राप्रपा पहिलो पार्टी बन्ने थापाको उदघोष

राप्रपा पहिलो पार्टी बन्ने थापाको उदघोष


आगामी निर्वाचनबाट राप्रपा बलियो वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाउने दाबी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गरेका छन् । पार्टीको ३ नं कमिटीद्वारा आज हेटौँडामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।

अध्यक्ष थापाले संवैधानिक राजतन्त्र, हिन्दूराष्ट्र पुनर्स्थापनालगायतका एजेण्डा बोकेर आन्दोलनमा उत्रिने बताए ।

कुनै एक धर्मलाई महत्व दिएर धार्मिक द्वन्द्व निम्त्याउने क्रियाकलाप गर्न नहुने बताउँदै वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप कमल थापाले लगाए ।

प्रशिक्षण कार्यक्रमलाई राप्रपाका केन्द्रीय नेताहरु भुवन पाठक, तोरणबहादुर गुरुङ, रोशन कार्की, राजाराम बर्तौलालगायतले सम्बोधन गरेका थिए ।

तस्बिर रासस