रेलमार्गबारे चिनियाँ टोलीले सरकारलाई बुझायो प्रतिवेदन

रेलमार्गबारे चिनियाँ टोलीले सरकारलाई बुझायो प्रतिवेदन


चिनियाँ टोलीले एक सय ७१ किलोमिटर लामो केरुङ–काठमाडौं रेलमार्ग निर्माणसम्बन्धि तयार पारेको प्रारम्भिक अध्ययन प्रतिवेदन सरकारलाई बुझाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चिनियाँ टोलीबीचको सोमबार बसेको बैठकमा चीनका उपप्रशासक लुसुङ नेतृत्वको टोलीले रेलमार्गको प्रतिवेदन बुझाएको हो । यस्तै, रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार पार्न ढिलाई नगर्न पनि दुवै पक्ष सहमत भएका छन् ।

१ सय ७१ किलोमिटर लामो प्रस्तावित काठमाडौं–पोखरा रेलमार्ग निर्माणका लागि चीनको सरकारी कम्पनी सिएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले यस अघि नै सम्भाव्यता अध्ययन गरिसकेको छ । नौ वर्ष भित्र निर्माण सम्पन्न गरिसक्ने योजना रहेको सो रेलमार्ग निर्माणका लागि २ खरव ५७ अर्ब बजेट लाग्ने अनुमान गरिएको छ । बैठकले प्रतिवेदनमा आधारित भएर विस्तृत अध्ययन प्रतिवेदन तयार पार्ने पनि निर्णय गरेको छ ।