एक रुसी प्रहरीद्वारा ५६ व्यक्तिको हत्या गरेको अदालतको पुष्टि

एक रुसी प्रहरीद्वारा ५६ व्यक्तिको हत्या गरेको अदालतको पुष्टि


रुसको एक अदालतले सोमबार एक पूर्वप्रहरीलाई ५६ जनाको हत्यामा दोषी ठहर गरेको छ । यसअघि पनि उनलाई करिब २२ जना महिलाको हत्या गरेको अभियोगमा अदालतले जन्म कैदको सजाय सुनाइसकेको छ । उनी हाल जेलमा नै छन् ।

ती अधिकारीलाई सोमबार रुसको अदालतले थप ५६ जनाको हत्याको अभियोगमा दोषी ठहर गरेको हो । उनी रुसको इतिहासकै एक कुख्यात हत्याराको रूपमा परिचित भएका छन् । रुसको इरकुस्तुक अदालतले ती पूर्व प्रहरीलाई सन् १९९२ देखि २००७ को अवधिमा करिब ५६ जनाको ज्यान लिएकोमा दोषी ठहर गरेको जनाइएको छ ।