११ अंकले बढ्यो नेप्से

११ अंकले बढ्यो नेप्से


धितोपत्र बजारमा आज सेयरको मूल्यमा वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १० दशमलव ८५ बिन्दुले बढेर एक हजार १३१ दशमलव सात बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको सेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ६८ बिन्दुले बढेर २४१ दशमलव ०२ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कुल १५५ कम्पनीको सात लाख १४ हजार ६१८ कित्ता सेयर रु. २२ करोड ३७ लाख २४ हजार ६८७ मूल्यमा खरिद–बिक्री भएको छ ।

कारोबार भएका उपसमूहमध्ये वित्त र उत्पादन उपसमूहको सेयर घटेको छ । वित्त शून्य दशमलव २४ र उत्पादन १० दशमलव ०३ बिन्दुले घटेको हो ।

यस्तै बैंकिङ १३ दशमलव ५१, व्यापार दुई दशमलव २, होटेल आठ दशमलव ९५, विकास बैंक १२ दशमलव ०९, जलविद्युत् ११ दशमलव १, निर्जीवन बिमा ३९ दशमलव ८९, अन्य ४ दशमलव १२, माइक्रोफाइनान्स ४ दशमलव ९६ र जीवन बिमा ६ दशमलव ६४ बिन्दुले बढेको छ ।