सर्भाइभर्स नेपालको साधारणसभा

सर्भाइभर्स नेपालको साधारणसभा


बैशाख १२, २०७२ को विनासकारी भुकम्पपश्चात राहत वितरण र पुनःनिर्माणको उद्देश्यसहित स्थापना भएको सर्भाइभर्स नेपालको तेश्रो वार्षिक साधारणसभा ९ सदस्यीय नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । साधारणसभाले सभापति सुशील कोइरालाद्वारा प्रस्तुत संस्थाको वार्षिक गतिविधिसम्बन्धी प्रतिवेदन र कोषाध्यक्षले प्रस्तुत गर।कोे आर्थिक प्रतिवेदनलाई समेत पारित गरेको छ ।

नवगठित कार्यसमितिको अध्यक्षमा पुनः सुशील कोइराला चयन भएका छन् भने उपाध्यक्षमा निराकार श्रेष्ठ, सचिवमा सञ्जिव पाण्डे र कोषाध्यक्षमा जयराम पुडासैनी छानिएका छन् । सदस्यहरूमा राजेन्द्र डंगोल, सदिश श्रेष्ठ, बबिता सेढाईं, केशव देउवा र सपना शाह चुनिएका छन् ।

साधारणसभाको औपचारिक कार्यक्रमपश्चात फरक क्षमता भएका ब्यक्तिहरुको सपनाको रुपमा रहेको उनीहरुकै शिप र कौशलमा तैयार पारिएको कला कृतिहरुको प्रदर्शनी आयोजना गरिएको थियो । ‘सानो सपना’ नाम दिइएको कला प्रदर्शनीमा एसओएस बालग्राम तथा बोधिसत्भासका फरक क्षमता भएका बालबालिकाहरूले तैयार पारेका कलाकृतिरू बिक्रीका लागि राखिएका थिए । उक्त प्रदर्शनीको उद्घाटन लिडरशिप एकेडेमीका अध्यक्ष सन्तोष शाहले गरेका थिए । सर्भाइभर्स नेपालले तयार पारेको टिसर्ट तथा ज्याकेट बिक्रीबाट प्राप्त रकमसमेत एसओएस र बिआईएका बालबालिकाहरूका लागि समर्पण गरेको थियो ।