नख्खु कारागारका कैदीबन्दीमा छालाको समस्या

नख्खु कारागारका कैदीबन्दीमा छालाको समस्या


नख्खु कारागार (ललितपुर)मा रहेका धेरै कैदीबन्दीमा छालाको समस्या देखिएको छ । छालाको रोग चाँडो सर्ने भएकाले कैदीबन्दी यसबाट पीडित भइरहेको कारागारले बताएको छ ।

एउटै कोठामा धेरै जनासम्म बस्ने हुँदा रोग चाँडो फैलिएको उल्लेख गर्दै सो कारागारमा कार्यरत स्वास्थ्य सहायक नानीमैयाँ दाहालले कैदीबन्दीमा दादलगायत छालाका समस्या बढी पाइएको खुलासाा गरिन् ।

कारागारको क्षमता वृद्धि र कारागारभित्रै मनोसामाजिक अस्पताल बनेपछि नख्खुमा बिरामीको चाप बढेको छ । चार–पाँच महीना पहिलेसम्म आठ सयको हाराहारीमा कैदीबन्दी भएकामा अहिले यो सङ्ख्या एक हजारको हाराहारीमा रहेको बताइन्छ ।