विवाहपञ्चमीमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउने

विवाहपञ्चमीमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउने


रामजानकी विवाहपञ्चमी भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउने भएका छन् । जनकपुरमा रामजानकी विवाहपञ्चमी र मुख्यमन्त्री योगि आदित्यनाथको भ्रमणलाई लिएर प्रदेश २ को सुरक्षा बढाइएको छ । विशेष पाहुना बनेर आउन लागेका भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको सुरक्षाका लागि झन्डै चार हजार सुरक्षाकर्मी परिचालन गर्दै सुरक्षा सतर्कता पनि बढाइएको हो ।

महोत्सवका लागि तीन हजारको संख्यामा प्रहरी परिचालन गरिएको छ । यसमध्ये प्रदेश नम्बर २ का प्रत्येक जिल्लाबाट एक हजार नेपाल प्रहरी बोलाइएको छ । प्रदेश प्रहरी कार्यालय, जनकपुरका अनुसार प्रदेशका जिल्लाबाट १ सय प्रहरीलाई जनकपुर बोलाइएको छ । प्रत्येक जिल्लका प्रहरी नायव उपरीक्षाको नेतृत्वमा प्रहरीलाई बोलाइएको हो । बाकी दुई हजार प्रहरी भने प्रदेश १ र तीनबाट बोलाइएको छ । यस्तै, आन्तरिक तथा बाह्य पर्यटक चढेर आएको सवारी साधनको लाम लाग्ने भएकाले नगरभरि ट्राफिक व्यवस्थापनमा विशेष जोड दिइएको छ ।

भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लखनउबाट सीधै जनकपुरधाम विमानस्थलमा ओर्लने कार्यक्रम रहेको छ। त्यसपछि उनी सिधै प्रसिद्ध जानकी मन्दिरमा पूजा अर्चना गर्नेछन् र त्यहाँबाट प्रदेश सरकारको निमन्त्रणामा मधेश भवनमा आयोजना हुने दिवाभोजमा सरिक हुनेछन् । उनी सोही दिन रंगभूमि मैदानमा आयोजना हुने रामजानकी स्वयम्वरमा सरिक हुँदै काठमाडौँ जाने कार्यक्रम तय भएको छ ।