विद्यार्थीलक्षित जनचेतनामूलक कार्यक्रम सम्पन्न

विद्यार्थीलक्षित जनचेतनामूलक कार्यक्रम सम्पन्न


– रेजिना गौतमा, झापा

झापाको भद्रपुरमा विद्यार्थीलक्षित लैङ्गिक हिंसा, लागूऔषध दुव्र्यसनको विरुद्धको एकदिने जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

भद्रपुर नगरपालिकाको आयोजना तथा एबीसी नेपाल झापाको आयोजनामा आइतबार भद्रपुर माविमा सम्पन्न कार्यक्रममा विद्यालयतहका १५० बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा लैङ्गिक हिंसासम्बन्धी महिला तथा बालबालिका शाखा प्रमुख जीवनकला राउत, लागू औषध सम्बन्धी वडा प्रहरी कार्यालयका विकास भट्टराई, नैतिक शिक्षा सम्बन्धी हरिभक्त दाहालले सहजीकरण गरेका थिए ।

एबीसी नेपालकी झापा शाखा संयोजक कञ्चना ढकाल सिटौलाको अध्यक्षता तथा भद्रपुर नगरपालिकाकी उपप्रमुख चन्द्रा श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, भद्रपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश न्यौपाने, सामाजिक शाखा संयोजक मित्रा भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमकमा स्वागत तथा औचित्यमाथि एबीसी नेपालकी संयोजक कञ्चना ढकाल सिटौलाले प्रकाश पारेको कार्यक्रमको सञ्चालन एबीसी नेपालकी सचिव देवीका बस्नेतले गरेका थिए ।

एबीसी नेपालले विगत केही महिनायता सामुदायिक विद्यालयका विद्यार्थी केन्द्रीत लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम अभियानकै रुपमा सञ्चालन गर्दै आएको छ ।