प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषदको बैठक बस्दै

प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषदको बैठक बस्दै


नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषदको बैठक आज बस्ने भएको छ ।

परिषदका सदस्यको ब्यस्तताका कारण स्थगित हुँदै आएको बैठक आज बस्ने लागेको हो । यसअघि यही मंसिर १७ गते बैठक बसे पनि सिफारिसको निर्णय नगरी बैठक सकिएको थियो ।

प्रधानन्यायाधीश मिश्रले आगामी पुस १७ गते उमेर हदका कारण अवकाश पाउने र नयाँ प्रधानन्यायाधीश एक महिना अघि नै सिफारिस गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार यसअघि मंसिर १७ गते बैठक बोलाइएको हो । न्यायपरिषद्ले यसअिघ नै प्रधानन्यायाधीशका लागि दीपकराज जोशी र चोलेन्द्र सम्शेर जबराको नाम सिफारिस गरेको थियो । जोशी यस अघि संसदीय सुनुवाई समितिबाट अस्वीकृत भएपछि अहिलेका प्रधानन्यायाधीश मिश्रको नाम सिफारिस गरिएको थियो ।

प्रधानन्यायाधीशमा सिफारिसका लागि सर्वोच्च अदालतमा तीन वर्ष न्यायाधीश भइसकेको व्यक्ति हुनुपर्ने संवैधानिक प्रावधान छ ।