एक मात्र संस्था भन्नेहरूको विरोध कार्यक्रममा उपस्थिति नदेख्दा र ठूला पार्टी भन्ने तर आन्दोलनमा नजान उर्दी लगाउनेहरूको चरित्र देख्दा तिनले अब आइन्दा धर्म ठेकेदारी बन्द गरे हुन्छ र धर्मलाई बेची खाने भाँडो नबनाए हुन्छ भन्ने चेतावनी दिँदा फरक नपर्ला । ॐकार परिवारको हुँकार लगाउनेको अनुहारको पत्तो नपाउँदा आइन्दा जनता झुक्याउने काम बन्द नगरे कुनै दिन धर्मको कारबाहीको भागीदार अवश्य बन्ला भन्दा फरक नपर्ला ।

त्यत्रा हिन्दू छन् भन्छन्, तर आफ्नो अस्तित्व नै नास हुने अवस्थामा पनि सडकमा हिन्दू नदेखिँदा यस्तो आक्रोश जन्मनु कुनै पनि ससच्चा हिन्दूका लागि स्वाभाविक हुन आउँछ । यसर्थ, यदि यस हिमवत् खण्डमा अवस्थित तपोभूमि, यज्ञभूमि, ऋषिभूमि, ज्ञानभूमि, धर्मभूमि, देवभूमि, वेदभूमि नेपालको मौलिक सभ्यता, राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति, राष्ट्रिय पहिचानको रक्षा गर्नु नै छ भने सम्पूर्ण राष्ट्रवादी तथा देशभक्त नेपाली जाग्नैपर्छ । विश्वशान्तिको आवरणमा नेपालको अस्तित्व नै नष्ट गर्ने सम्पूर्ण दलाल तथा फिरङ्गीका कठपुतलीलाई यस धर्मभूमिबाट धपाउनैपर्छ, यसका लागि सम्पूर्ण नेपाली जाग्नैपर्छ ।