ट्याक्टर दुर्घटनामा बालकको मृत्यु

ट्याक्टर दुर्घटनामा बालकको मृत्यु


महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी गाउँपालिका– ६ बस्ने इनतुला साफीका छोरा २ वर्षीय साहिल साफी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

आइतबार घरअघि खेलिरहेको बालक साफीलाई ज.१त ७११२ नम्बरको ट्याक्टरले किच्दा बालक गम्भीर घाइते भएका थिए भने बालक साफीलाई उपचारका लागि भारतमा लगिएको र सोमबार बिहान उनको उपचारकै क्रममा भारतमै मृत्यु भएको प्रहरी उपरीक्षक कार्कीले बताए ।

मृतक बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।