फ्रान्सविरुद्ध बेल्जियममा प्रदर्शन, ७० जना पक्राउ

फ्रान्सविरुद्ध बेल्जियममा प्रदर्शन, ७० जना पक्राउ


बेल्जियमका युवाहरुले फ्रान्सको सीमा क्षेत्रमा शनिबार पनि प्रदर्शन गरेका छन् । उनीहरु पहेँलो टिसर्ट लगाएर प्रदर्शनमा ओर्लिएका हुन् । छिमेकी फ्रान्सको विरुद्धमा उनीहरुले यस्तो प्रदर्शन गरेका हुन् ।

फ्रान्सेली राष्ट्रपति इमानुयअल म्याक्रोले इन्धनको मूल्यमा भारी वृद्धि गरेकोले त्यसको विरोध स्वरुप उनीहरुले प्रदर्शन गरेको क्षेत्रमा युरोपेली संसद्, युरोपेली केही कार्यालयहरु रहेकोले सतर्कता अपनाउन भन्दै प्रहरीले सो क्षेत्रलाई प्रदर्शन निषेधीत क्षेत्र घोषणा गरेको बताइएको छ। प्रहरीले बेल्जियमका युवाहरुले पहेँलो टिसर्ट लगाएर प्रदर्शन गरेका र जसका कारण असुरक्षा नहोस् भनेर प्रदर्शनस्थलमा ठूलो सङ्ख्यामा प्रहरी खटाएको जनाएको छ ।

प्रदर्शनकारीहरुले सवारी सञ्चालनमाथि रोक लगाएका थिए । उनीहरुले राजमार्गमा नै प्रदर्शन गरेका थिए भने सर्वसाधारण मानिसलाई बाटो हिँड्न पनि दिएका थिएनन् । प्रहरीले सो क्षेत्रमा कडा सुरक्षा अपनाएर करीब ७० जनालाई पक्राउ गरेको एजेन्सीहरुले जनाएका छन् ।

बेल्जियम प्रहरीका प्रवक्ता इस्ले भान डि कारीले उनीहरु पक्राउ परेको जानकारी दिएका छन् । बेल्जियमको बेल्गा समाचार समितिले जनाएअनुसार प्रदर्शनकारी युवाहरुले पहेँलो टिसर्ट लगाएर प्रदर्शन गरेका थिए र उनीहरुले फ्रान्स छिर्ने तथा राजधानी ब्रसेल्सबाट बाहिर धेरै तिर जाने बाटोहरु बन्द गरिदिएका थिए ।

यो पहेँलो टिसर्टधारीहरुको प्रदर्शन फ्रान्सबाट शुरु भएको हो । गत महीना भएको इन्धनको मूल्य वृद्धि गर्ने निर्णयका विरुद्धमा फ्रान्समा प्रदर्शन भएको थियो । त्यसको समर्थनमा शनिबार बेल्जियममा पनि प्रदर्शन भएको हो ।