प्रधानमन्त्री मोदीप्रति असन्तुष्टिसहित दिल्लीमा हजारौँ हिन्दूको प्रदर्शन

प्रधानमन्त्री मोदीप्रति असन्तुष्टिसहित दिल्लीमा हजारौँ हिन्दूको प्रदर्शन


हिन्दूहरूका आस्थाका धरोहर भगवान् रामको जन्मस्थल अयोध्या सहरमा विशाल मन्दीर निर्माणको माग गर्दै आएका रामभक्त हिन्दूहरूले आइतबार राजधानी नयाँ दिल्लीमा दशौँ हजारको सङ्ख्यामा प्रदर्शन गरेका छन् । कडा सुरक्षाबीच भएको प्रदर्शनमा देशका विभिन्न स्थानबाट दिल्ली पुगेका नागरिकहरूको सहभागिता रहेको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दीर निर्माणका लागि अनुमति नदिँदासम्म उनलाई आवतजावतमा समेत अवरोध गर्ने भनाइ केसरी रङको पहिरनमा प्रदर्शनमा सहभागी रामभक्त हिन्दूहरूले राखेका छन् ।

रामभक्त भारतीय भएको बताउने एक सहभागीले मन्दीर बनाउने प्रतिवद्धता प्रधानमन्त्रीबाट नआएसम्म दिल्लीका सडकमा प्रदर्शन गरिरहन तयार रहेको प्रतिक्रिया दिएका एएफपीले जनाएको छ ।

प्रधानमन्त्रीका समर्थक रहेका केहीले प्रदर्शनकारीले हिन्दूवादी नेता भएर पनि रामको जन्मभूमि मानिएको अयोध्या सहरकोे भूमिमा मन्दीर बनाउन प्रधानमन्त्रीले ध्यान नदिएको भनी प्रधानमन्त्री प्रति आक्रोश व्यक्त गरेका थिए ।

हिन्दूहरूले अयोध्यास्थित विवादास्पद बनेको भूमिभगवान रामको जन्मस्थान रहेको बताउने गर्छन् । उक्तस्थानमा भगवान रामको मन्दिर भत्काएर ४६० वर्षपहिले (मध्यकालीन समयमा) मस्जिद निर्माण गरिएको दावी कतिपय भारतीय हिन्दू धर्माबलम्बी बताउने गर्छन् ।

भारतको अयोध्या शहरमा सन् १९९२ मा बाबरी मस्जिदलाई भत्काएर हिन्दू मन्दिर बनाइन लागेको भन्ने विवादका कारण निर्माण अलपत्र बनेको मन्दिरको निर्माण गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

कट्टरवादी हिन्दू समूहहरूले उक्त स्थान हिन्दूहरूका आस्थाका केन्द्र भगवान रामको भएको र त्यहाँ उनको विशाल मन्दिर स्थापना गर्नुपर्ने आवाज उठाएका थिए । आयोजकले यसअघि अयोध्या र भारतीय अन्य दुई शहरमा केही हप्ता पहिले प्रदर्शन गरेका थिए ।

बाबरी मस्जिद भत्काएर सन् १९९२ मा मन्दिरको निर्माण गर्ने प्रयासमा भएका झडपमा अधिकांश मुसलमानसहित दुइ हजारभन्दा बढी नागरिकको मृत्यु भएको थियो । उक्तस्थान भारतीय हिन्दूहरू र अल्पसङ्ख्यक मुसलमानहरूबीचको द्वन्द्वको कारण बन्दै आएको छ ।