टच रग्वीको दोहोरो उपाधि प्रहरीलाई

टच रग्वीको दोहोरो उपाधि प्रहरीलाई


नेपाल प्रहरी स्कुलले यू–१६ अन्तरविद्यालय टच रग्वी प्रतियोगिताको दोहोरो उपाधि जितेको छ । प्रहरी छात्र र छात्रा दुवैमा उपाधि जितेको हो ।

नेपाल विद्यालय रग्वी आयोगद्वारा आयोजित प्रतियोगिताको छात्र फाइनलमा प्रहरीले ओडीसी इन्टरनेसनल एकेडेमीलाई २–० ले पराजित गरेको थियो । त्यस्तै, छात्राको उपाधि भिडन्तमा प्रहरीले पारामाउन्ट एकेडेमीलाई ३–० ले पराजित गरेको थियो । छात्रमा कौसिक पौडेल तथा छात्रामा सुस्मिता खुलालमगर उत्कृष्ट खेलाडी घोषित भए । दुवै प्रहरीका हुन् ।

विजेतालाई नेपाल रग्वी संघका अध्यक्ष टंकलाल घिसिङ, नेपाल विद्यालय रग्वी आयोगका अध्यक्ष जेबी अधिकारीलगायतले पुरस्कृत गरका थिए । नकआउट प्रतियोगितामा ब्वाइज, गल्र्सतर्फ समान १४–१४ गरी २८ टिम सहभागिता जनाएका थिए ।