मोदीसँग विवाद भएपछि केन्द्रीय बैंकका गभर्नरले दिए राजीनामा

मोदीसँग विवाद भएपछि केन्द्रीय बैंकका गभर्नरले दिए राजीनामा


भारतको केन्द्रीय बैंकका प्रमुखले सोमबार राजीनामाको घोषणा गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी र उनको प्रशासनसँगको पटकपटकको सार्वजनिक विवादकै कारण उनले राजीनामा दिएको बताइएको छ ।

राजीनामा दिएपछि रिजर्भ बैंक अफ इन्डीयाका गभर्नर उर्जित पटेलले भने आफ्नो व्यक्तिगत कारणले जिम्मेवारी बहन गर्न नसकेकाले राजीनामा दिनुपरेको बताएका छन् ।

सरकारले गरेका कतिपय दबाबलाई थेग्न र सहमत हुन नसकेर उहाँले राजीनामा दिएको स्रोतले जनाएका छन् ।

केन्द्रीय बैंकको नीतिमा सरकारका तर्फबाट पटकपटक दबाब आएको समाचार यसअघि सार्वजनिक हँुदै आएका थिए ।

भारतमा कतिपय विज्ञहरूले उहाँलाई कुशल गभर्नरका रूपमा लिने गरेका छन् । उनको राजीनामासँगै भारतमा नयाँ आशङ्का र चिन्ता पनि छाएको छ ।

तर सरकार भने केन्द्रीय बैंकबाट सन्तुष्ट नभएको देखिएको थियो । विषेश गरेर व्याजदर, भारतीय मुद्राको मूल्यलगायतका विषयमा भारतमा अहिले विवाद चर्किदै गएको छ । (रासस÷एएफपी)