राष्ट्र बैंक आर्थिक पत्रकारलाई सघाउन तयार : गभर्नर नेपाल

राष्ट्र बैंक आर्थिक पत्रकारलाई सघाउन तयार : गभर्नर नेपाल


नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि नेपालले नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँग सहकार्य र सघाएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । आइतबार नेपाल आर्थिक पत्रकार संघको नव निर्वाचित कार्यसमितिको भेटमा गर्भनर नेपालले पत्रकारको क्षमता अभिबृद्धिदेखि अन्य सहयोग आदनप्रदानको कार्यमा सघाउने भन्दै यस्तो प्रतिबद्धता जनाएका हुन् ।

गभर्नर नेपालले नेपाल राष्ट्र बैंकले गरेका क्रियाकलाप जनतासमक्ष पुर्याउन नाफिजको महत्वपूर्ण भूमिका रहने पनि बताएका थिए । उनले मुलुकले लिएको आर्थिक समृद्धिको लक्ष्य हासिल गर्नका लागि सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको भन्दै सञ्चारकर्मीको क्षमता अभिवृद्धिमा आफ्नो सदैव सहयोग रहने बताए । देश नयाँ चरणमा प्रवेश गरेको छ, आर्थिक समृद्धि साझा एजेण्डा बनेको छ, राष्ट्र बैंकका कामबारे नागरिकमा सूचना प्रकाशित गर्ने तपाईहरुको भूमिका सराहनिय छ’, गभर्नर नेपालले भने । नवगठित नाफिजका अध्यक्षसहितको टोलीले गर्भनरलाई भेट गरी ज्ञापन पत्र समेत बुझाएको थियो ।