फेवातालमा सेल्फीले लियो काठमाडौंका युवाको ज्यान

फेवातालमा सेल्फीले लियो काठमाडौंका युवाको ज्यान


फेवातालमा बोटिङ गर्ने क्रममा डुंगाबाट खसेर काठमाडौंका रोजन श्रेष्ठ बेपत्ता भएका छन् । आज (सोमबार) विहान सेल्फी खिच्ने क्रममा रोजन डुंगाबाट खसेका हुन् ।

प्रहरीले दिएको जानकारी अनुसार सिंगल प्याडल बोटमा बसेर डुङ्गा सयर गरेका श्रेष्ठले फोटो खिच्नकै लागि तालको बिचमा पुगेका थिए । सो क्रममा उनले ज्याकेट उतारे र मोबाइलमार्फत सेल्फी खिच्न थाले । सेल्फी खिच्दै गर्दा एक्कासी उनी डुङ्गाबाट खसेका थिए ।

प्रहरीका अनुसार फेवातालमा खसेर बेपत्ता भएका रोजन आफ्नी दिदीसँग घुम्न पोखरा गएका थिए । घटनाको समयमा दिदी र भाइ फरक फरक डुंगामा थिए ।

तालमा हराएका रोजनको खोजीकार्य भइरहेको छ ।