सानिमा लाइफ इन्सुरेन्सको ‘सानिमा जीवन श्री’ योजना

सानिमा लाइफ इन्सुरेन्सको ‘सानिमा जीवन श्री’ योजना


सानिमा लाइफ इन्सुरेन्स लिमिटेडले नयाँ बिमा योजना शुभारम्भ गरेको छ । आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा नयाँ बिमा योजना ‘सानिमा जीवन श्री’ शुभारम्भ गरेको हो ।

बिमा अवधिभरि बोनस सुविधासहित नयाँ योजनाको शुभारम्भ गरिएको सञ्चालक समितिका अध्यक्ष कुमारप्रसाद कोइरालाले जानकारी दिए । बिमा कम्पनीलाई देशकै उत्कृष्ट बनाउने योजनाका साथ अघि बढेको दाबी गर्दै उनले जीवन सुरक्षाका लागि बिमा अनिवार्य भएको बताए ।

बिमामा १६ देखि ६० वर्ष उमेर समूहले सहभागिता जनाउन सक्नेछन् । कम्पनीका सदभावना दूत कलाकार जितु नेपालले आफ्नो जीवन सुरक्षाका लागि बिमा गर्नुपर्नेमा जोड दिए । न्यूनतम पाँच लाख रुपैयाँमा जीवन बिमा गर्न सकिने भन्दै कम्पनीले प्रतिहजार बिमांकमा रु. ७० बोनस सुनिश्चित रहेको कार्यक्रममा जानकारी दिइएको थियो ।

कम्पनीको अधिकृत पुँजी रु. ३०० करोड र जारी पुँजी रु. २०० करोड रहेको बिमा कम्पनीमा चुक्ता पुँजी रु. १४० करोड रहेको कार्यक्रममा जानकारी दिइयो । कुल बिमा लेख संख्या सात हजार ३३२ पुगेको कम्पनीले जनाएको छ । कम्पनीले विभिन्न २५ वटा कार्यालयबाट सेवा दिँदै आएको छ ।