घरमा आगो लाग्दा पाँच लाखको क्षति

घरमा आगो लाग्दा पाँच लाखको क्षति


बाजुराको बडिमालिका नगरपालिका– ९ मार्तडीको माझगाउँमा एक घरमा आगलागी हुँदा करिब पाँच लाख रुपैयाँबराबारको क्षति भएको छ । सोमबार राति ११ बजे घरमा विद्युतको तार सट भई आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

आगलागीबाट घरको माथिल्लो तला पूर्ण रूपमा क्षति भएको तर मानवीय क्षति नभएको प्रहरीले बताएको छ । माथिल्लो तलामा दाउरा राखेकोले सबै दाउरा क्षति भएको बताइएको छ ।

घरमा जिल्लाको त्रिवेणी नगरपालिका घर भएकी राइकला बुढा भाडामा बस्ने गरेको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए । बुढाले सदरमुकाम मार्तडीमा होटेल सञ्चालन गर्दै आएकी छिन् । घरधनी देवबहादुर लोहारको परिवार भने हाल कञ्चनपुरको सिसैयामा बस्ने गरेको उनका आफन्त गम विश्वकर्माले बताए । प्रहरी र स्थानीयवासीको सक्रियतामा राति नै आगो नियन्त्रणमा आइसकेको छ ।